२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

होटेल म्यानेजमेन्टका विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउन माग

होटेल म्यानेजमेन्टका विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउन माग

होटेल म्यानेजमेन्टका विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउन माग

होटेल म्यानेजमेन्टका विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउन माग

होटेल म्यानेजमेन्टका विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउन माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • बुटवल । होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीलाई नेपालमै रहेर रोजगारी वा आफ्नै व्यवसाय गर्ने वातावरण सरकारले बनाउनुपर्ने माग सरोकारवालाले गरेका छन् । 


    एशियन स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलले आयोजना गरेको विद्यार्थी स्वागत र विदाई कार्यक्रममा बोल्ने वक्ताहरुले रुपन्देही होटेलको हब भएकाले होटेल म्यानेजमेन्टका विद्यार्थीलाई उचित पारिश्रमिक सहित नेपालमै बस्ने वातावरण बनाउनुपर्ने माग गरेका हुन् । 


    भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा चल्दा रुपन्देहीमा होटेल तथा रेष्टुरेन्टमा कामदारको अत्यधीक माग हुने भएकाले होटेल म्यानेजमेन्टका विद्यार्थीलाई विदेश पलायनबाट रोकेर यही रोजगारी दिने विशेष योजना तीनै तहका सरकारले ल्याउनुपर्ने  सरोकारवालाको माग छ । 


    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे केसीले पर्यटनको विकासबाटै देशको समृद्धि हासिल हुन सक्ने चर्चा गर्दै होटेल तथा पर्यटन क्षेत्रमा उत्पादित जनशक्ति मात्र नभई समग्र युवा जनशक्तिको विदेश पलायन देशकै लागि ठूलो चुनौति र समस्याको विषय भएकाले यसलाई रोक्न सरकार र नागरिक सबैले भूमिका खेल्नुपर्ने बताइन् ।  

    देशमै प्रशस्त अवसर रहेको र विदेशमा बाहिर देखे जस्तो सजिलो र सुख नभएको कुरा अभिभावकले आफ्ना सन्तान र शिक्षकले विद्यार्थीलाई बुझाउनुपर्नेमा सांसद बेल्बासेले  जोड दिइन् ।

     ‘युवाहरू देखासिकी मा विदेश जाने गरेका छन्, तर विदेशमा सबैका लागि राम्रो छैन, त्यहां गएर धेरै दुख पाएका थुप्रै उदाहरण छन्, त्यसैले अभिभावकले सन्तानलाई सम्झाउनु,बुझाउनुपर्छ’–उनले भनिन्–‘विदेशमा गएर गर्ने जति दुख देशमा गर्ने हो भने विदेशमा भन्दा धेरै कमाउन सकिन्छ ।’  पर्यटन विकासका लागि पाहुनालाई गुणस्तरीय सेवा दिई उनीहरुको बसाई लम्ब्याउन जरुरी रहेको सांसद बेल्बासेले सुझाइन् । 


    संस्थाका प्रबन्ध निर्देशक घमानसिंह गुरुङ (जिएस)ले बुटवलकै पुरानो मध्येको आफ्नो संस्थाले हालसम्म १० हजार जनालाई छोटो र लामो अवधिको होटेल म्यानेजमेन्ट सम्बन्धी तालिमहरु दिएको जानकारी गराउंदै होटल म्यानेजमेन्टका जनशक्तिलाई नेपालमै अवसर रहेको तर उनीहरुले विदेश रोज्ने गर्दा नेपालमा जनशक्ति अभाव भएको बताए । राजनीतिक अस्थिरता,राजनीतिक दल र सरकारप्रतिप्रति अविश्वास  र वितृष्णाका कारण युवा जनशक्ति विदेश पलायन भएकाले यसलाई रोकेर स्वदेशमै बस्ने वातावरण बनाउन सरकार गम्भीर बन्नुपर्ने गुरुङले बताए । संसारका १० अग्ला हिमाल मध्ये ८ वटा नेपालमा भएकाले सरकारले  हिमाली क्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने र धार्मिक पर्यटनबाट लाभ लिन सकिने उनले सुझाए । 


    कार्यक्रममा नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष  ठाकुर घिमिरे, बुटवल ८ का वडा सदस्य सिता खनाल, संस्थाका कोर्डिनेटर  अमन लिगल, शिक्षक खुम पालुङ्गे , विद्यार्थीहरु मानिस घर्ती, अञ्जुली श्रेष्ठ,प्रेमिका थापा, प्रज्व्वल गुरुङले होटेल म्यानेजमेन्टका दक्ष जनशक्ति उत्पादनमा आस्थम प्रदेशमै अग्रणी संस्था भएको चर्चा गरेका थिए ।

    संस्थाको १५ औं ब्याचले आयोजना गरेको कार्यक्रममा १४ औं ब्यमचलाई विदाई र १६ औं ब्याचका विद्यार्थीलाई स्वागत गरिएको थियो । सो अवसरमा विद्यार्थीहरुले गीत र नृत्यमार्फत सहभागीलाई मनोरन्जन दिलाएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij