बुटवल । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीणर् भएका छन् ।नतिजा अनुसार १८६ जनाले ४ जीपीए ल्याएका छन् ।परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीणर् भएका छन् ।
नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीणर् भएका छन् । उत्तीणर् भएकामध्ये एक सय ८६ जनाले ४ जिपीए ल्याएका छन् । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्नेछ । दुई सय २१ जनाको परीक्षा रद्द भएको थियो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको जानकारी दिएका छन् ।
यस्तो छ रुपन्देहीका बिद्यालयहरुको नतिजा
शिक्षाको हरेक कोणबाट राजधानी नै मानिने रुपन्देही तथा बुटवल क्षेत्र भित्र रहेका बिद्यालयहरुको नतिजा यो पटक भने त्यत्ति सन्तोषजनक देखिएको छैन् । करिब ५२ प्रतिशत बिद्यार्थीहरु ननग्रेड (एनजी)मा पर्दा रुपन्देहीका बिद्यालयहरुलाई यसको असर भने परेको छ । देशभर १८६ जनाले ४ जिपिए ल्याएका मध्ये बुटवल क्षेत्रका बिद्यालयहरुका २ बिद्यालयका २ जनाले जिपिए ४ ल्याएका छन् । बुटवलको न्यु होराईजन स्कुल र रामापुर माबिका १/१ जना बिद्यार्थीहरुले मात्रै ४ जिपिए ल्याएको बिद्यालयले जनाएका छन् ।
संथागत क्षेत्रकै ठुलो बिद्यालय न्यु होराईजन स्कुलबाट ३३९ जना एसईईको परिक्षामा सहभागी भएकोमा एक जनाको ४ जिपिए आएको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्यायले बताए ।उनले गत वर्षको तुलनामा यस वर्ष एसइईको नतिजा दोब्बर राम्रो सुधार आई ९८ प्रतिशत ग्रेडसहित विद्यार्थी उत्तिणर् भएको दाबी गरे ।
जिल्लामै सबैभन्दा धेरै बिद्यार्थीहरु रहेको सामुदायीक बिद्यालय कालिका मानवज्ञान माबिमा एसईईमा सहभागी ६७५ जना बिद्यार्थीमध्यबाट ८७ प्रतिशत उत्तिणर् भएका छन् । बिद्यालयमा ३.९६ जिपिए ल्याउने बिद्यार्थी संख्यया ५ रहेको बिद्यालयका प्रध्यानाध्यापक दिनेश थापाले जानकारी दिए । उनले ३.६ भन्दा माथी ल्याउने १६६ जना रहेका छन् भने ३.२ देखी ३.६ जिपिए ल्याउने २१२ जना तथा २.८ देखी ३.२ जिपिए ल्याउने १३८ जना रहेको बताए । उनले देशभरमै नतिजा बिग्रेका अवस्थामा यहाँका बिद्यालयहरुले सोचेजस्तो नतिजा ल्याउन नसकेको उल्लेख गरे ।
यस्तै नविन औद्योगिक कदरबहादुर रिता माबि देबिनगरमा एसईईमा सहभागी २३१ बिद्यार्थी मध्यबाट ७४ प्रतिशत बिद्यार्थी पास भएका छन् । यहाँ सबैभन्दा धेरै तिर्थ बहादुर खत्रीले ३.८२ जिपिए ल्याएका छन् । यस्तै ३.६ भन्दा माथी ल्याउने २० जना, ३.२ देखी ३.६ जिपिए ल्याउने ५८ जना, २.८ जिपिए देखी ३.२ जिपिए ल्याउने ६८ जना तथा २.द्ध देखी २.८ जिपिए ल्याउने २५ जना रहेको उनले बताए । उनले विज्ञान विषयको प्रश्नपत्रको कारणले नतिजा खराब आएको बताए ।
यस्तै कान्ति माबि बुटवलबाट एसईईमा सहभागी ४८८ जना बिद्यार्थीहरु मध्य ८२ प्रतिशत पास भएको बिद्यालयका प्रध्यानाध्यापक गोबिन्द ज्ञवालीले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै ३.९६ जिपिए ल्याउने आयुसी खनाल रहेकी छन् भने ३.९ भन्दा माथि ल्याउने ५० जना रहेका छन् ।\
तिलोत्तमामा रहेको शान्ति नमुमा माबिबाट एसईईमा सहभागी ५६५ जना बिद्यार्थीहरुबाट ७३ प्रतिशत उत्तिणर् भएको बिद्यालयका प्रध्यानाध्यापक कुल प्रसाद लामिछानेले जानकारी दिए । बिद्यालयमा सबैभन्दा धेरै ३.८७ जिपिए ल्याउने युनिक भूर्तेल रहेका छन् ।
यस्तै स्कलर्स होम मा सहभागी ७१ जना मध्यबाट ८८ प्रतिशत उत्तिणर् भएको बिद्यालयले जनाएको छ । बिद्यालयमा सबैभन्दा धेरै ३.७५ जिपिए ल्याउने सीमीयन पछाई रहेका छन् ।
अक्सफोर्ड माबिबाट एसईईमा सहभागी १४७ जना बिद्यार्थीहरुबाट सबैभन्दा धेरै ३.९५ जिपिए विश्या पाण्डेले ल्याएको बिद्यालयका प्रध्यानाध्यापक दिनेश भुसालले जानकारी दिए । उनले ३.६ भन्दा माथि ल्याउने ३६ जना तथा ३.२ देखी ३.६ जिपिए ल्याउने ६० जना रहेको उनले जानकारी दिए । कोरोनाकाल यता पटक पटक सरकारले नीति परिवर्तन गर्दा राम्रो नतिजा आउन नसकेको उनको गुनासो छ ।
यता दीप बोर्डीङ बाट एसईईमा सहभागी १४० जना बिद्यार्थीहरु सहभागी भएकोमा सबैभन्दा धेरै ३.९ जिपिए ल्याउने सुयोग श्रेष्ठ रहेका बिद्यालयका प्रध्यानाध्यापक टिकाराम न्यौपानेले जानकारी दिए । उनले ए प्लस ल्याउने ३४ जना, ए ल्याउने ६२ जना, बि प्लस ल्याउने २८ जना रहेको बताए ।
पामिर एकेडेमी बाट एसईईमा सहभागी २३ बिद्यार्थीहरुबाट सतप्रतिशत उत्तिणर् भएका छन् । बिद्यालयका प्रध्यानाध्यापक गोपाल गौतमका अनुसार सबैभन्दा धेरै ३.९१ जिपिए ल्यानउे एलिन पाण्डेय रहेका छन् ।
प्यारामाउन्ट बाट एसईईमा सहभागी १३० जना बिद्यार्थीहरुबाट ए प्लस ल्यायने ३० जना तथा ए ग्रेड लयाउने ४० जना रहेको र अन्य नतिजा पनि राम्रो आएको बिद्यालयका प्राचार्य लिलाधर किरातले जनकारी दिए ।
क्यानन माबिबाट एसईईमा सहभागी ७६ जना बिद्यार्थीहरुबाट ८२ प्रतिशत उत्तिणर् भएका छन् । बिद्यालयका प्रध्यानाध्यापक शंकर भण्डारीका अनुसार सबैभन्दा धेरै ३.८७ जिपिए ल्याउने साहारा हितांगी रहेकी छन् ।यस्तै ३.६ भन्दा माथि ल्याउने ७ जना, ३.२ देखी ३.६ ल्याउने २६ जना तथा २.८ देखी ३.२ ल्याउने १७ जना रहेको उनले जानकारी दिए ।
एभरेष्ट माबिबाट एसईईमा सहभागी १५७ जना बिद्यार्थीहरुबाट सबैभन्दा धेरै ३.९६ जिपिए ल्याउने विवेक कुमार पन्थी रहेको बिद्यालयका प्रध्यानाध्यापक कृष्ण न्यौपानेले जानकारी दिए । उनले ३.६ भन्दा माथि ल्याउृने ३१ जना रहेको जानकारी दिए ।
तिनाउ बोडिङ बाट एसईईमा सहभागी ५६ जना बिद्यार्थीहरुबाट ९२ प्रतिशत उत्तिणर् भएका छन् । बिद्यालयका प्राचार्य यज्ञमूर्ति पाण्डेयका अनुसार बिदालयमा सबैभन्दा धेरै ३.८५ जिपिए ल्याउने प्रतिक पौडेल र सनम सारु रहेका छन् । यस्तै ३.६ भन्दा माथि ल्याउने ७ जना तथा ३.२ देखी ३.६ जिपिए ल्याउने १७ जना रहेका छन् ।
यस्तै देबदह सितलनगरमा रहेको सगरमाथा आवासिय माविमा एसईईमा सहभागी ८९ जना बिद्यार्थीमा ९३ प्रतिशत बिद्यार्थी उत्तिणर् भएको बिद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ३.६ भन्दा माथि ल्याउने १० जना र ३.२ देखी ३.६ जिपिए ल्याउने ३७ जना रहेको बताए ।
साउन १८ र १९ मौका परीक्षा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (मौका) परीक्षा यही साउन १८ र १९ मा सञ्चालन गर्ने भएको छ ।बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो । नतिजाअनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी ननग्रेडेड भएका थिए ।
त्यसमध्ये दुई विषयमा ननग्रेडेड आएका १ लाख १५ हजार ८३४ विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।सैद्धान्तिकतर्फ ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ कम्तिमा ४० प्रतिशत ल्याउने विद्यार्थी ग्रेडेडमा परेको परीक्षा बोर्डले जानकारी दिएको छ । नतिजामा चित्त नबुझाउने विद्यार्थीले १५ दिनभित्र पुनर्योग गराउन सक्ने र त्यसको प्रक्रिया अनलाइन माध्यमबाटै अघि बढाउन सकिने व्यवस्था गरिएको जानकारी दिइएको छ ।
यस्तो हो लेटर ग्रेडिङ
नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका-२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूणर्ाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।
निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै आएको छ ।
ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् । यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्तांक जोडेर ३५ अंक ल्याए पनि विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । नयाँ पाठ्यक्रमले गणितसहितका प्रत्येक विषयमा २५ पूणर्ाङ्कको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूणर्ाङ्कको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको हो । प्रयोगात्मक परीक्षा विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाउछ । बोर्डले अंकलाई ग्रेडमा रूपान्तरण गरेर नतिजा सार्वजनिक गरेको हो ।




