२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अभिभावकविहीन बालबालिकालाई पढाउँदै ‘प्यूठान नगरपालिका’

अभिभावकविहीन बालबालिकालाई पढाउँदै ‘प्यूठान नगरपालिका’

अभिभावकविहीन बालबालिकालाई पढाउँदै ‘प्यूठान नगरपालिका’

अभिभावकविहीन बालबालिकालाई पढाउँदै ‘प्यूठान नगरपालिका’

अभिभावकविहीन बालबालिकालाई पढाउँदै ‘प्यूठान नगरपालिका’
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • राधिका भुसाल
    प्यूठान
    प्यूठान नगरपालिकाले बालबालिकाको शिक्षा क्षेत्रमा नमूना अभ्यास थालेको छ । नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई आवासीय संरक्षण तथा सुरक्षासहितको पठनपाठन व्यवस्था गर्दै अभिभावकत्व लिएको हो ।


    गत शैक्षिक सत्र २०८० देखि मुक्ति माध्यमिक विद्यालय रातामाटामा सम्पूर्ण खर्च बेहोर्ने गरी नगरपालिकाभित्रका २७ जना बालबालिकालाई विद्यालय भर्ना गरेको थियो । बालविकासदेखि कक्षा १२ सम्मको अध्ययनरत बालबालिकाले पठनपाठन गर्दै आएको शिक्षक कृष्ण घिमिरेले बताए । ‘प्यूठान नगरपालिकाले यी बालबालिकाको खानपान, शैक्षिक सामग्री, आवास, लत्ताकपडा कपडा, विद्यालय पोशाकलगाएत सम्पूर्ण खर्च बेहोर्दै अभिभावकत्व लिएको छ । ‘शिक्षक घिमिरेले भने–‘यसलाई दीर्घकालीन रुपमै निरन्तरता दिनु पर्छ ।’ नगरपालिका भित्रका कुनै पनि बालबालिकाहरु शिक्षा क्षेत्रबाट वञ्चित हुनु हुँदैन स्थानीय सरकार भनेको जनताको सरकार हो प्रत्येक नागरिकलाई प्रत्याभूति हुने गरी काम गर्नुपर्ने हुन्छ । 


    त्यस्तै यी बालबालिकाहरुको रेखदेखमा खटिएका शिक्षक विष्णुकान्त मिश्रले ६ वर्षदेखि १८ वर्षसम्मका १० जना छात्र १७ छात्राले अध्ययन गर्दै आएका थिए, यसमध्ये २ जना छात्राले कक्षा १२ को परीक्षा दिएका छन् । बिहानको नास्ता, खाना, दिउँसो खाजा र विद्यालय छुट्टी भएपछि खाजा र बेलुका खाना गरी दैनिक ५ पटक खाना खुवाउने गरेको र उनीहरुको प्राथमिक उपचार समेत प्यूठान नगरपालिकाले गरेको शिक्षक मिश्रको भनाइ छ ।


    कक्षा ७ मा भर्ना भइ हाल कक्षा ८ मा अध्यनरत छात्रा रोशनी केसीले यदि घरमा भएको भए घाँस, दाउरा गर्न पर्ने हुँदा पढ्न नपाउने दुखेसो पोखिन । उनले भनिन्–‘यहाँ सबैले जनाले केयर गर्नु हुन्छ, रामोसँग पढ्न पाएको छु । ‘मेरो बहिनी पनि यही स्कुलमा कक्षा १ मा पढ्दै छिन्, हामीले कक्षा १२ सम्म यही विद्यालयमा पढ्ने हो । हामी जस्ता बालबालिकालाई शिक्षाको व्यवस्था मिलाएकोमा उनले प्यूठान नगरपालिकालाई धन्यवाद समेत  दिइन ।  


    अभिभावकविहीन बालबालिकाका लागि ऐन तथा कार्यविधि बनाएर सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि यो काम सुरु गरेको प्यूठान नगरपालिका नगरप्रमुख विष्णु योगीले बताए । ‘कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भनेर हामीले अभिभावकविहीन बालबालिकाहरुलाई सहज रुपमा पठनपाठनको व्यवस्था मिलाएका छौँ,’ नगर प्रमुख विष्णु योगीले भने–‘हामीले थप व्यवस्थापन गर्दै यो कामलाई हामीले निरन्तरता दिने छाँै ।’ 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij