२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

चौधरी उद्योगमा लागेको ताला खुल्यो

चौधरी उद्योगमा लागेको ताला खुल्यो

चौधरी उद्योगमा लागेको ताला खुल्यो

चौधरी उद्योगमा लागेको ताला खुल्यो

चौधरी उद्योगमा लागेको ताला खुल्यो
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
बुधवार, मंसिर १२ २०८१
बुधवार, मंसिर १२ २०८१
  • कावासोती । नवलपुरको देवचुलीमा रहेको चौधरी उद्योग ग्रामको मुल गेटमा स्थानियले लगाएको ताला खुलेको छ ।

    विगत एक हप्ता देखि विभिन्न माग सहित संघर्ष समिति बनाएर आन्दोलन गरेका स्थानीय र उद्योगको व्यवस्थापन पक्ष बिच सहमति भए पछि आन्दोलन स्थगित सँगै उद्योग ग्रामको मुल गेटमा लगाईएको ताला खुलेको हो ।

    मंगलबार ६ बुदें सहमति भए सँगै आन्दोलन स्थगन गरिएको वातावरण प्रदुषण नियन्त्रण संघर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्माले जानकारी दिए ।

    उद्योग ग्राम भित्र भुस बाट चल्ने भुसे ब्वायलरलाई प्रदुषण नियन्त्रणको मापदण्ड भित्र राखेर सन्चालन गर्नु पर्ने र ब्वायलर बिग्रेको अवस्थामा प्रदुषण फैल्न नदिन तत्काल नयाँ ब्वायलर जडान गर्नु पर्ने, ई टिपी देखि पक्की नाला बनेको ठाउँ सम्म पानीलाई पाईप राखी बगाउनुपर्ने काम तत्काल सुरु गर्ने, इटिपि प्लाण्टको क्षमता वृद्धि गरि १५०० केएलडीको बनाउने, सामाजिक उत्तर दायित्वको रकम विधिले व्यवस्था गरेको आधारमा प्रभावित क्षेत्रको संयुक्त टोल विकास संस्थाको निर्णय बाट वडाको सिफारिसमा योजना कार्यान्वयन गरिने र मासिक रुपमा जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, जिल्ला समन्वय समितिको प्रतिनिधि, जिल्ला वनको प्रतिनिधि, पर्यटन तथा उद्योग कार्यालयको प्रतिनिधि, देवचुली–२ को प्रतिनिधि, वातावरण प्रभावित क्षेत्रको प्रतिनिधि र संयुक्त टोल विकास संस्थाको प्रतिनिधि सहितको टोलिले अनुगमन गर्ने सहमति भएको संघर्ष समितिका संयोजक शर्माले बताए ।

    जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, देवचुली नगरपालिकाकि उपप्रमुख पार्वता तिवारी सहितको रोहवरमा भएको सहमतिमा स्थानीयको तर्फबाट संघर्ष समितिका संयोजक ठाकुरप्रसाद शर्मा र चौधरी ग्रुपका तर्फबाट वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले हस्ताक्षर गरेका छ्न ।

    भुसे ब्वाईलर तुरुन्तै रोकेर मर्मत गर्नुपर्ने, पुरानो ब्वाईलर भत्काएर हटाउनुपर्ने, वैकल्पिक अर्काे नयाँ व्वाईलर बनाउनु पर्ने, वस्तिको नजिक प्लाष्टिक पोल्न बन्द गर्नुपर्ने, ईटिपी ठूलो क्षमताको बनाउनुपर्ने, ठूलो क्षमताको प्लान्ट नबन्दासम्म फोहोर पानी सिजीआइपीको जंगलमा ठूलो खाडल खनेर थेग्य्राउनु पर्ने, खरानीका कारण प्रदुषण पिडित र प्रदुषित पानीको प्रदूषणका कारण पिडितलाई उचित क्षतिपुर्तीको व्यवस्था गर्नुपर्ने हुनु पर्ने माग सहित विगत एक साता देखि स्थानीय आन्दोलित थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij