बुटवल । विश्वमै सर्वाधिक लोकप्रिय बाइक रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसन बुधबार बुटवलमा लन्च गगरिएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा लिको यस क्षेत्रको आधिकारिक डिलर गैरे प्रतिष्ठान प्रा लिले बुटवल कालिकानगरस्थित शो रुममा क्लासिक ३५० सिग्नल्स एडिसन आज लन्च गरेको हो । बुधबार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरे, सञ्चालकहरु लक्ष्मी गैरे, सञ्चालक प्रबेशराज गैरेले उक्त बाइक लन्च गरेका छन् । लन्चकै अवसरमा बाइक खरिद गरेका बुटवलका राजेश कुमार गुरुङ र कपिलवस्तु चन्द्रौटाका सुरज अधिकारीलाई चाबी हस्तान्तरण गरिएको छ ।
यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीदु मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रुपमा लिइन्छ। सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आपल कुल्ड इन्जिनले सहज पावर डेलिभरी, साथै बलियो टर्क र अत्यन्त परिष्कृत सवारी अनुभव प्रदान गर्ने गैरे प्रतिष्ठानका सञ्चालक प्रबेशराज गैरेले बताए । बाइकको फराकिलो सिट प्रोफाइल र नरम फोम कुशन सिट शहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिने बनाइएको छ ।
बाइकमा नयाँ एगोंनोमिक्स, ग्रिप्स, रोटरी स्यिच, इन्फो स्थिच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् । त्यसैगरी नयाँ पाइलट लाइटहरु भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका सञ्चालक गैरेले बताए । बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेक संग ट्वीन्स पिस्टन फ्लोटिङ्ग क्यलिपर र पछाडी रहेको २७० एमएम डिस्क ब्रेक संग सिन्गल पिस्टन फ्लोटिङ्ग क्यलिपरले अरु बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्ने कम्पनीको विश्वास छ ।
लन्च संगै बाइकको विक्रि खुला गरिएको हुंदा शोरूम भिजिट गरि वाईकको टेष्ट राईड गर्न सकिने अध्यक्ष प्रेमराज गैरेले बताए ।
लन्चका अवसरमा प्रतिष्ठानका सिनियर म्यानेजर ध्रुव सापकोटा , नारायण खनालले सन् १९०१ देखि निरन्तर नयां नयां मोडल र फिचरमा उत्पादन गरिरहेकाले रोयल इनफिल्ड बाइक पारखीको रोजाइ र विश्वको लोकप्रिय ब्राण्ड बनेको बताए । बुकिङ खुला भए संगै १७ वटा बाइक बुक भइसकेका अध्यक्ष गैरेले जानकारी दिए ।




