२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागि हुने

डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागि हुने

डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागि हुने

डेभिस कपमा नेपाली लनटेनिस खेलाडी सहभागि हुने

डेभिस कपमा नेपाली  लनटेनिस खेलाडी सहभागि हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • भैरहवा । डेभिस कपमा नेपालबाट अन्तराष्ट्रिय लनटेनिस प्रतियोगितामा भाग लिने टिमको नेतृत्व गर्ने टिम ब्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाई गरिएको छ।

    खेलकुद पत्रकार मंचसहित क्रियाशिल पत्रकारहरुले ज्ञवालीलाई बुधबार बिदाई तथा शुभकामना दिएका छन। रुपन्देही लनटेनिस संघका अध्यक्ष समेत रहेकी ज्ञवालीले लनटेनिस बिकासमा लागेको अनुभव बताउदै २०५८ सालदेखि निरन्तर लागेको बताए।

    लनटेनिसको हबका रुपमा बुटवल चिनिएको उनले बताए। नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली वैदेशिक खेलमा पुरुष टिमको नेतृत्वमा जाने भएका हुन। नोभेम्बर १८- २४ सम्म बहराईनमा हुने डेभिस कपमा १७ देशका खेलाडीहरुले भाग लिएका छन।

    प्रतियोगितामा नेपालबाट खेलाडीहरु पुरुषतर्फ अभिषेक बास्तोला, प्रदिप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट, प्रजना मानन्धर रहेका छन। पुरुष टिम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टिमको प्रशिक्षक सरद लामा, महिला टिम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरि १४ जनाको टिम मंसिर १ गते काठमाडौंबाट बिदाई हुनेछ।

    नेपालको रेकिङ १५ स्थानमा रहेको छ। कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले काठमाडौंबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरु खुलेको बताए। रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरुलाई जाने टिमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए। कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, खेलकुद पत्रकार मंचका सचिव मनोरन्जन शर्माले खेलाडीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij