२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने

मासिक शुल्कमा छुट दिन मणिमुकुन्द कलेजमा छात्रवृत्ति परीक्षा हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आषाढ १५ २०८१
शुक्रवार, आषाढ १५ २०८१
  • बुटवल । एसईईको नतिजा आएपछि यतिबेला विद्यार्थीहरु कक्षा ११ कहां कुन कलेजमा पढ्ने होला भन्ने खोजीमा छन् । धेरैजसो विद्यार्थी र अभिभावक विभिन्न शिर्षकमा लिइने शुल्कमा छुट पाइने कलेजको खोजीमा हुन्छन् । त्यस्ता विद्यार्थीका लागि मणिमुकुन्द कलेज उपयुक्त रोजाई बन्न सक्छ ।

    बुटवल–११ योगीकुटीमा रहेको मणिमुकुन्द कलेजले शैक्षिक सत्र २०८१ मा २५ औँ ब्याचका लागि विज्ञान तथा व्यवस्थापन सङ्कायमा नयाँ भर्ना हुने विद्यार्थी मध्ये उत्कृष्टलाई छात्रवृत्ति दिने उद्देश्यले असार १७ गते छात्रवृत्ति परीक्षा सञ्चालन गर्ने भएको छ ।

    कलेजले जीपीए ४ ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित उत्कृष्ट अंक ल्याउनेलाई विशेष छुट, निजी वा सामुदायिक स्कुल कलेजमा पढाउने शिक्षक शिक्षिकाका छोराछोरीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट, लगायत विभिन्न वर्ग र समुदायका विद्यार्थीलाई मासिक शुल्कमा छुट दिने विगतको परम्परालाई निरन्तरता दिइएको प्राचार्य टुकबहादुर क्षेत्रीले बताए ।

    उनले कलेजले विद्यार्थीलाई उपयुक्त शैक्षिक वातावरण निमाृण गरेको बताए । विभिन्न क्याटोगोरीका छुट पाउन विद्यार्थीहरु कलेजको भ्रमण गरेर तथा विगतको नतिजा र संस्थाको प्राज्ञिक सफलता बुझेर छात्रवृत्ति परीक्षामा सहभागी हुनुपर्ने सहप्राचार्य दिवाकर खनालले बताए ।

    कलेजले स्थापना काल देखि नै मेडिकल साइन्समा एमबिबिएसमा नेपाल पाँचौँँ र छैटौँँ, बिएमएलटीमा, बिएस्सी एजी, भेटेनरी साइन्समा पटक पटक नेपाल प्रथम भएर उत्कृष्टता प्रदर्शन गर्दै आएको विज्ञान संयोजक लक्ष्मण गैरेले बताए ।

    मणिमुकुन्द कलेजले विद्यार्थीलाई आकर्षित गर्न भनी बौद्धिकतामा ह्रास ल्याउने खालका पब्जी, टिकटक जस्ता प्रतियोगिता नगरी बौद्धिक परीक्षण गर्ने आइक्यु परीक्षा गर्दै आएको र यस वर्ष पनि एसइइ दिएका विद्यार्थीका लागि प्रतिस्पर्धात्मक खालका विभिन्न परीक्षा सम्पन्न गरी उत्कृष्ट हुनेलाई पुरस्कृत समेत गरेको संयोजक दिनेश पाण्डेले बताए ।

    प्राचार्य क्षेत्रीले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएकाले मणिमुकुन्द कलेज यसप्रति सचेत भएर जीवनोपयोगी सिपसहितको संस्कारयुक्त शिक्षा दिन प्रतिबद्ध रहेको बताए ।

    २०८० सालमा नेपाल सरकारले लिएको मेडिकल तर्फको प्रवेश परीक्षामा एकैपटकमा सात जनाले एमबिबिएसमा छात्रवृत्ति प्राप्त गरेका छन् भने यसै वर्ष इन्जिनियरिङमा छ जना, एप्लाइड साइन्समा तीन जना, नर्सिङमा चार जना, बिएएमएसमा एक जनाले पूर्ण छात्रवृत्ति प्राप्त गरेका प्राचार्य टुकबहादुर क्षेत्रीले बताए ।

    एकै शैक्षिक सत्रमा आएको यो नतिजा उपत्यका बाहिरको सर्वोत्कृष्ट भएको कलेजले दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा पप्पु बानियाँ र घनश्याम बेलबासेले नेपाल चौथो र पाँचौ स्थान ल्याएका छन् भने लुम्बिनी प्रदेशमा पटक पटक उत्कृष्ट हुँदै आएको सहप्राचार्य दिवाकर खनालले बताए ।

    कलेजबाट उत्तीर्ण गरेका विद्यार्थीहरु अन्तर्राष्ट्रिय क्षेत्रमा समेत अब्बल भएको कुरा प्रथम एनालग अन्तरिक्ष यात्री ज्योति केसी, टिकटक प्रोग्राम इन्जिनियर विर बहादुर खत्री, गुगलका इन्जिनियर विशाल गौतमले प्रमाणित र हिमाल खबर पत्रिकाले गरेको सर्वेक्षणबाट नेपालका उत्कृष्ट ५० विद्यालयमा पटक पटक सूचीकृत भएको साथै बुटवल उपमहानगरपालिकाको सर्वेक्षण र मूल्याङ्कनमा पनि मणिमुकुन्द क वर्गको विद्यालयमा परेको तथा होटल व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीका लागि सर्वोत्कृष्ट ल्याब रहेको र प्रत्येक कक्षा कोठा एसी जडित वातानुकूलित रहेको व्यवस्थापन संकाय संयोजक पशुपति चौधरीले बताए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij