२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै, प्रथम पुरस्कार २० हजार

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै, प्रथम पुरस्कार २० हजार

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै, प्रथम पुरस्कार २० हजार

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै, प्रथम पुरस्कार २० हजार

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै, प्रथम पुरस्कार २० हजार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर १३ २०८१
बिहिवार, मंसिर १३ २०८१
  • बुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ गतेदेखि हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गर्न लागिएको हो ।


    मेलामा विविध पक्षहरुको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताउनु भयो । प्रतियोगिता मंसिर २५ देखि पुसको १७ गतेसम्म सञ्चालन हुनेछ ।
    टिकटक प्रतियोगितामा भाग लिनको लागि भाग लिने व्यक्तिको टिकटकमा न्यूनतम ५ हजार फ्लोअर्स भएको हुनुपर्नेछ ।

    प्रतियोगितामा भाग लिने व्यक्तिले यहि मंसिरको २४ गतेसम्ममा आफ्नो टिकटक आईडि खुलाएर नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगितामा भाग लिएको व्यक्तिले मेलासंग सम्बन्धित विषयमा टिकटक बनाउनु पर्नेछ भने टिकटक भिडियो बनाउँदा मेलाको बारेमा जानकारीमुलक हुनुपर्नेछ ।

    टिकटक बनाउँदा एकल, समुह वा परिवारमा नाच, लिपसिंङ, एक्टिङ वा अन्य प्रस्तुती गरेर पनि बनाउन सकिनेछ । पोष्ट गर्दा ‘बुटवल मेला २०८१’ वा ‘मेला २०८१’ लेखेर पोष्ट गर्नुपर्नेछ । तर कानुनले निशेध गरेका कुराहरुलाई टिकटकको कन्टेन्ट बनाउन पाईने छैन । प्रतियोगितामा पहिलो दर्ताको आधारमा ५० जनालाई सहभागि गराईने पनि उहाँले जानकारी गराए ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैंया, द्वितीय हुनेलाई १० हजार रुपैंया र तृतीय हुनेलाई ५ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने संघकी कार्यसमिति सदस्य तथा श्रब्यदृश्य व्यवस्थापन एवं प्रतियोगिताकी संयोजक जमुना पौडेलले जानकारी गराए ।

    प्रतियोगितामा टिकटकमा लाईक, कमेन्ट, शेयर तथा भ्यूजको आधारमा विजेता छनौट गरिने छ । त्यसको लागि तीन सदस्यीय मुल्यांकन समिति गठन गरिएको पनि प्रचारप्रसार समन्वयकर्ता पोखरेलले जानकारी गराए ।

    बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा औद्योगिक व्यापार मेला गरिँदै छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij