२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीको नमुना मदरसाः छात्रावास सहित दुई सय छात्रा अध्ययनरत

रुपन्देहीको नमुना मदरसाः छात्रावास सहित दुई सय छात्रा अध्ययनरत

रुपन्देहीको नमुना मदरसाः छात्रावास सहित दुई सय छात्रा अध्ययनरत

रुपन्देहीको नमुना मदरसाः छात्रावास सहित दुई सय छात्रा अध्ययनरत

रुपन्देहीको नमुना मदरसाः छात्रावास सहित दुई सय छात्रा अध्ययनरत
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • भैरहवा ।  रोहिणी र सिद्धार्थनगरको सिमानामा पर्ने रोहिणी–१ चैनपुरमा अवस्थित मदरसामा दुई सय जना छात्राहरु छात्रावाससँगै अध्ययन गर्दै आइरहेका छन । कक्षा १० सम्म नियमित शिक्षासँगै धार्मिक शिक्षा दिदै आएको मदरसा रुपन्देहीकै नमुना मदरसाको रुपमा रहेको छ । शिक्षाबाट बञ्चित गराइदै आएको छात्राहरुको अवस्थालाई चिर्दै शिक्षाको पहुचमा छात्राको वृद्धि गर्ने उद्देश्यले सरकारले सामुदायिक विद्यालयका लागि निर्धारण गरेको पाठ्यक्रमकै शिक्षा दिदै आएको छ । 

    मदरसा गौसिया अहले सुन्नत नूरुल ओलुमले आफ्नो आठौ वार्षिकोत्सव मनाउदै सहयोगीहरुलाई सम्मान समेत गरेको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँले शिक्षा नै सामाजिक विकासुको मुल आधार भएकोले सामाजिक विकास र परिवर्तनका लागि छात्राहरुको शिक्षामा जोड दिनु पर्ने बताए । यो मदरसा यस क्षेत्रकै नमुना मदरसा रहेकोले यस क्षेत्रका वहिनी छोरीहरुको भविष्य निर्माण जस्तो महत्वपूर्ण काम गरिरहेको बताउदै यसलाई सबैले हामी सबैले पहल र प्राथमिकतामा राखी काम गर्नुपर्ने बताए । नगरपालिकाले मदरसालाई नियमित रुपमा सहयोग गरेतापनि यसको योजनागत विकासका लागि संघ र प्रदेशबाट सहकार्य गर्ने प्रतिबद्धता जनाए । 

    DSC00768.JPG

    विशिष्ट अतिथी रोहिणी गाँउपालिका अध्यक्ष विद्या यादवले रोहिणीले सबै समुदायको संरक्षण र विकासका लागि पहलकदमी भुमिका खेल्दै आएकोले यो मदरसालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । १० कक्षा सम्म अनुमति दिई शिक्षा प्रदान गरेको मदरसाले उच्च शिक्षाका लागि पनि माग गरेकोले त्यसको भौतिक र शैक्षिक विकासको लागि पालिकाले पहल गर्दै आएको बताए । पालिकाको तर्फबाट मदरसाको सौन्दर्यीकरणका लागि रंगरोगन, कम्पाउण्ड लगायतका केही पूर्वाधारको काम पनि आतिआवश्यक रहेकोले पालिकाले त्यसको लागि बजेट विनियोजन गरी काम गर्नमा प्रतिबद्ध रहेको बताए । धेरै मदरसा हुनु भन्दा केही हुनु तर राम्रो हुनुपर्छ, यो मदरसा रोहिणीको नमुना मदरसा रहेको बताए । 

    यस्तै समाजसेवी फैज अहमद खाँनले नेपाल सरकारले निशुल्क शिक्षाका लागि सामुदायिक विद्यालयमा दिएको सुविधा भन्दा मदरसामा बढि सुविधा दिने भएकोले यसमा स्थानीय, प्रदेश र संघीय सरकारले विचार गर्नुपर्ने बताए । रोहिणीको गरिमा बढाउने मदरसाको रुपमा रहेको यो छात्राहरुको मदरसाको विकासकालागि सबै एकजुट भई लाग्नु पर्ने बताए । 

    DSC00766.JPG

    यस्तै रोहिणी गााउपालिकाकी उपाध्यक्ष शिवकान्ति चमारले सबैको पायक पर्ने ठाउमा मदरसा रहेकोले यसको विकासका लागि व्यक्तिगत रुपमा र पालिकाको तर्फबाट पूर्णत सहयोग गर्ने बताइन । उनले यसलाई छिटै कक्षा १२ सम्मको अध्यापनका लासिग पलिहकाले पहल गरेको बताउदै गुणस्तरीय शिक्षाका लागि अभिभावक, विद्यार्थी स्वंय र मदरसाले ध्यान दिनुपर्ने बताईन ।

    विद्यालयका प्रधानाध्यापक हैदर अलिले मदरसामा कक्षा १० सम्मको पढाई भइरुहेको र २ सय जना छात्राहरु छात्रावास सहित अध्ययन गरिरहेको जानकारी दिए । उनले मदरसामा भौतिक र शैक्षिक क्षेत्रमा धेरै कमि रहेकोले कक्षाकोठा, फर्निचर र कम्प्युटर शिक्षाको लागि मदरसाले पहल गरिररहेको छ भने आयमुलक शीपमा पनि मदरसाले योजना बनाई सिलाई कटाई लागयतका तलिमहरु पनि गर्नुपर्ने आवश्यकता रहेको बताए । 

    हाल मदरसामा २२ जना जनशक्ति रहेपनि पूर्वाधारमा कमि रहेकोले सबै एकजुट भई मदरसाको विकास गर्नुपर्ने जरुरी रहेको बताए । मदरसा व्यवस्थापन समित अध्यक्ष समसाद अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रन्स्या न्यौपानेले गरेकी थिइन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij