२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

'सरकारको कर नीतिले गर्दा उद्योग व्यवसाय संकटमा'

'सरकारको कर नीतिले गर्दा उद्योग व्यवसाय संकटमा'

'सरकारको कर नीतिले गर्दा उद्योग व्यवसाय संकटमा'

'सरकारको कर नीतिले गर्दा उद्योग व्यवसाय संकटमा'

'सरकारको कर नीतिले गर्दा उद्योग व्यवसाय संकटमा'
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१


  • परासी । सरकारको नितीले उद्योग व्यवसाय मार परेकोे उद्योगी व्यवसायिहरुले बताएका छन । घरेलु तथा साना उद्योग कार्यालय परासीले  १० औ उद्योग  दिवसको अवसरमा अन्तरिक्रया कार्यक्रममा बोल्ने उद्योगी व्यवसायिहरुले उनीहरुले सरकारको कर नीतीले गर्दा उद्योग व्यवसाय संकट परेको बताएका हुन । 


    बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले राजनिती प्राणलीले गर्दा उद्योगी व्यवसायिहरु मर्कामा परेको बताए । खुल्ला सिमानाका कारणले गर्दा यहाँका उद्योग व्यवसाय धारसायी भएको बताए ।  नवलपरासी उद्योग बाणिज्य संघ परासीका अध्यक्ष ओम प्रकाश अग्रहरीले सरकारले उद्योग मैत्री निती नबनाउदाँ उद्योग व्यवसायहरु धारासयी भएको बताए । 


    उनले सरकारको कर नितीले पनि उद्योग व्यवसायी मारमा परेको बताए । जबसम्म सरकारले उद्योगी मैत्री निती निमार्ण गदैन  र उद्योगीहरुलाई उद्योग गर्ने बातावरण मिलाउदैन उद्योग व्यवासय नफटाउने  अग्रहरीको भनाई थियो ।

    उपभोक्ता हित संरक्षण  मञ्चका  केन्द्रिय सदस्य राम जी ज्ञवालीले पछिल्लो समयमा नयाँ उद्योग खोल्ने भन्दा बन्द गर्ने सख्या बढेकोले भन्दै  उद्योग मैत्री निती नियम बनाई उद्योेगी व्यवसायिलाई  संरक्षण गर्न जोड दिए ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजकुमार रेश्मीले सरकारले लघु मझौला तथा ठूला उद्योगहरु बचाउनको निम्ती उद्योगमैत्री निती ल्याउनुपर्नेमा जोड दिए । 


    उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला उपाध्यक्ष भोजराज बराकोटीले सरकारले उद्योगीहरुलाई उद्योगी बातावरण सृजना गर्न र उद्योगलाई धरासायी बनाउन नहुने भन्दै उद्योगहरुलाई फाष्टाउने खालको निती निमार्ण गर्नुपर्नेमा जोड दिए । 


    कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले पछिल्लो समयमा नयाँ उद्योग खोल्नु भन्दा बन्द गर्न आउने सख्या रहेको बताए । उनले ८०।०८१मा चार सय ८४ उद्योग दर्ता भएकोमा एक सय ३६ वटा उद्योग बन्द भएको बताए । बाणिज्यतर्फ चार सय ५३ व्यवासय दर्ता भएकोमा एक सय २१ वटा बन्द भएको पौडेलले जानकारी दिए ।

    जसमा ८०/०८१मा उद्योगतर्फ तीन सय ९३ वटा नविकरण व्यवसायीहरुले गरेको र बाणिज्य तर्फ ६ सय ३४ वटा नविकरण गराएको उद्योग अधिकृत पौडेलले जानकारी दिए ।

    घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सासद बैजनाथ कलवारको प्रमुख आतिथ्यता भएको कार्यक्रममा सासद कलवारले उद्योगी व्यवसाय दर्ता गर्न प्रदेश सरकारले सहज बनाएको बताए । उनले उद्योगी व्यवासयीकको   नविकारण गर्न छुटेको र नविकरण गर्न गराउन आउनेलाई प्रदेश सरकारले छुटको व्यवस्था मिलाएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij