२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

राजनीतिमा नैतिकताको प्रश्न

राजनीतिमा नैतिकताको प्रश्न

राजनीतिमा नैतिकताको प्रश्न

राजनीतिमा नैतिकताको प्रश्न

राजनीतिमा नैतिकताको प्रश्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • राजनैतिक दलका नेताहरुमाथि बारम्बार उठ्ने प्रश्न हो–नैतिकता । पूराना दल र नेताहरु नैतिकतालाई आत्मसात नगरेको भन्दै आफूहरुले केही गर्ने नारा अघि सारेका नयाँ दलका नेता पनि नैतिकताको प्रश्नमा कमजोर देखिएका छन् । कुनै अभियोगमा पक्राउ र छानविन चलेपछि त्यो मुद्दाको किनारा नलाग्दासम्म पार्टीले निलम्बन वा स्वंय व्यक्तिले राजीनामा दिनु स्वाभाविक प्रक्रिया हो । यसो गर्दा राजनैतिक दल र नेताको साख जोगिन्छ । तर सहकारी ठगी प्रकरणमा तीन सातादेखि हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नत राजीनामा दिएका छन्, नत उनलाई पार्टीले मुद्दाको किनारा नलाग्दासम्म निलम्बन गरेको छ । 


    राजनैतिक दलले विधि स्थापित गर्ने विषय महत्वपूर्ण हो । पूराना दलले विधिलाई मिच्दै लोकतन्त्रलाई बरबार गरेको दाबी गर्दै विधि स्थापित गर्ने भन्दै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी र त्यो पार्टीका सभापति लामिछानेले विधिलाई कुल्चेर अघि बढेका छन् । मानौ विधि र नैतिकताको विषय अरु कसैले मान्नुपर्ने हो, लामिछाने र उनको दलले मान्नु पर्दैन् ।


    सहकारी ठगी प्रकरणमा लामिछाने अहिले रूपन्देही प्रहरीको हिरासतमा छन् । कास्की हुँदै अहिले सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि उनलाई कास्की प्रहरीको हिरासतबाट रूपन्देही ल्याइएको छ । विभिन्न सहकारीबाट बचतकर्ताको पैसा निकालेर गोर्खा मिडिया नेटवर्कमा  लगानी गरेर बचतकर्तालाई विचल्ली पार्न लामिछाने समेत संलग्न रहेको अभियोग छ । कानुनविपरित सहकारीको पैसा कम्पनीमा लैजान उनले अरुसँग मिलेर काम गरेकोले लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणमा मुद्दा चलाइएको छ । यति गम्भीर मुद्दामा छानविन चलेको विषयमा लामिछाने त जवाफदेही हुन ठानेनन् । विधिको कुरा गर्ने सो पार्टीका अरु नेताहरु पनि मौन छन् । रास्वपाका एक नेता गणेश कार्कीले विधिलाई मान्ने कि मिच्ने भन्ने प्रश्न उठाए बाहेक अरु नेताले लामिछाने निर्दोष भएको बताइरहेका छन् । अब उनी निर्दोष हुन वा होइनन् भनेर फैसला गर्ने काम अदालतको हो । रास्वपाका नेता कार्यकर्ताले होइन् । उनको पक्षमा नारा जुलुस हुनु पनि विधिलाई स्थापित हुन नदिने प्रयत्न हो । उनीहरुले भनेको नयाँलाई छान्ने भनेको विधिलाई मिच्ने भनेको हो ?


    रवि मात्रै होइन्, उप–सभामुख इन्दिरा रानाले पनि पदीय मर्यादा विपरित अमेरिकी दुतावासलाई भिसा मिलाई दिन भन्दै पत्राचार गरेको विषय गम्भीर  विषय हो । यो विषयलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पटक्कै गम्भीर रुपमा लिएन् । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी विवादमा मुछिनेबित्तिकै पदमा राजीनामा दिए । एमालेले निलम्बन ग¥यो । थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । यसअघि एमालेले सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले पक्राउ गर्ने बित्तिकै निलम्बन गरेको थियो ।
    राजनीतिलाई सुधार गर्ने हो भने अभियोग लाग्ने बित्तिकै पदबाट निलम्बन वा राजीनामा गर्नु राम्रो हो । दोषी प्रमाणित भए पार्टी कारबाही अघि बढाउने र निर्दोष भए निलम्बन फुकुवाको निर्णय गर्दा पार्टीको प्रतिष्ठा बढ्न । पार्टी र नेताप्रति नागरिकको भरोसा र विश्वास बढ्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij