२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चिसोमा त्रिपालमुनिको बास

चिसोमा त्रिपालमुनिको बास

चिसोमा त्रिपालमुनिको बास

चिसोमा त्रिपालमुनिको बास

चिसोमा त्रिपालमुनिको बास
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • चिसो मौसम सुरु भयो, यो बेला न्यायो ओतको आवशयक पर्छ । गत वर्ष जाजरकोट भूकम्पबाट घर भत्केकाहरुले अझैँ घर बनाउन सकेका छैनन् । गत  असोज ११ र १२ गतेको बाढी, पहिरो र डुबानबाट घरबास गुमाएकाहरूले अझँै अस्थायी आवासका लागि सहयोग रकम पाउन सकेका छैनन् ।


    आपत विपतमा परेका नागरिकलाई उद्दार र राहत उपलब्ध गराउने काम राज्यको हो । उद्दार र राहतको प्रबन्ध गर्न एकातिर सरकार चुकेको छ, अर्कोतिर स्थायी आवास बनाउन पनि जिम्मेवार बन्न सकेको छैन । त्यसो त यो सरकार आइसकेपछि भूकम्प प्रभावित परिवारको लागि आवासका लागि रकम उपलब्ध गराउने निर्णय भइसकेको छ । २०७२ सालमा गएको भूकम्पका बेला राष्ट्रिय पुनः निर्माण प्राधिकरण गठन गरी सरकारले उनीहरुको घर बनाउन पहलकदमी लिएको थियो । प्राधिकरणकोे सक्रियता र पहलकदमीले प्रभावितको घर बनेका थिए । प्राधिकरणको त्यो कामबाट सिकेर जाजरकोट भूकम्प प्रभावितको घर बनाउन सक्नुपर्दथ्यो । तर, ढिलाइ भयो । गत वर्षको चिसो खेपेका बासिन्दाले यो वर्षको चिसो पनि खेप्दैछन् ।


    असोजको बाढी पहिरो प्रभावितले सामान्य राहत त पाएका छन्, तर ओत पाउन सकेका छैनन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरोबाट झन्डै १८ हजार घरमा क्षति भएको थियो । त्यसमध्ये करिब साढे ५ हजार घरहरू पूर्णरूपमा क्षति भएको र करिब साढे १२ हजार घरमा आंशिक क्षति भएको तथ्यांक छ । अहिलेसम्म २६० घरपरिवारले मात्रै अस्थायी आवास बनाउन सहयोग रकम पाउनुले समस्या कहाँनेर छ भन्ने प्रश्न उठेको छ ।  सरकारले विपद् प्रभावितलाई अस्थायी आवासका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ । दुई किस्तामा २५–२५ हजार रुपैयाँ दिने सरकारी नियम छ । यस्तो रकम स्थानीय तहहरूमार्फत् नै पीडितको बैंक खातामा पठाउनुपर्ने हो ।


     बाढी, पहिरो तथा डुबानबाट प्रभावित ७१ स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय कार्तिक पहिलो साता भइसकेको छ,  तर पैसा उपलब्ध भएको छैन । पैसा उपलब्ध हुन नसक्नुको कारण संघीय सरकारको मात्रै कमजोरी होइन्, स्थानीय तहले क्षतिको तथ्याङ्क संकलन गरी पठाउन ढिलाइ गर्दाले पनि समस्या भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले तोकिएका फारम भरेर स्थानीय तहले प्राधिकरणको प्रणालीमा राखेपछि प्राधिकरणले अस्थायी आवासको पहिलो किस्ताको रकम निकासा गर्ने बताएकाले स्थानीय तह तथ्याङ्क संकलन र व्यवस्थापनमा किन ढिलाइ गरिरहेका छन् ? तहगत सरकारसँग नागरिकको छिटो छरितो कामको अपेक्षा छ । तहगत सरकारबिचको समन्वयबाट नै काम छिटो छरितो हुनसक्छ ।


    तहगत सरकारबिचको समन्वयले पैसा उपलब्ध भयो भने जाडोयाममा पीडितको त्रिपालमुनिको बास छोटिनसक्छ । संघीय सरकारका अधिकारीहरु स्थानीय तहले तथ्याङ्क संकलन र व्यवस्थापनमा ध्यान दिएर नागरिकको त्रिपालमुनीको बास अन्त्य गर्न जाँगर नदेखाएको बताइरहनुले स्थानीय तह र संघीय सरकारबिच केही मतभेद छन् भन्ने प्रष्ट भएको छ । संघीय सरकार स्थानीय तहले गरेनन् भन्ने जवाफ दिएर उम्कन पाउँदैन् । स्थानीय र प्रदेशले काम नगर्दा समेत त्यसको अपजस पाउने संघीय सरकारले नै हो । सरकारको माउ सरकार भएकाले तहगत सरकारको संयोजन गर्ने र समस्या समाधानको प्रयास गर्ने संघीय सरकारले नै हो । तसर्थ संघीय सरकार प्रदेश र स्थानीय तहलाई ते¥याएर उम्कन पाउँदैन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij