२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवीनमा मन्त्रीसँग विद्यार्थी कार्यक्रम

नवीनमा मन्त्रीसँग विद्यार्थी कार्यक्रम

नवीनमा मन्त्रीसँग विद्यार्थी कार्यक्रम

नवीनमा मन्त्रीसँग विद्यार्थी कार्यक्रम

नवीनमा मन्त्रीसँग विद्यार्थी कार्यक्रम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • बुटवल । नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा सामाजिक विकास मन्त्रीसँग विद्यार्थी कार्यक्रम बुधबार विद्यालयमा सम्पन्न भएको छ ।


    उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले विद्यार्थीहरुले शिक्षासँग सम्बन्धित सोधेका प्रश्नहरुको जवाफ  दिँदै देशमा जन्मदर कम भएको, शहरीकरण, बसाइसराइ र तराईमा भइरहेको तीव्र बसाईसराइका कारण पहाडी क्षेत्रका विद्यालय समस्यामा रहेको र विद्यार्थी संख्या बढी भएका विद्यालयहरुलाई भौतिक पूर्वाधार विकास, शिक्षकको क्षमता विकास र नयाँ प्रविधिको प्रयोगमा वृद्धि गर्ने योजना रहेको र सामाजिक विकास मन्त्रालयले आ.व. ०८३-८४ मा ३ अरव ५ करोड बजेट शिक्षामा विनियोजन गरेको धारणा व्यक्त गरे ।


    कार्यक्रममा विद्यार्थीहरुले मन्त्रीको विद्यार्थी जीवन, लुम्बिनी प्रदेशको एसईई सुधार योजना, प्रदेशको शैक्षिक गुणस्तर अभिवृद्धि योजना, प्राविधिक धारका छात्रा सबैलाई छात्रवृत्ति नदिनुको  कारण, धेरै विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार सुधार र विकासमा मन्त्रालयको धारणा, प्रदेश नमूना विद्यालयलाई खेलकुद प्रशिक्षक र स्टाफ नर्सको प्रावधान निरन्तरता नदिनुको कारणलगायतका विषयमा कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन, सिभिल इञ्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्ययनरत २÷२ जना विद्यार्थीहरुले  प्रश्न सोधेका थिए ।


    साथै कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा विज्ञान, व्यवस्थापन, सिभिल इञ्जिनियरिङ, कानुन र शिक्षा समूहका उत्कृष्ट जीपीए प्राप्त गर्ने २४ जना विद्यार्थीहरुलाई सामाजिक विकास मन्त्रीले नगद १ हजारदेखि १० हजारसम्म गरी ९० हजार पुरस्कार वितरण गरेका थिए ।


    कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका एकाइ प्रमुख उपसचिव विष्णुप्रसाद पन्थी, सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका कार्यालय प्रमुख उपसचिव हरिबहादुर विष्ट, बुटवल उप–महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालय व्यवस्थापन समितिका सदस्य हुमकान्त लम्साल, लक्ष्मी नारायण चौधरी, शिक्षक अभिभावक संघका सदस्यहरु गणेशबहादुर कुँवर, ज्योति थापा, जयराम पन्थी, सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इञ्चार्ज रोमनाथ घिमिरे, अंग्रेजी विषय विभागीय प्रमुख राजन अधिकारी, गणित विषय संयोजक तुल्सीराम घिमिरेलगायतको सहभागिता रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य अनिलकुमार ठाकुरको अध्यक्षतामा विज्ञान समूह कक्षा ११ कि विद्यार्थी अञ्जना ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयको समग्र गतिविधि विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले जानकारी गराएका थिए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij