२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • बुटवल । प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड र कुमारी क्यापिटल बीच शेयर निश्कासन गर्न सम्र्पूण कार्य गर्ने गरी सम्झौता भएको छ । यो सम्झौता भएसँगै प्रभु केवलकारको ३० करोड रुपैंयाँ बराबरको आईपिओ निश्कासन गर्ने कार्य अगाडी बढेको छ ।

    प्रभु केवलकारको लगानीमा तीन वटा केवलकार परियोजनाहरु अगाडी बढेका छन् । जस मध्ये बुटवलमा भगवान गौतम बुद्धको कुलगुरु ऋषिकालदेवलको आश्रम र नुवाकोट गढी पाल्पा जाने सिद्धार्थ  केवलकार परियोजना गत असोज देखि व्यवसायिक सञ्चालनमा आईसकेकोछ । 

    उक्त केवलकारबाट छोटो समयमा नै पचहत्तर हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले यात्रा गरि सकेका छन् । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड नै उक्त सिद्धार्थ केवलकार कम्पनीको मुख्य लगानी कर्ता कम्पनी हो । यो केवलकार बुटवल स्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्दछ । जहाँ राजा मणिमुकुन्द सेनको दरबार, संस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिक लगायत विभिन्न पुरातात्विक सम्पदा समेत रहेका छन् ।

    त्यस्तै, यसप्रभु केवलकार एण्ड टुरिजम लिमिटेड कम्पनीको लगानीमा सुदुरपश्चिम प्रदेशको बाजुरा जिल्लाको बडीमालिका मन्दिर र चितवनको ईच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । यस कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमुलक उद्योग र साहासिक पर्यटनमा समेत लगानी गर्दै दोस्रो बजारमा राम्रो उपस्थिति जनाएको छ ।

    प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आईपिओ निश्कासनको लागि बिक्री प्रबन्धक नियुक्ति सम्बन्धि उक्त सम्झौता पत्रमा प्रभु केवलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ । यस कम्पनीले चालु आ.व.को पहिलो त्रैमासिकमा ५ करोड रुपैंया भन्दा बढि मुनाफा आर्जन गरेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij