२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवामा अन्तर्राष्ट्रिय उडानः टिकट अचाक्ली महँगो भएपछि भारतबाट जाँदैछन् यात्रु

भैरहवामा अन्तर्राष्ट्रिय उडानः टिकट अचाक्ली महँगो भएपछि भारतबाट जाँदैछन् यात्रु

भैरहवा विमानस्थलमा बाध्यतापूणर् उडान गर्ने वायुसेवाले पनि काठमाडौं केन्द्रित मात्रै टिकेट बेचेका कारण सरकारले प्रति उडान ८ लाख रुपैया“भन्दा बढी छुट दि“दासमेत भैरहवामा टचडाउन उडान मात्रै भइरहेको छ ।

भैरहवामा अन्तर्राष्ट्रिय उडानः टिकट अचाक्ली महँगो भएपछि भारतबाट जाँदैछन् यात्रु

भैरहवामा अन्तर्राष्ट्रिय उडानः टिकट अचाक्ली महँगो भएपछि भारतबाट जाँदैछन् यात्रु

भैरहवा विमानस्थलमा बाध्यतापूणर् उडान गर्ने वायुसेवाले पनि काठमाडौं केन्द्रित मात्रै टिकेट बेचेका कारण सरकारले प्रति उडान ८ लाख रुपैया“भन्दा बढी छुट दि“दासमेत भैरहवामा टचडाउन उडान मात्रै भइरहेको छ ।

भैरहवामा अन्तर्राष्ट्रिय उडानः टिकट अचाक्ली महँगो भएपछि भारतबाट जाँदैछन् यात्रु
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • बुटवल । सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवालाई २५ प्रतिशतको ग्राउण्ड ह्याण्डलिङबाहेक सबै छुट दिएको छ ।काठमाडौं विमानस्थलको तुलनामा यो विमानस्थलबाट उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानको वायुसेवाले पाएको इन्धनमा छुट, ग्राउन्ड ह्याण्डलिङमा छुट, पार्किङ र एरोनटिक तथा नन एरोनटिकल शुल्कमा पाएको शतप्रतिशतको छुटका कारण काठमाडौं विमानस्थलको तुलनामा भैरहवामा अवतरण गर्दा एउटा न्यारोबडी जहाजलाई ८ लाख रुपैयाँसम्म फाइदा हुन्छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलमा आवतरण गर्दा पाउने सबै छुट दिएर भैरहवाबाट हुने उडानमा प्रोत्साहन गर्दासमेत काठमाडौंको तुलनामा भैरहवाको भाडा असुली अधिक भइरहेको छ । भैरहवामा अहिले पनि कतार एयरलाइन्स, फ्लाई दुबई, नेपाल एयरलाइन्सको टचडाउन (भैरहवामा हुँदै काठमाडौं आउने, तर यात्रु राख्ने, ओराल्ने नगर्ने) गरिरहेका छन् ।

    फ्लाई दुबईले विस्तारै भैरहवा केन्द्रित उडान तालिका बनाएको र एक सातापछिलाई काठमाडौंको भाडादरसमेत सार्वजनिक गरेको भए पनि कतार एयरलाइन्सले भने भैरहवामा उडानै गर्न नचाहेको देखिन्छ । कतार एयरलाइन्सले भैरहवालाई टचडाउन मात्रै गरेर काठमाडौंमा उडान संख्या बढाउने मात्रै काम गरेको छ । यो वायुसेवाले भैरहवाको लागि टिकट नै बिक्री गरेको छैन । कतार एयरलाइन्सले काठमाडौंसम्म नै पूणर्यात्रु क्षमतामा आउने र काठमाडौंबाट पनि पूणर् क्षमतामा कतार यात्रु लैजाने गरेको छ ।

    कतार एयरलाइन्सले एक सातापछि अर्थात् २५ नोभेम्बर (१० मंसिर)को लागि कतारको दोहाबाट भैरहवाको उडान खुला गरेको देखाएको भए पनि भाडा भने महँगो राखेको छ । उक्त उडानमा दोहा भैरहवाको भाडा ७५ हजार रुपैयाँको राखिएको छ । जबकी दोहा काठमाडौंका सोही उडानको भाडा भने २६ हजार मात्रै छ । सोही दिन हिमालय एयरलाइन्सको दोहा काठमाडौंको भाडा २४ हजार रुपैयाँ रहेको छ । काठमाडौं आउने भाडाको तुलनामा भैरहवामा अधिक देखाउने र टिकट नै बिक्री नगरी भैरहवामा गएको मात्रै बहाना गर्ने काम कतार एयरलाइन्सले गरिरहेको छ ।

    भैरहवा विमानस्थलका महाप्रवन्धक प्रतापवाबु तिवारीका अनुसार कतार एयरलाइन्सले दोहाबाट काठमाडौंकै लागि पूणर्क्षमतामा यात्रु ल्याउने गरेकाले भैरहवा टचडाउन मात्रै गर्ने गरेको बताए । उनकाअनुसार यो वायुसेवालाई भैरहवा हुँदै काठमाडौं आउने अनुमति दिएकोले भैरहवामा ओर्लने यात्रु नहुँदा काठमाडौंको मात्रै यात्रु भएको बताइरहेको छ ।

    ‘कतार एयरलाइन्सले दोहाबाट काठमाडौंका लागि पूणर्क्षमतामा यात्रु ल्याउने गरेको छ र भैरहवामा टचडाउनमात्र भइरहेको छ,’ तिवारीले भने-‘भैरहवा हुँदै काठमाडौंको अनुमति भएकाले आउनै पर्ने हुन्छ । तर भैरहवा ओर्लने यात्रु नभएको बताइरहेको छ ।’
    भैरहवामा कतार एयरलाइन्सको यात्रु सेवा, टिकेटिङ, कर्मचारी व्यवस्थापनसहितमा कुनै तयारी नभएको र यसले भैरहवा उडानलाई महत्व नै नदिएको कारण काठमाडौंमा उडान गर्न बाध्यताको लागि मात्रै भैरहवामा आइरहेको उनको भनाइ छ । जजीरा र एयर एसिया थाईलाई जस्तो भैरहवासम्मको मात्रै उडान अनुमति दिने हो भने मात्रै भैरहवासम्मकै यात्रु उडानमा अन्य एयरलाइन्सले जोड दिने तिवारी बताउँछन् ।

    भैरहवामा जानै नचाहेका वायुसेवालाई भैरहवा टेक्नुपर्ने बाध्यता गराएको कारण पनि काठमाडौं केन्द्रित उडान भइरहेको छ । भैरहवामा टिकेट बिक्री नै गर्न नचाहेको कारण पनि दोहाबाट भैरहवा हुँदै काठमाडौं आउने यात्रुलाई २५ हजार लिने यो वायुसेवाले भैरहवा नै झर्ने यात्रुलाई भने ७५ हजार रुपैयाँका टिकट देखाएको हो । टिकट महँगो राखेका एयरलाइन्सले सो गन्तव्यमा यात्रु नै हुँदैनन् र भैरहवा चलेन भन्ने बहाना बनाउन खोजेको हुन सक्छ । कतारले दैनिक २ वटा दोहा-काठमाडौं र एउटा उडान दोहा-भैरहवा-काठमाडौं गर्ने गरेको छ । काठमाडौं विमानस्थलको धावनमार्ग विस्तार सुरु हुनुअगाडि यसले दैनिक ४ वटा उडान काठमाडौंका लागि मात्रै गर्ने गरेको थियो ।


    भाडा महँगो भएपछि खाडी जाने यात्रुको गन्तव्य भारत
    नेपाल नागरिक उड्डयन प्राधिकरणले २३ कात्तिक (८ नोभेम्बर)बाट काठमाडौं विमानस्थलको ट्याक्सी वे मर्मत गर्न भन्दै दैनिक १० घण्टा विमानस्थल बन्द गर्न थालेको छ । सो दिनबाट काठमाडौं आउने जहाज भैरहवासमेत जानुपर्ने विकल्प प्राधिकरणले दिएको छ । काठमाडौं विमानस्थल विस्तारको लागि भन्दै प्राधिकरणले अन्तर्राष्ट्रिय उडानका वायुसेवाको उडान तालिका ३० प्रतिशत कटौती गरेको छ । उडान कटौती भएसँगै यात्रु चाप बढेको भन्दै विदेशी वायुसेवाले अधिक भाडा असुल गर्न थालेका छन् । काठमाडौंबाट दुबई जाँदा ९२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने अवस्था बनेको र दिल्लीबाट ३७ हजार रुपैयाँमै जान सकिने भएपछि बाध्य भएर मजदुरलाई भारत हुँदै पठाउनुपरेको मेनपावर व्यवसायीहरु बताउँछन् । 


    मन्त्रीको निर्देशनपछि घट्यो नेपाल एयरलायन्सको भाडादर
    नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्देशन भएअनुसार अन्तर्राष्ट्रिय गन्तव्यको भाडादरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । त्यसअनुसार दिल्ली, मुम्बई र बैङ्गलोर गन्तव्यको भाडादरमा दुई हजार पाँच सयसम्म तथा दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि पाँच हजार रुपैयाँसम्म छुट उपलब्ध गराउने निगमले निकालेको विज्ञप्तिमा उल्लेख छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन यसअघि निर्देशनसमेत दिइसकेपछि अझँ पनि सबैले भाडादर सार्वजनिक गरेका छैनन् । 


    भैरहवा-रूपन्देहीमा रौनक 
    अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेपछि भैरहवा र वरिपरिका क्षेत्रमा रौनक छाएको छ । नेपाल एयरलाइन्स, जजीरा एयरवेज, थाइल्यान्डको थाई एयर एशिया, संयुक्त अरब इमिरेट्स(यूएई) को फ्लाई दुबई र कतारको कतार एयरवेजले नियमित उडान थालेका छन् । नेपाल एयरलाइन्सले सातामा चार दिन काठमाडौं-भैरहवा-दुबई-काठमाडौं र जजीरा एयरवेजले सातामा तीन दिन कुवेत-भैरहवा उडान गरिरहेका छन् । यस्तै, थाई एयर एसियाले सोमबार र बिहीबार बैंकक-भैरहवा सिधा उडान गरिरहेको छ । त्यस्तै फ्लाई दुबईले दुबई-भैरहवा-काठमाडौं-दुबई र कतार एयरवेजले दोहा-भैरहवा-काठमाडौं-दोहा दैनिक एक उडान भरिरहेका छन् ।

     यहाँबाट दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि निजी क्षेत्र उत्साहित छ । आगनबाटै विदेश जान पाउँदा सर्वसाधरणलाई सहज भएको छ । होटेल व्यवसाय समेत फस्टाउने व्यवसायीको अपेक्षा छ । भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुँदा यस क्षेत्रको पर्यटन क्षेत्र पनि उत्साहित छ । ‘विमानस्थल निर्माण सुरु भएदेखि यहाँ पर्यटन क्षेत्रमा लगानी लगाउन सुरु भइसकेको थियो । लगानीको प्रतिफल नपाउँदा व्यवसायी निराश थिए’, भैरहवाका पर्यटन व्यवसायी कमल आचार्य भन्छन्-‘अब अन्तर्राष्ट्रिय उडानले केही आशा पलाएको छ ।’

    उनले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानले यो क्षेत्र विभिन्न मुलुकसँग सीधा रूपमा जोडिने हुँदा पर्यटन क्षेत्रका साथै यो क्षेत्रको कारोबार फस्टाउने विश्वास लिइएको बताए । ‘भैरहवा विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान हुँदा हामी हर्षित छौं’, उनले भने-‘अझैँ यहाँ नआएका एयरलाइन्सहरूलाई सरकारले ल्याउनुपर्छ र प्रवद्र्धनका लागि यस क्षेत्रका होटल व्यवसायी, स्थानीय सरकार, प्रदेश सरकार लगायतले सहजीकरण गर्नुपर्छ ।’

    विमानस्थलको सबैभन्दा बढी प्रयोग वैदेशिक रोजगारीमा जाने सर्वसाधारणहरूले गरिरहेका छन् । यहाँबाट विदेश जान सुरुवात भइसकेको छ । ०७९ सालदेखि भैरहवामा श्रम तथा रोजगार कार्यालय वैदेशिक रोजगार व्यवस्थापन शाखा कार्यालय सञ्चालनमा छ । जसले पूर्वश्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिने गरेको छ । सबैभन्दा बढी व्यक्तिगत श्रम स्वीकृतिको सेवा दिइएको छ । हाल दैनिक एक सय जनालाई पुनः श्रम स्वीकृति र ५० जनालाई व्यक्तिगत नयाँ श्रम स्वीकृतिको सेवा प्रवाह भइरहेको कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij