२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संघीयता कार्यान्वयनमा ढिलाइ

संघीयता कार्यान्वयनमा ढिलाइ

संघीयता कार्यान्वयनमा ढिलाइ

संघीयता कार्यान्वयनमा ढिलाइ

संघीयता कार्यान्वयनमा ढिलाइ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • मुलुकमा संघीय शासन प्रणाली स्थापना भएयता दुई वटा चुनाव भइसकेका छन् । तहगत सरकारले पहिलो पाँच वर्षको कार्यकाल पूरा गरी दोस्रो कार्यकालको दोस्रो वर्ष पूरा गरिसकेका छन् । यो सात वर्षमा शासन प्रणालीलाई विधिवत रुपमा संस्थागत गर्ने काममा सरकार चुकेको छ  । खासगरी संघीय शासन प्रणालीअनुसार कानुन निर्माणको जिम्मेवारी संघीय सरकारको हो, संवैधानिक प्रबन्धअनुसार कानुन निर्माण गरी संघीयता कार्यान्वयनको  व्यवहारिक अभ्यासको बाटो खोल्दा संविधानको समेत कार्यान्वयन हुने हो ।


    स्थानीय तहमा बाहेक प्रदेश र संघीय सरकारमा राजनैतिक अस्थिरताले कानुन निर्माणको पाटो ओझेलमा परेको छ । सरकारमा राजनैतिक नेतृत्व स्थापना हुँदैमा संघीय शासन प्रणाली मुलुकमा आएको देखिन्छ तर व्यवहारिक अभ्यास केन्द्रीकृत छ । संवैधानिक प्रबन्धअनुसार, कानुन बनाउने काम संघीय संसदको हो । संसदलाई कानुन निर्माणको लागि विधेयक दिने काम सरकारको हो । कतिपय विधेयक संसदमै अड्केका छन्, धेरै त सरकारले विधेयकको मस्यौदा तयार गर्न सकेको छैन । संघीय निजामती ऐन नबन्दा कर्मचारी व्यवस्थापन अस्तव्यस्त भएको छ । प्रदेशले निजामति ऐन बनाउन सकेका छैनन्, जहाँ बनेको छ, त्यहाँ कार्यान्वयन हुन समस्या छ । कर्मचारी अभावले स्थानीय र प्रदेश सरकारहरुले नतिजामुखी काम गर्न सकेका छैनन् । संघीय प्रहरी ऐन नबन्दा प्रदेशमा प्रहरी समायोजनको काम अड्केको छ । प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी उसको एकल अधिकारको विषय हो । संघीय शिक्षा विधेयक संघीय संसदमा अड्कदा मुलुकको समग्र शिक्षा क्षेत्र अस्तव्यस्त छ । 
    राष्ट्रिय सभाको विधायन समितिले गर्त वर्ष तयार गरेको बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवेदनअनुसार, संघीयता कार्यान्वयनका लागि ४० वटा महत्वपूर्ण कानुन छिटो बनाउनुपर्छ । समितिले त्यो प्रतिवेदन सरकारलाई बुझाएर संघीयता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको थियो । 


    संवैधानिक प्रबन्धअनुसार कानुन बनाई संघीयता कार्यान्वयन गर्दा शासन प्रणाली विधिवत रुपमा संस्थागत हुन्छ । सेवा प्रवाह, विकास निर्माण जस्ता विषयलाई चुस्त बनाउन तहगत सरकारले अभ्यास गर्न पाउँछन् । अहिले राजनैतिक नेतृत्वले काम गर्नका लागि कानुनको अभाव छ, राजनैतिक नेतृत्वले सवैधानिक प्रबन्धअनुसार पाएको अधिकारको अभ्यास गर्नका लागि कानुनको अभावले समस्या भएको हो । अहिले प्रदेश सरकारप्रति नागरिकको अविश्वास गर्ने वातावरण उनीहरुले सरकारको अभ्यास गर्न नपाएकाले हो । सबैकामका लागि संघीय सरकारको भर पर्नुपर्दा प्रदेश किन चाहियो ? भन्ने प्रश्न उठ्नु अस्वभाविक होइन् ।
    संघीय सरकारले शासन प्रणालीलाई संस्थागत गर्ने जिम्मेवारीलाई बेवास्ता गर्न हुन्न । प्रणाली संस्थागत नहुँदा हो व्यवस्थाप्रति प्रश्न उठ्ने र अराजकता बढ्ने । तसर्थ प्रणालीलाई बलियो बनाउन राज्यसंयन्त्रलाई प्रयोग गर । राजनैतिक नेतृत्वसँगै निजामति प्रशासन, प्रहरीलगायतलाई संघीय शासन प्रणाली अनुकुल बनाउन ध्यान देऊ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij