२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित

मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेलमा अर्जेन्टिनाको शानदार जित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २१ २०८३
बुधवार, आश्विन २१ २०८३
  •  

    बुटवल । लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि अन्तिम खेल खेलेका छन् । अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गरेको खेलसँगै मेसीले राष्ट्रिय टोलीबाट सुखद बिदाइ लिएका छन् ।

    ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले तीन गोल गर्दै सहज जित हात पारेको हो ।
    निकोलास ओटामेन्डीले ४८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि निको पासले ६१औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए । खेलको ७१औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको जित ३–० ले पक्का गरेका थिए । यो गोलसँगै मेसीको करियर गोल संख्या ९३२ पुगेको छ । राष्ट्रिय टोलीका लागि मेसीले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६७ गोलमा असिस्ट पनि गरेका छन् ।
    मेसीले अर्जेन्टिनालाई एक विश्वकप र दुई कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् २०२२ को विश्वकप तथा २०२१ र २०२४ को कोपा अमेरिका जित्दा मेसी अर्जेन्टिनाको टोलीका प्रमुख खेलाडी थिए ।
    बेनिनविरुद्धको खेलसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेसीको लामो अन्तर्राष्ट्रिय यात्रा टुंगिएको छ । राष्ट्रिय टोलीका लागि अन्तिम खेलमै गोल गर्दै उनले आफ्नो अन्तर्राष्ट्रिय करियरको भावुक अन्त्य गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij