२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नौ हजार उद्योगमा तिस खर्ब लगानी

नौ हजार उद्योगमा तिस खर्ब लगानी

नौ हजार उद्योगमा तिस खर्ब लगानी

नौ हजार उद्योगमा तिस खर्ब लगानी

नौ हजार उद्योगमा तिस खर्ब लगानी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौँ।  मुलुकभर स्थापना भएका नौ हजार उद्योगमा ३० खर्बभन्दा बढी लगानी देखिएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएका नौ हजार ५१५ उद्योगमा ३० खर्ब ३९ अर्ब ३३ करोड लगानी रहेको हो । ती उद्योगबाट सात लाख पाँच हजार ८७८ जनालाई रोजगारी प्रदान गर्ने अनुमान गरिएको छ ।

    गत आवमा दर्ता भएका उद्योगमा ७७ प्रतिशत साना उद्योग, १२ प्रतिशत मझौला र ११ प्रतिशत ठुला उद्योग रहेका छन् । गत आवमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै उत्पादनमूलक तीन हजार पाँच सय उद्योगमा छ खर्ब ५४ अर्ब १९ करोड ७४ लाख रुपियाँ लगानी रहेको छ । 

    यस्तै दुई हजार ४९४ सेवामूलक उद्योगमा दुई खर्ब ७८ अर्ब २६ करोड रुपियाँ लगानी रहेको छ । पर्यटनमूलक दुई हजार १२६ उद्योगमा दुई खर्ब ५७ अर्ब ८५ करोड लगानी रहेको विभागको तथ्याङ्क छ । 

    यस्तै ५६८ पूर्वाधारमूलक उद्योगमा एक खर्ब ७३ अर्ब ३४ करोड रुपियाँ लगानी भएको छ । ७५ वटा सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा ५७ अर्ब ४७ करोड ३६ लाख रुपियाँ लगानी रहेको छ । यस्तै ५४६ कृषिमा आधारित उद्योगमा ४२ अर्ब ८० करोड ६६ लाख रुपियाँ र ८० खनिजजन्य उद्योगमा आठ अर्ब ३३ करोड ८१ लाख रुपियाँ लगानी रहेको छ । 

    यसैबिच चालु आव २०८१/८२ को प्रथम त्रैमासिकमा १९९ उद्योगमा ३३ अर्ब ६९ करोड रुपियाँ लगानी प्रस्ताव भएको छ । ती उद्योगबाट नौ हजार ६६८ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । चालु आवमा ५५ वटा ठुला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा प्रथम त्रैमासिकमा ११ वटा उद्योग दर्ता भएका छन् । 

    चालु आवमा ५० वटा मझौला उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा त्रैमासिकमा १० वटा उद्योग दर्ता भएका छन् । यस्तै दुई सय वटा साना उद्योग दर्ता गर्ने लक्ष्यमा त्रैमासिकमा १७८ वटा उद्योग दर्ता भएका छन् । सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । तीन महिनामै साना उद्योग दर्ता सङ्ख्या वार्षिक लक्ष्यनजिक पुगेको तथ्याङ्कले देखाएको छ । 

    यस्तै प्रथम त्रैमासिकमा १३१ परियोजनामा १६ अर्ब हजार ५५ करोड रुपियाँ विदेशी लगानी प्रस्ताव आएको छ । विदेशी लगानीबाट सञ्चालित उद्योगबाट तीन हजार ८४५ जनालाई रोजगारी दिने अनुमान गरिएको छ । चालु आवभरिमा ४४ अर्ब विदेशी लगानी प्रस्ताव गरिएको उद्योग विभागले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij