२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

उद्योगहरुले बिजुली प्रयोग गरेबापतको बक्यौता १५ दिनभित्र असुल गर्ने सरकारको निर्णय, कुलमानले टिओडी मिटर देखाउनु पर्ने

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, कार्तिक २६ २०८१
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बक्यौता सरकारले १५ दिन भित्रमा उठाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले ‘टाइम अफ डे’ (टीओडी) मिटरको तथ्यांकको आधारमा १५ दिनभित्र डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरुसँग विद्युत बक्यौता उठाउने निर्णय गरेको हो ।

    हाल २८ वटा उद्योगको लाइन प्राधिकरणले काटेको छ । काटिएका उद्योगहरुको लाइन पनि १५ दिन भित्र जोड्नु पर्ने भनिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले हिजो भएको मन्त्रिपरिषद्को निर्णय प्राधिरणमा आइनसकेको बताए ।

    मन्त्रिपरिषद्को निर्णय आएपछि मात्रै प्राधिकरण अगाडि बढ्ने उनले बताए । यसभन्दा पहिले विद्युत् प्राधिकरणले ५० हजारभन्दा धेरै पेजको टिओडी मिटरको डेटा लेखा समितिलाई बुझाएको थियो । तर, उद्योगीले टीओडीको विवरण माग्दा प्राधिरणले नदिएको उद्योगहरुले बताउदै आएका छन् ।

    लामो समयदेखि उद्योगले प्रयोग गरेको विद्युतको बक्यौता उठाउने विषयमा विवाद हुँदै आएको छ । उद्योगीले प्रयोग नै नगरेको विद्युतको बिल पठाएको भनेर प्राधिकरणको विरोध गरिरहेका छन् । प्राधिकरणले प्रयोग गरेको विद्युतको बक्यौता उठाएरै छाड्ने बताइरहेको छ ।

    प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड र ट्रंक लाइनको ८ अर्बभन्दा धेरै बक्यौता उठाउन बाँकी रहेको प्राधिरणले बताउदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij