२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

केन्द्रीकृत मानसिकताले गिजोलिएको विमानस्थल

केन्द्रीकृत मानसिकताले गिजोलिएको विमानस्थल

केन्द्रीकृत मानसिकताले गिजोलिएको विमानस्थल

केन्द्रीकृत मानसिकताले गिजोलिएको विमानस्थल

केन्द्रीकृत मानसिकताले गिजोलिएको विमानस्थल
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समय अन्तर्राष्ट्रिय उडान नहुँदा निराश व्यवसायीमा  अहिले उत्साह छ । पाँच वटा विमान कम्पनीले उडान सुरु भएको उत्साह लामो समयसम्म रहन्छ कि रहँदैन भन्ने आशंका कायमै छ । जबर्जस्ती विमान कम्पनी भैरहवा त आए, तर विमानस्थल सञ्चालनका लागि आउनुपर्ने विभिन्न सरकारी कार्यालय आउन नसक्दा आशंका हुुनु स्वाभाविकै हो  ।


    विमानस्थल चल्नका लागि यहाँ तत्काल श्रम स्वीकृतिको लागि कार्यालय आवश्यक पर्छ । मेडिकल जाँच, भिसा सेन्टर, कार्गो र विदेश पढ्न जाने विद्यार्थीको लागि नो अब्जेक्सन सर्टिफिकेट(एनओसी), ठूला ट्राभल एजेन्सीका कार्यालय स्थापना पनि हुनुपर्छ । ती कार्यालय नहुँदा सेवाग्राही काठमाडौं धाउनुपर्ने बाध्यता छ  । विमानस्थलमा विमान आए,  तर विमानस्थल चल्नका लागि चाहिने कार्यालय स्थापनामा ढिलाइ  हुनु गैरजिम्मेवार क्रियाकलाप हो । मुलुकमा संघीय शासन प्रणाली स्थापना भइसकेको छ, तर केन्द्रीकृत राज्य संरचनाको मनोविज्ञान बदलिन नसक्दा शासन प्रणाली संस्थागत हुन सकेको छैन । राजनैतिक नेतृत्व मात्रै विकेन्द्रित भएर हुँदैन । त्यसअनुसार प्रशासनिक संरचना पनि विकेन्द्रित हुनुपर्छ । मुलतः हाम्रो सोंच, विचार र धारणा पनि प्रणाली अनुसार बदलिनुपर्छ  । 


    अहिले भैरहवाका लागि कतार एयरवेज र फ्लाई दुबईले दैनिक एक, नेपाल वायुसेवा निगमनले सातामा पाँच, जजीरा एयरवेजले सातामा तीन र थाई एयर एसियाले सातामा दुई उडान गरी सातामा २४ उडान गरिरहेका छन् । थाई एयर एसिया र जजीराले आफ्नो मुलुकबाट भैरहवा सिधा उडान गरेका छन् । सरकारी कार्यालयको स्थापनासँगै भैरहवा विमानस्थल प्रयोगकर्ता बढ्न सक्छन् । 


    अब गर्नुपर्ने पहिलो काम आवश्यक सरकारी कार्यालयको स्थापना छिटो गर्नु हो । दोस्रो काम भनेको देशका विभिन्न ठाउँबाट भैरहवा उडानको व्यवस्था हुनुपर्छ जसले आन्तरिक हवाई सञ्जालबाट पनि भैरहवा जोडिन सकोस् । तेस्रो भनेको गौतमबुद्ध विमानस्थलमा बौद्धमार्गी पर्यटक ल्याउन ती देशबाट सिधा उडानको पहल हुनुपर्छ । प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा पनि सिधा उडान बारे छलफल हुन सक्यो भने चीनका केही शहरबाट सिधा उडान हुन सक्दा चिनियाँ पर्यटक लुम्बिनी आउने बाटो खुल्छ । 


    सरकारले निर्णय गर्ने, तर कार्यान्वयन नहुने प्रवृत्ति कायमै छ । भैरहवामा आवश्यक विभिन्न कार्यालय छिटो स्थापना गर्ने निर्णय भए पनि कार्यान्वयनमा ढिलाइ भएको छ । विभिन्न मुलुकसँग हवाई सम्झौता गर्ने भनिए पनि पहलकदमी हुन सकिरहेको छैन् । भारतसँग पश्चिमतर्फको हवाई रुट पाउनका लागि कुटनीतिक पहल निष्कर्षमा पुग्न नसक्दा पनि समस्या भएको छ । विमानस्थल चलाउनका लागि निरन्तर मिहिनेत आवश्यक छ । त्यसका लागि कर्मचारी संयन्त्रमा मौलाएको केन्द्रीकृत मानसिकता र व्यवसायीको सिण्डिकेट तोड्दै अघि बढेर  व्यवसायीमा विश्वास दिलाउनुपर्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij