बुटवल । सुनवल–४, नवलपरासीस्थित सुनवल युनाईटेड अंगे्रजी आवासीय मा.वि ले जिल्लास्तरीय र प्रदेशस्तरीय विभिन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई एक कार्यव्रmमबिच सम्मान गरेको छ ।
विद्यालयका प्रिन्सिपल धनराज चापागाईको सभापतित्वमा भएको सम्मान कार्यव्रmममा सम्मानित हुने विद्यार्थीहरु, सम्बन्धित विद्यार्थीहरु अध्ययन गर्ने कक्षाका विद्यार्थीहरु, विद्यालयको इ.सि.ए टिम लगाएत अन्य शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।
असोज १ र २ गते गुल्मी जिल्लामा आयोजना भएको प्रदेश स्तरीय स्व्रmाबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी बिनिता वर्मा र असोज ११ गते प्याब्सन नवलपरासीको आयोजनामा भएको जिल्लास्तरीय स्पेलिङ्ग बि मा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरु मान्भी न्यौपाने, मेरिसा ढकाल र एलेक्स पुन लाई प्रिन्सिपल धनराज चापागाईले टिका, खादा लगाएर सम्मान गर्दै विद्यार्थीहरुको अथक मिहिनेत प्रयास, सम्बधित टिमको निगरानि र मार्गदर्शनले गर्दा सफलता प्राप्त भएको बताउनु भएको छ । यस विद्यालयका विद्यार्थीहरुले पटक पटक थुपै्र अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश, जिल्ला, नगरस्तरीय अतिरिक्त व्रिmयाकलापका प्रतियोगिताहरुमा सफलता प्राप्त गरेको बताइएको छ ।




