२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

‘औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ’

‘औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ’

‘औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ’

‘औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ’

‘औद्योगिक व्यापार मेला बुटवलको प्रतिष्ठासंग जोडिएको छ’
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • बुटवल । आगामी पुसको ३ गतेदेखि बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलालाई सफल बनाउनको लागि चुस्त दुरुस्त व्यवस्थापन मिलाउन बस्तुगत समितिका सभापतिहरु सुझाव दिएका छन् ।

    बुटवल उद्योग वाणिज्य संघको आयोजनामा ‘लगानी लुम्बिनीमा : समृद्धि देशमा’ भन्ने मुल नारा सहित बुटवलमा मण्डपमा सञ्चालन गर्न लागिएको मेलालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आईतबार सचिवालयमा संघका बस्तुगत समितिका सभापतिहरुसंग रायसुझाव लिईएको थियो ।

    कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले मेला केवल मेला मात्रै नभएर बुटवलकै महायज्ञ भएकाले मेला बुटवलको प्रतिष्ठासंग जोडिएको बताए । मेला सफल हुँदा बुटवलको प्रतिष्ठा बढ्ने र असफल हुँदा संघको मात्रै नभएर बुटवलकै प्रतिष्ठामा प्रश्न उठ्ने भएकाले मेलालाई सफल बनाउने दायित्व सबैको भएको बताए ।

    उनले अहिलेको मेलालाई विगतका मेलाभन्दा धेरै फरक बनाउने गरी तयारी भईरहेको बताउँदै त्यसमा साथ र सहयोगको लागि बस्तुगत समितिका सभापतिहरुसंग आग्रह गरे ।

    मेलामा सहभागि हुने विषयगत बस्तु अनुसारका पेभिलियन निर्माण गरिने बताउँदै संघका उद्योग उपाध्यक्ष, मेला कार्यसम्पादन मुल समितिका उपसंयोजक तथा संघसंस्था समन्वयकर्ता सुरज भट्टराईले सबै स्टलमा अवलोकन गर्न सहज हुनेगरी स्टलका पेभिलिन निर्माण गरिने जानकारी गराए ।

    त्यस अवसरमा बस्तुगत समितिका सभापतिहरु मेलामा गुणस्तरका बस्तुहरुलाई प्राथमिकता दिन र समग्र मेलाको व्यवस्थापन चुस्त बनाउन सुझाव दिएका थिए । त्यसैगरी उनीहरुले मेलामा आफूहरुको जिम्मेवारी अनुसारका काम प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

    बस्तुगत समितिका सभापतिहरुले स्टल, मेलामा हुने विभिन्न प्रतियोगिताहरु र सांस्कृतिक कार्यक्रम र बालउद्यानको समेत चुस्त व्यवस्थापनमा जोड दिएको संघका महासचिव तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij