२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पुलिसको लगातार दोस्रो जित,  मणिमुकुन्द र सभापोखरीको पहिलो जित

पुलिसको लगातार दोस्रो जित,  मणिमुकुन्द र सभापोखरीको पहिलो जित

पुलिसको लगातार दोस्रो जित,  मणिमुकुन्द र सभापोखरीको पहिलो जित

पुलिसको लगातार दोस्रो जित,  मणिमुकुन्द र सभापोखरीको पहिलो जित

पुलिसको लगातार दोस्रो जित,  मणिमुकुन्द र सभापोखरीको पहिलो जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : 
    बुटवल । बुटवलमा जारी मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । 


    बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमको मैदानमा  बुधबार भएको खेलमा पुलिसले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा पराजित गरेको हो ।  पुलिसले खैरामाथि २६–२४, २६–२४, २०–२५, २५–१९ को नतिजा निकालेको हो  ।  समूह  ए मा लगातार दोस्रो जितसँगै पुलिसको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 


    यसै समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले श्रीलंका पुलिस क्लबलाई ३–० को सेटमा हराएको छ । मणिमुकुन्दले श्रीलंका पुलिसमाथि २५–१९, २५–२०, २५–१६ को जित निकालेको हो । मणिमुकुन्द भलिबल क्लबको यो पहिलो जित हो भने श्रीलंकाको यो लगातार दोस्रो हार हो । समूहको पहिलो खेलमा श्रीलंकन टोली नेपाल पुलिस क्लबसँग ३–० को सेटमा पराजित भएको थियो । यस्तै समूह  बी अन्तर्गत बुधबार भएको खेलमा सभापोखरी भलिबल क्लबले भारतको गुजरात स्पोर्टिङ क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । भारतीय खेलाडीकै बर्चस्व रहेको सभापोखरी क्लबले गुजरातमाथि २५–१८, २५–१३, २५–२१ को जित निकालेको हो । 


    सभापोखरीको पनि यो पहिलो जित हो ।  मदन भण्डारी स्पोर्टस्  एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीको सहभागिता रहेको छ । असोज १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


    यस्तै तेस्रो हुनेले एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना हुनेले ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij