२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

के यो इतिहास होइन र ?

के यो इतिहास होइन र ?

के यो इतिहास होइन र ?

के यो इतिहास होइन र ?

के यो इतिहास होइन र ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • पदम न्यौपाने 
    इतिहास र संस्कृतिको अध्ययन गर्दै आएका युवराज कडेंलले अक्टोवर २८ को दिन फेसबुकमा एउटा स्टाटस राख्नु भयो —आज बुटवलको लागि खास दिन हो । बुटवलको पृष्ठभूमि वा विकासको आधार खोज्दै जाँदा प्रथम त बटौलीको पृष्ठभूमि फेला पर्छ । यसको अर्थ केहो भने बुटवल बन्नु पूर्व बटौली बनिसकेको थियो । बुटवलको खास दिन भनेकै बटौलीको इतिहासले छोडेको बिरासतयुक्त विशेष दिन हो । यसो भन्नुको तात्पर्य के हो भने बटौलीको इतिहास बजार वा व्यापारसँग मात्र जोडिएको इतिहास नभै यो त देशकै इतिहाससँग महत्वपूर्ण सरोकार राख्ने पक्ष पनि हो । 


    भारतमा व्यापारको निहुँमा प्रवेश गरेका अंग्रेजहरु विस्तारै त्यहाँको व्यापार मात्र होइन सत्ता समेत कब्जा गरे । त्यही दौरानमा अंग्रेजहरु भारतबाट नजिक पर्ने अन्य राष्ट्रमा समेत व्यापारको साम्राज्य विस्तार गर्ने चाहानाअनुरुप तिब्वतमा प्रवेश गर्न चाहान्थे र यसकालागि नेपाल सहज सरल र छोटो बाटो मानिन्थ्यो । अब अंग्रेजहरु यही बाटोकोलागि नेपाल प्रवेश गर्न चाहान्थे र विभिन्न हथकण्डा प्रयोग गर्न थाले । कहिले कुटनीतिक त कहिले सामरिक कुटनीति वा विधिले काम गर्न सकेको थिएन, तथापी उनीहरुको पहल निरन्तर चलिरह्यो । यहीक्रममा उनीहरुको सबैभन्दा बढी ध्यान केन्द्रित भएको स्थान थियो, रुपन्देहीको स्यूराजहुँदै बटौली क्षेत्र । तत्कालिन सेन राजाहरुको पालामा शसक्त प्रभावशाली र सवल राज्यको रुपमा रहेको पाल्पामा तोकीएका तैनाथ वालाको अदलीवदली समेत छिटो छिटो भएकोले पनि हुन सक्छ अंग्रेजहरुको प्राथमिकता पाल्पा क्षेत्र वा बटौलीनाका परेको अनुमानगर्न सकिन्छ । 


    अब अक्टोवर २८ लाई किनविशेष दिन मान्नु पर्ने हो भन्ने बारेमा युवराज कडेंल लेख्नु हुन्छ - बुटवलको जग्गाको बारेमा नेपाल र अंग्रेज बिचमा कुरा नमिलेपछि अंग्रेजले बि.स. १८७१ बैशाख १२ गते बुटवलमा आफ्नो प्रहरी चौकी खडा गरेको थियो । सुबेदार मनिराजमास्के (फौजदार) को नेतृत्वमा एक महिनापछि (जेठ १८ गते) प्रहरी चौकी÷ठानामा आक्रमण गरि चौकी हटाएका थिए । आफ्नो थानेदारलाई मनिराजले बर्बरतापूर्वक हत्या गरेको भन्दै अंग्रेज आक्रोशित भएर उनलाई सुपुर्दगी गर्न नेपाल सरकारलाई आग्रह गर्यो ।  नेपालले नमानेपछि यसलाई समेत एउटा कारण बनाएर अंग्रेजले नेपालविरुद्ध युद्ध सुरु गरेको थियो । उनी मनिराज बि.स. १८७१ को दिन (अक्टोबर २८) मा अंग्रेजविरुद्ध लड्नको लागि फौज लिएर पाल्पादेखि बुटवलमा आएका थिए । तिलपुर प्रगंनाकातहसिलदार मिर्जा हुस्सेन उल बेगले गोरखपुरका कलेक्टरलाई पत्र लेखेर यो कुराको जानकारी  दिएका थिए । यहिअनुसार जनरल उडले लडाईको तयारी गरेका थिए । 


    उल्लेखित उद्धरणलाई मात्र हेर्दा मनीराज फौजदार व्यापार गर्ने व्यापारी मात्र नभएर बटौली नाका जोगाउने एक महत्वपूर्ण व्यक्तित्व रहेको प्रष्ट हुन्छ । अंग्रेजहरुले उनीलाई नै  लक्षित गरेर युद्ध रणनीति बनाइ आक्रमण गरेको देखिन्छ । सायद मनीराजलाई यही पक्षले पनि हुन सक्छ अंग्रेजहरुलाई जसरी पनि हराउनु पर्दछ भन्ने संकल्पीत लक्ष्यलिएर कर्णेल उजिरसिंह थापासँगै युद्धमा होमिएका थिए । एकजना व्यापार व्यवसाय गर्ने व्यापारी मुलुक जोगाउनका लागि जसरी सक्रिय बन्यो र युद्धमा होमीयो त्यो समग्र व्यापार व्यावसाय गर्ने हरेककालागि गौरव गर्ने पक्ष हो । विशेषगरी रुपन्देहीका व्यापारी एवं सम्बद्ध सबै संघ संस्थाहरुका लागि यो विचारणीय पक्ष पनि हुनुपर्दछ । यसैले पनि अक्टोर २८ लाई यो क्षेत्रले सम्झना गर्दै उनकै सक्रियतामा बनेको निमचौक र नजिकैको मननारायण मन्दिरमा दीप प्रज्ज्वलन गर्दा इतिहासको सम्मान हुनेछ भने यो क्षेत्रको वजन र गरिमा पनि बढेर जानेछ । 


    त्यसैगरी बुटवल एैतिहासिक र सांस्कृतिक सम्पदाले सम्पन्न हुनुमा महत्वपूर्ण योगदान बटौली क्षेत्रले नै गरेको छ । यही क्षेत्रमा सेन वंशिय शासनकालका सम्पदा, राणाकाल अगाडि र पछाडिका सम्पदा र मनीराज स्वयम्ले स्थापना गरेको मननारायण मन्दिर र मन्दिरकालागि राखिएको जग्गा साथै विशेष महिमासहितको गणेश मन्दिर, शिवमन्दिरलगायतका धार्मिक तथा आध्यात्मिक सम्पदाहरु साथै बटौली बजार भएकै कारण बुटवल उप–महानगरपालिकाले समेत सो दिनमा विशेष स्मरण कार्यक्रम गर्दा इतिहासको सम्मान हुनेछ । हरेक स्थानीय सरकारहरुको दायित्व पनि हो आफ्ना ऐतिहासिक पक्षहरुको खोजी गर्ने, संरक्षण सम्वद्र्धन गर्ने । कशिलेकाही अपुष्ट भनाइ पनि सुन्नमा आउछकी मनीराजकै सक्रियता र पहलमा बटौली गढीको निर्माण गरिएको थियो, जहाँ अंग्रेजहरुसँगको अन्तिम युद्ध भइ सुगौली सन्धि भएको थियो । 


    मनीराज सामान्य व्यापारी होइनन् भन्ने त केही ऐतिहासिक दस्ताबेजहरुले प्रष्ट पार्दछन् । यसर्थ इतिहासका जानकार, सोधकर्ता र सम्बद्ध संस्थाहरुले उनको लुकेको इतिहास खोजी गरी यथार्थ बाहिर ल्याउनु पर्दछ । अन्यथा इतिहासकारहरुलाई लुकाएको आरोप लाग्न सक्छ । 


    यसैगरी स्वयम् मणीराजका सन्तती छन् भने उनीहरुले उनकै पुर्खाको यती महत्वपूर्ण ऐतिहासिक पृष्ठभूमिलाई गुमनाम हुन नदिइ खोजबिनमा चासो राख्नु पर्दछ । मणीराजको इतिहासको खोजी गरी उनको राष्ट्रका लागि योगदान, बटौलीबजार विकासमा भूमिका र मननारायण मन्दिर निर्माण र मन्दिरकालागि राखिएको सयौं बिघा गुठी जग्गाको व्यवस्थापन गरी मननाराणको रथ यात्रा कम्तीमा नगरपालिका क्षत्रभित्र गर्ने व्यवस्था मिलाउने, हरेक दिन आरतीको व्यवस्था मिलाउने र मनीराजले अन्य क्षेत्रमा स्थापना गरेका मन्दिरहरु र मन्दिरकालागि राखिएका गुठी जग्गाहरुको खोजी गरी धर्म संस्कार र संस्कृतिप्रति मनीराजको लगावको सम्मान गर्न जरुरी छ ।


    कतिपय स्थानमा इतिहास र संस्कृति संरक्षणकालागि विभिन्न संघ संस्था कृयाशिल हुने गरेका छन् । रुपन्देहीमा पनि यस्ता संस्थाहरुले इतिहास र संस्कृतिका पक्षमा विषगत छलफल, अध्ययन अनुसन्धान र शोध गर्ने कार्यलाई मद्दत गरिरहेको देखिन्छ । उनीहरुको नजर र ध्यान पनि यसतर्फ जानु जरुरी देखिन्छ । र अन्त्यमा अक्टोवर २८ लाई नगरपालिकाको समन्वयमा स्मृति दिन वा दिवसको रुपमा मनाउने कार्यको थालनी होस् र अन्य सम्वद्ध क्षेत्रबाट यो दिनको महत्वकाबारेमा चर्चा गरिने कार्यको थालनी होस् । इतिहास देखिने मात्र होइन, महशुस गरिने पक्ष पनि हो । आफ्ना पुर्खाले देश जनता र स्वतन्त्रताकालागि लडेका वा जीवन आहुती दिएको सम्झना गर्ने राष्टहरु नै बलिया र समृद्ध राष्ट्र गनिएको देखिन्छ । नेपालमा पनि यसको जरुरी छ । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij