२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महिला हिंसाविरुद्ध १६ दिने अभियान

महिला हिंसाविरुद्ध १६ दिने अभियान

महिला हिंसाविरुद्ध १६ दिने अभियान

महिला हिंसाविरुद्ध १६ दिने अभियान

महिला हिंसाविरुद्ध १६ दिने अभियान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • महिला हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरेबमोजिम नेपालमा २०५४ सालदेखि लैंगिक हिंसासम्बन्धी १६ दिने अभियान सञ्चालन गरिएको छ । यस पटकको अभियानको राष्ट्रिय नारा ‘हामी सबैको प्रतिबद्धता लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ रहेको छ । 
    प्रत्येक वर्ष हुने यस अभियानले महिला हिंसाविरुद्ध जागरण ल्याउन सहयोग पु¥याएको छ । अझैँ पनि नेपाली ग्रामीण समुदायमा महिला हिंसाको डरलाग्दो समस्या छ । यौनहिंसा, कुटपीट, बोक्सीको आरोप जस्ता हिंसाबाट महिला पीडित छन् । संविधानले महिलाको हकलाई मौलिक हक मानेको छ । नेपालको संविधानको धारा ३८ ले महिला समानताको हक सुनिश्चित गरेको छ ।

    संवैधानिक प्रबन्धअनुसार, महिला अधिकार स्थापित गर्न ऐन कानुन बनेका छन् । राष्ट्रिय महिला आयोगले महिला अधिकार स्थापित गर्न काम गर्दै आएको छ । महिलालाई भेदभावरहितको अधिकार र अवसर दिँदा समाजमा  त्यसको प्रतिफल महिला स्वंयलाई मात्रै नभई उनका परिवार तथा समाजलाई प्राप्त हुन्छ । अन्ततः समतामूलक राज्य निर्माणमा त्यो अवसरले काम गर्छ  । संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने संकल्प गरेको छ । त्यसैअनुसार, कानुन बनाउने थलो संसदमा ३३ प्रतिशत अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । स्थानीय तहको अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख मध्ये एक अनिवार्य महिला हुनुपर्ने, वडा कार्यपालिकामा एक वडाध्यक्षसहित पाँचमध्ये एक दलित महिलासहित दुई अनिवार्य महिलाको उपस्थिति सुनिश्चित गरिएकोले नीति निर्माण तहमा महिला उपस्थिति राम्रो छ ।

    निजामति, प्रहरी सबैतिर महिला आरक्षणको व्यवस्थाले महिलाको जबर्जस्ती उपस्थिति बढेको छ । नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख महिला भइसकेकोले नीतिगत व्यवस्थालाई व्यवहारमा उतार्ने काम भएको छ भन्ने स्पष्ट छ । तर पनि समाजमा विभेदको श्रृखंला कायमै देखिन्छ । निरक्षर र अशिक्षित मात्रै नभई शिक्षित नागरिकबाट समेत महिला हिंसाका घटना भएका छन् । पितृसत्तात्मक समाजमा महिलालाई दोस्रो दर्जा ठान्ने प्रवृत्तिको अन्त्य गर्न अझँै धेरै काम गर्न बाँकी छ । 
    यो अभियानको तामझामले मात्रै महिला अधिकारलाई स्थापित गर्ने होइन् । केही दिनको तामझाम, छलफल र अन्तरक्रिया गरेर  महिला हिंसाविरुद्ध धेरै ग¥यौं भनेर भन्नुको साटो व्यवहारमा सुधार आवश्यक छ । नीति, ऐन कानुनको व्यवहारिक पालना नै प्रधान विषय हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij