२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एसईई नतिजाले दिएको सन्देश

एसईई नतिजाले दिएको सन्देश

एसईई नतिजाले दिएको सन्देश

एसईई नतिजाले दिएको सन्देश

एसईई नतिजाले दिएको सन्देश
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४ लाख ६४ हजार ७८५ सहभागी भएकामध्ये ४७ दशमलव ८७ प्रतिशत पास भए । परीक्षामा सहभागी ५२ दशमलव ४२ प्रतिशत फेल भए ।


    राज्य, निजी क्षेत्र र समुदायको लगानी र मिहिनेत जति भएको छ, त्योअनुसार नतिजा नआएको देखिन्छ । लगानीका हिसाबले राज्यले पछिल्ला  वर्षमा  शिक्षालाई प्राथमिकतामा राखेको छ । मुलुक संघीयतामा गइसकेपछि तहगत सरकारको संयोजनामा पूर्वाधारमा लगानी बढेको छ । सुविधासम्पन्न प्रयोगशाला, कक्षा कोठा र पुस्तकालय बनेका छन् । विद्यालयमा शैक्षिक वातावरण तयार भएको छ । यो हिसाबले हेर्दा नतिजामा सुधार आउनुपर्ने हो । तर पूर्वाधारमा जति लगानी भयो, त्यसअनुसार नतिजा आउन सकेन् । मानव संशाधनमा पनि लगानी पर्याप्त भएको छ । पहिले विषयगत शिक्षक पाउन कठिन थियो । अहिले विषयगत शिक्षक पाउन संभव छ । शिक्षा सेवा आयोगले नियमित शिक्षकको भर्ना र तहवृद्धि गर्दै आएको छ । यसले शैक्षिक गुणस्तर बढाउन पक्कै सहयोग गर्नुपर्ने हो । लगानीअनुसार नतिजा नआउँदा निराश नभई सुधारको प्रयास महत्वपूर्ण हो ।


    विद्यार्थीले पढ्ने र शिक्षकले इमान्दारीपूर्वक पढाउने मात्रैले पनि नतिजा सुधार हुने होइन्, अहिले भइरहेको उत्तरपुस्तिका जाँच प्रणालीलाई सुधार गर्नुपर्छ । शिक्षकले उत्तरपुस्तिका जाँच गर्दा समयसीमाका कारण हतारमा जाँच्ने प्रवृत्तिलाई न्यूनीकरण गर्न प्राथमिकता दिनुपर्छ ।


    समुदायमा छोराछोरी पढाउनुपर्छ भन्ने भावनाको विकास भएको छ । नेपालमा कक्षा १० को जाँच लिने व्यवस्थित प्रणालीको विकास भएयता शिक्षा क्षेत्रमा धेरै प्रगति भएको छ । दुःखका अनेक भारी बोकेर छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनुपर्छ, उनीहरुको पढाइ नै महत्वपूर्ण हो भन्ने अभिभावकको चेतनाको विकास हुनु निकै महत्वपूर्ण छ, तर जुन ढंगले चेतनास्तर बढ्यो, लगानी भयो, त्यसअनुसार नतिजा आउन सकेको छैन । नतिजा किन आएन ? यो प्रश्नको उत्तर खोजेर सुधारका प्रयास नगर्ने हो भने अझैँ खस्कने जोखिम छ । 


    कम्तिमा ७० प्रतिशतभन्दा माथि उत्तीर्ण हुने अवस्था अहिले तयार हुनुपर्छ । लगानीअनुसार प्रतिफलको अपेक्षा गरेर मात्रै हुँदैन, त्यसअनुसार कमजोरी पहिचान महत्वपूर्ण हो । समयअनुसार विद्यार्थीमैत्री वातावरणको खोजी हुनुपर्छ । कम्तिमा राज्यले नमूनाका रुपमा केही जिल्लालाई आधार बनाएर सर्वेक्षण गरी नतिजा सुधारको योजना अघि सार्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij