२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अनाथहरु पाल्न र पढाउन मैनादेवीको महायज्ञ

अनाथहरु पाल्न र पढाउन मैनादेवीको महायज्ञ

तीन दशकसम्म आश्रममा आफै खटेर काम गर्दै आएकी मैनादेवी अहिले बृद्ध अवस्थाले नसक्ने भएकाले कर्मचारी राखेर उनीहरुलाई दिने तलबको जोहो गर्न अक्षयकोषमा एक करोड रकम पुर्‍याउन केही वर्षयता हरेक वर्ष महायज्ञ गर्दै आएकी छन्।

अनाथहरु पाल्न र पढाउन मैनादेवीको महायज्ञ

अनाथहरु पाल्न र पढाउन मैनादेवीको महायज्ञ

तीन दशकसम्म आश्रममा आफै खटेर काम गर्दै आएकी मैनादेवी अहिले बृद्ध अवस्थाले नसक्ने भएकाले कर्मचारी राखेर उनीहरुलाई दिने तलबको जोहो गर्न अक्षयकोषमा एक करोड रकम पुर्‍याउन केही वर्षयता हरेक वर्ष महायज्ञ गर्दै आएकी छन्।

अनाथहरु पाल्न र पढाउन मैनादेवीको महायज्ञ
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • तिलोत्तमा । तीन दशकदेखि अनाथ-असहाय बालबालिकाको पालनपोषण र शिक्षा दिक्षामा समर्पित छन् तिलोत्तमा-६ की मैनादेवी भण्डारी । बुबाको समाजसेवाबाट प्रभावित मैनादेवीले २०५३ सालमा रुपन्देहीको साविक आनन्दवनमा बाबुआमा गुमाएका सहाराविहीन अनाथ बालबालिका पालनपोषण र शिक्षादिक्षा दिने उद्देश्यले अनाथ आश्रम स्थापना गरिन् ।


    आश्रम स्थापना गरेपनि आफ्नै भवन र सञ्चालन खर्च थिएन । त्यसका लागि मैनादेवीले शुरुका डेढ दशक गाउं गाउं डुलेर मुट्ठीदान संकलनबाट आर्थिक स्रोतको जोहो गरिन् । आश्रित बालबालिकालाई खाना, लत्ताकपडा, शिक्षादीक्षा, औषधी उपचारमा मैनादेवीले आफ्नो व्यक्तिगत २५ लाख रुपैयाँ खर्च गरिसकेकी छन् । 


    आश्रम चलाउन भाडाको घरमा बस्नुपर्दा र पटक पटक आश्रम सार्नुपर्दाको दुःख र सास्ती भोगेपछि मैनादेवीका श्रीमान् रामचन्द्रले १५ धुर जग्गा आश्रमको नाममा पास गरिदिए । त्यही जग्गामा मैनादेवीले दातासंग रकम मागेर १० कोठाको २ तले पक्की भवन बनाएकी छन् । 
    शुरुमा ३ जना अनाथबाट शुरु भएको आश्रमको आफ्नै भवन बनेपछि २५ जना सम्म राख्न मिल्ने क्षमताको भएको छ । 


    आश्रममा अनाथ बालक र बालिका राख्दै आएकी मैनादेवीले व्यवस्थापन गर्न गाह्रो भएपछि ६१ सालदेखि बालक मात्र राख्न शुरु गरिन् । ‘केटा र केटी एकै ठाउंमा राख्दा व्यवस्थापन गर्न अलि गाह्रो भयो, कर्मचारी पनि नभएको हुंदा कुनै अप्रिय घटना हुन पनि सक्ने डरले केटा मात्र राख्न थाल्यौं’-विगत सम्झिंदै मैनादेवीले भनिन् ।  
    कर्मचारी राखेर तलब खुवाउने स्रोत नहुंदा ६४ वर्षिय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य रामचन्द्र-मैनादेवी अनाथ आश्रममा बिहानदेखि रातिसम्म खटेर बालकको रेखदेख, स्याहार सुसार र स्कूल पठाउन दिनहुं खटेर काम गरिरहेका छन् । अहिले आश्रममा १२ जना बालक छन् । उनीहरुले तिलोत्तमाकै शान्ति नमूना माविमा पढिरहेका छन् ।


    अहिले मैनादेवी र उनका श्रीमान्को उमेर ढल्किंदै गयो ।  पहिले जस्तो दिनभर आश्रममा खट्न र काम गर्न बृद्ध अवस्थाले नदिने भयो । आफूहरुले काम गर्न नसक्ने अवस्था आउंदै गरेपछि आश्रम दीगोरुपमा  चलाउन र कर्मचारी राखेर तलब दिने स्रोत खर्च जुटाउन मैनादेवीले अक्षयकोष स्थापना गरेर सहयोग संकलन शुरु गरिन् । सहयोग जुटाउन उनले पांच वटा महायज्ञबाट  पनि लगाइन् । जसबाट ६३ लाख रुपैयां संकलन भइसकेको छ । तर त्यसको ब्याजबाट आउने रकमले १२ जना बालकलाई खाना, खाजा, कपडा, स्टेशनरी लगायत सामान किन्न र आश्रममा कर्मचारीहरु राखेर तलब दिन रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पुर्‍याउने लक्ष्य सहित छैठौं  महायज्ञ सञ्चालन गरेको मैनादेवीले बताइन् ।


    ‘हामी दुबै जना बृद्ध भयौं, पहिले जस्तो खटेर काम गर्न सक्दैनौं, विरामी भइएला, काम गर्नै नसक्ने अवस्था पनि आउला, त्यति बेला आश्रमको व्यवस्थापन गर्ने, बालकलाई खाना पकाउने, खुवाउने, लुगा धुने काम गर्ने कर्मचारी नभई भएन’-मैनादेवीले भनिन्-‘अहिलेसम्म अक्षयकोषमा ६३ लाख पुगेको छ अझै ३७ लाख जुट्यो भने एक करोड पुग्छ, बल्ल त्यसको ब्याजबाट दुई-तीनजना कर्मचारी राखेर  तलब दिन पुग्छ, त्यसका लागि महायज्ञको सहारा लिएका छौं ।’ 
    आश्रमममा २५ जना अनाथ बालक राख्न सकिने भौतिक पुर्वाधार भएपनि कर्मचारी राख्न नसक्दा अहिले १२ जना मात्र राखिएको मैनादेवीले बताइन् ।


    मंसिर १६ गतेसम्म आश्रम पसिरमा सञ्चालन हुने महायज्ञमा उपस्थित भएर स्वेच्छाले दान गरी अनाल बालकको पालनपोषण र शिक्षा दिक्षामा सहयोग गरी पुण्य आर्जन गर्न मैनादेवीले आग्रह गरिन् । महायज्ञमा हुने खर्च कटाएर ३७ लाख हाराहरी आर्थिक संकलन जुटेमा अनाथ आश्रम दीगोरुपमा चलाउने आफ्नो सपना पूरा हुने मैनादेवी बताउंछिन् । हालसम्म आश्रममा ४० जना बसेर पढाई पूरा गरेका छन् ।  आश्रममा नेपालका विभिन्न ठाउँबाट आएका बालक छन् ।


    महायज्ञमा राधा किशोरी दासी प्रमुख कथावाचक छन् । उपवाचक सहित करिब एक दर्जन पण्डितहरुले हरेक दिन पालैपालो संगीतमय कथावाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झांकी र लिला सहित गीत र नृत्यमार्फत भक्तजनहरुलाई मनोरन्जन दिलाइरहेका छन् । महायज्ञमा रात्रीकालिन झांकी र नृत्य विशेष आकर्षण रहेको छ ।
    स्थानीय समेत रहेका तिलोत्तमा-६ का वडाध्यक्ष गणेश पाठकले पवित्र उद्देश्य राखेर मैनादेवीले आयोजना गरेको महायज्ञमा उपस्थित भएर सक्दो दान गर्न सबैसंग आग्रह गर्छन् ।  ‘हाम्रो जस्तो पितृसत्तात्मक मुलुकमा एकजना महिलाले बृद्ध अवस्थामा पुग्दा समेत अनाथ बालबालिकाको पालनपोषण र शिक्षादिक्षाको अगुवाई गरेर खट्नु ज्यादै अनुकरणीय काम हो,उहांको अभियानमा सबैले सक्दो सहयोग गर्नुपर्छ’-वडाध्यक्ष पाठकले भने- ‘मैनादेवीले आश्रमका लागि आफ्नै जग्गा दिनुभयो, घरघरमा झोला बांँडेर चामल संकलन गरेर यहांसम्म ल्याउनुभयो, अब अक्षयकोष एक करोड बनाउन सके आश्रम चलाउन कतै हात थापिरहन पर्दैन ।’


    वडाअध्यक्ष पाठकले आश्रमको भवनमा झ्याल ढोका बनाउन १ लाख ५० हजार बजेट दिएको बताउंदै आगामी दिनमा अक्षयकोषका लागि संस्थासंगै सहकार्य गर्दै अगाडि बढ्ने बताए ।
    समाजसेवी गोपाल रानाले आश्रमकी अध्यक्ष मैनादेवीको परोपकारी कामबाट प्रभावित भई आश्रममा रहेका विद्यार्थीलाई अध्ययनमा सहयोग गर्दै आएको बताए । उनले आश्रममा बसेर १२ कक्षा उत्तिणर् विद्यार्थीलाई रोजगारी दिने वचन आफूले दिएको बताए । 


    आश्रममा बस्नेहरुको नागरिकता बनाउन धेरै सास्ती भोग्नुपरेकोले सरोकारवालाको त्यसतर्फ ध्यान जानुपर्ने राना बताउंछन् । शान्ति नमुना माविका प्रधानाध्यापक कुल प्रसाद लामिछानेका अनुसार आश्रमका बिद्यार्थीहरु पढाईमा अब्बल र अनुशासित संगै अतिरिक्त क्रियाकलापमा पनि उतकृष्ट क्षमताका भएको बताउंछन् ।


    तिलोत्तमाकै महायज्ञ हो ः मेयर खांण
    तिलोत्तमाका मेयर रामकृष्ण खांणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालन पोषण र शिक्षा दिक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । यो महायज्ञ सिंगो तिलोत्तमा नगरपालिकाको महायज्ञ भएको भन्दै १७ वटै वडाका वडाध्यक्ष र नगरवासीले सहयोग गर्नुपर्ने आग्रह गरे ।
    अनाथ बालबालिकाको सेवामा मैनादेबीको समर्पण र दुःखको जति प्रसंशा गरेपनि कम हुने भन्दै मेयर खांणले सबैले साथ दिनुपर्ने आग्रह गरे । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij