२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाण्डौ । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको छ ।

    ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको छ । जसअनुसार ऋणपत्र खरिदका लागि भोलि मङ्सिर १२ गते ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् । पर्सि ऋणपत्र निष्कासन हुनेछ ।

    यो ऋणपत्रको अवधि तीन वर्षको हुनेछ ।  ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ ।

    सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । कात्तिकसम्म १ खर्ब ६५ अर्ब ७२ करोड रुपैयाँ ऋण उठाएको छ । बजेट अनुसार बाँकी आठ महिनामा सरकारले १ खर्ब ८६ अर्ब आन्तरिक र १ खर्ब ९५ अर्ब २८ करोड रुपैयाँ बाह्य ऋण उठाउनुपर्छ ।

    चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । यससँगै सरकारले तिर्न बाँकी सार्वजनिक ऋण कुल २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij