२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी वाणिज्य क्याम्पसले चौथौं अन्तर्राष्ट्रिय कन्फ्रेन्स गर्दै

लुम्बिनी वाणिज्य क्याम्पसले चौथौं अन्तर्राष्ट्रिय कन्फ्रेन्स गर्दै

लुम्बिनी वाणिज्य क्याम्पसले चौथौं अन्तर्राष्ट्रिय कन्फ्रेन्स गर्दै

लुम्बिनी वाणिज्य क्याम्पसले चौथौं अन्तर्राष्ट्रिय कन्फ्रेन्स गर्दै

लुम्बिनी वाणिज्य क्याम्पसले चौथौं अन्तर्राष्ट्रिय कन्फ्रेन्स गर्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गर्ने भएको छ । क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरी आगामी मंसिर १४ र १५ गते दुईदिन इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म-०४) आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

    बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने कन्फ्रेन्सको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने क्याम्पस प्रमुख प्राध्यापक डा। ताराप्रसाद उपाध्यायले बताए । प्राध्यापकहरुले उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न ज्ञान र सीपलाई वृत्ति विकाससँग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन यस्ता अन्तर्राष्ट्रियस्तरका कन्फ्रेन्सहरु महत्वपूर्ण हुने उनले बताए ।

    कन्फ्रेन्समा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसियालगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ताहरु तथा सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरुले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने छन् । लुम्बिनी वाणिज्य क्याम्पसले सञ्चालन गर्दै आएको यो चौथो कन्फ्रेन्स हो । यस अगाडि तीनपटक सम्पन्न गरिसकेको छ । 

    नेपालको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा। डिल्लीराज शर्मासहित भारत, चिन, मलेसिया, थाइल्याण्डका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई प्रमुख वक्ताको रुपमा राखिएको सहप्राध्यापक तथा कार्यक्रम संयोजक  पिताम्बर सापकोटाले जानकारी दिए । त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ताहरु समेत गरी १२० जनाभन्दा बढी अनुसन्धानकर्ताहरुले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्स सम्पन्न गर्न ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij