२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा दुई जना विद्यार्थीले ल्याए  ४ जीपीए

पाल्पामा दुई जना विद्यार्थीले ल्याए  ४ जीपीए

पाल्पामा दुई जना विद्यार्थीले ल्याए  ४ जीपीए

पाल्पामा दुई जना विद्यार्थीले ल्याए  ४ जीपीए

पाल्पामा दुई जना विद्यार्थीले ल्याए  ४ जीपीए
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • कृष्ण पोखरेल
    पाल्पा
    पाल्पाबाट यस वर्षको एसईई नतिजामा एक छात्र र एक छात्राले ४ जीपीए अंक प्राप्त गरेका छन् । जनता माध्यमिक विद्यालय(जेभेटी)  तानसेनका उत्सव ढुङ्गाना र रामपुर नगरपालिकाको दराई ठाटी माध्यमिक विद्यालय रामपुरकी पूर्णिमा लक्ष्मी कुवँरले ४ जीपीए ल्याई जिल्ला प्रथम भएका छन् । जेभिटीबाट ढुङ्गानासहित १२ जना ए प्लससहित ६५ जना विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यसैगरी दराईठाटी माध्यमिक विद्यालयबाट कुवँरसहित ८ जनाले ए प्लससहित २८ जना उत्तीर्ण भएका छन् । जेभिटी र दराई ठाटी दुबै विद्यालय सामुदायिक विद्यालय हुन् । 


    पाल्पाबाट ४ जीपीए ल्याउनेमा २ जना, ३.६१ देखि ४ जीपीए अर्थात् ए प्लस ल्याउनेमा १०५ जना, ३.२१ देखि ३.६० जीपीए अर्थात् ए ल्याउने विद्यार्थी २८२ जना, २.८१ देखि ३.२० अर्थात् बी प्लस ल्याउनेमा ४३७ जना, २.४१ देखि २.८० सम्म अर्थात् बी ल्याउनेमा २८१ जना र २.०० देखि २.४० जीपीए अर्थात् सि प्लस ल्याउनेहरुमा १२ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुवेदीले बताए ।  

    पाल्पाबाट नियमित रुपमा ४०१० र ग्रेज वृद्धितर्फ १७२ गरी ४ हजार १ सय ८२ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा नियमिततर्फ १ हजार १ सय १७ जना उत्तीर्ण भएका छन् भने नन ग्रेडिङ्गमा २ हजार ६ सय १० जना परेका छन् ।  यस वर्षको एसईई नतिजामा पाल्पाबाट २७.८५ प्रतिशत मात्र विद्यार्थीहरु उत्तीर्ण भएका छन् । पाल्पाबाट ११८ वटा सामुदायिक र १९ वटा निजी विद्यालय गरी १३८ वटा विद्यालयबाट विद्यार्थीहरु एसईई परीक्षामा सहभागी भएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij