२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड

ढुवानी व्यवसायलाई व्यवस्थित बनाउन जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • बुटवल । ढुवानी व्यवसायी समिति, रुपन्देहीको १८ औं बार्षिक साधारणसभा शनिवार बुटवलमा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ढुवानी व्यवसायी महासंघ, नेपालका केन्द्रीय अध्यक्ष माधव नेपालले गरे ।सो अवसरमा बोल्दै नेपालले ढुवानी व्यवसायलाई सुदृढ र व्यवस्थित बनाउनका लागि भाडामा एकरुपता तथा सेवामा इमानदारिता हुनु जरुरी भएको बताए । 

    अध्यक्ष नेपालले संयुक्त भाडा प्रणालीको प्रवन्ध गर्दै ढुवानी व्यवसायमा लगाइएको भ्याटले साना व्यवसायी मर्कामा परेको हुदा त्यसमा पुनरविचार गर्न सरकारसंग आग्रह गरे । उनले बुटवलमा सञ्चालनमा आएको ढुवानी ग्रामलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि त्यसमा रहेका कमीकमजोरीलाई हटाएर काम अगाडी बढाउन सुझाव दिए ।

    ढुवानी व्ययवसायीहरुको लगानीमा ढुवानी व्यवसायी समिति रुपन्देहीको सक्रियतामा रुपन्देही परिवहन प्रा.लि. मार्फत बनेको ढुवानीग्रामलाई नमुना ढुवानी ग्रामका रुपमा स्थापित गराउने दायित्व हामी सबैको भएको बताए । 

    कार्यक्रममा विशिष्ठ अतिथि बुटवल उपमहानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्माले ढुवानी ग्राम सञ्चालनका लागि नगरपालिका सधै गम्भिर बनेको बताउदै त्यसलाई पुरा गर्न आवश्यक रकमको व्यवस्था गरि छिटै काम सम्पन्न गर्न जोड दिए । 

    समितिका अध्यक्ष जितबहादुर भाटले ढुवानी व्यवसायीसँग सम्बन्धित समस्याहरुलाई समाधान गर्न र व्यवसायलाई उपभोक्तामुखि बनाउने कुरामा आफुहरु दत्तचित्त भएर लागेको बताउदै ढुवानी क्षेत्रका नीतिगत र व्यवहारिक रुपमा रहेका समस्याहरुको समाधान गरि व्यवसायलाई व्यवस्थित गर्न महासंघले नेतृत्व गर्नु पर्ने कुरामा जोड दिए। 

    उनले नेपालकै नमुना ढुवानी ग्राम सञ्चालनदेखि व्यवसायीक समास्या सामाधान गर्दै हकहितको संरक्षणमा सामुहिक छलफल गरि एकबद्ध भएर अगाडी बढ्न सबैलाई आग्रह पनि गरे ।

    समितिका अध्यक्ष जितबहादुर भाटको अध्यक्षता, महासचिव कमल ढुङ्गानाको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष माधव आर्चायको स्वागतमा भएको कार्यक्रममा ढुवानी व्यवसायी महासंघ, लुम्बिनी प्रदेश अध्यक्ष श्यामबहादुर हमाल, रुपन्देही परिवहन प्रालिका प्रवन्धक विष्णु गैरे, सल्लाहाकार लोकराज पोखरेल, टोल विकास संस्थाका अध्यक्ष कृष्ण घिमिरे लगायत बोलेका थिए । 

    साधारणसभाको बन्दसत्रमा प्रस्तुत अध्यक्ष जितबहादुर भाट, महासचिव कमल ढुङ्गाना तथा कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको बार्षिक प्रतिवेदन छलफलपछि सर्वसम्मत पारित भएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij