२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आयोजना बैंक बनाउनु सकारात्मक

आयोजना बैंक बनाउनु सकारात्मक

आयोजना बैंक बनाउनु सकारात्मक

आयोजना बैंक बनाउनु सकारात्मक

आयोजना बैंक बनाउनु सकारात्मक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • पहुंच र राजनीतिक स्वार्थका आधारमा योजना छनोट र वजेट वितरणमा भइरहेको बेथिति रोक्न लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्रदेश आयोजना बैंक निर्माणलाई प्राथमिकतामा राखेको छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु गरेको हो । 
    योजना छनोट प्रक्रियालाई आवश्यकताका आधारमा व्यवस्थित बनाउन आयोजना बैंक आवश्यक परेको र सोही अनुसार योजनाहरुको प्राथमिकीकरण गर्दा पारदर्शी प्रणाली स्थापना हुने विश्वास गरिएको छ । 


    सरकारले प्राथमिकता राखेका आयोजनाहरुको छनौट  प्रक्रियालाई व्यवस्थित गर्ने, विश्लेषण गर्ने र कार्यान्वयन योग्य बनाउनेगरी आयोजना बैंक बनाउन थालिएको प्रदेश योजना आयोगको भनाई छ । आयोजना बैंकले आयोजनाहरुको वर्गिकरण गर्न सघाउ पुग्ने छ भने पूर्वाधारतर्फका मात्रै नभई सामाजिक विकाससंग जोडिएका योजनाहरुलाई पनिसमावेश गरिने हुंदा प्रदेश सरकारको प्राथमिकताको आधारमा योजनाहरु समावेश गरिनेछ र कार्यान्वयनकोलागि अघि बढाइने छ ।


    प्रदेश योजना आयोगले आयोजना बैंक तर्जुमा निर्देशिका २०८१ को प्रस्तावनामाथि छलफल समेत अघि बढाइसकेको छ । सरोकारवाला पक्षहरुको राय सल्लाह सुझावको आधारमा आयोजना बैंकलाई कार्यान्वयनमा लगिने सरकारको भनाई छ । आयोजना बैंकले योजना छनौंट र वजेट वितरणलाई वैज्ञानिक र पारदर्शी बनाउने अपेक्षा गर्न सकिन्छ । 


    आयोजना बैंक नहुंदा विगतमा सरकारको नेतृत्वमा हुने मन्त्री, सत्तारुढ दलका नेताहरुले पहुचको भरमा आफ्नो क्षेत्रमा मात्रै वजेट खन्याउने परिपाटी थियो । यसले योजनाको दोहोरोपनको पनि अन्त्य गर्ने र वडावाटै योजना छनोट भएर जाने हुंदा नेताहरुले खल्तीबाट योजना छनोटको बेथिति अन्त्य हुने छ । नागरिकको आवश्यकता एकातिर तरयोजना र वजेट पहुंचका आधारमा अन्यतै जाने प्रवृत्ति छ,अब स्थानीय आवश्यकताको आधारमा आयोजना छनोट र कार्यान्वयन हुने विश्वास पलाएको छ । 
    प्रदेशको सिमित स्रोत साधनको उच्चतम प्रयोगकालागि प्रदेश आयोजना बैंक जरुरी थियो । प्रदेशले प्राथमिकतामा राख्नुपर्ने आयोजना प्राथमिकतामा नपर्ने समस्या रहेकोमा अबदेखि प्रदेश आयोजना बैंकमा समावेश आयोजनाहरु प्राथमिकताको आधारमा अघि बढाउन सहज हुने छ । 


    यसले योजना छनौंट प्रक्रियालाई पनि पारदर्शी बनाउने छ । अब सरकारले ढिला नगरी आयोजना बैंक निर्माणलाई छिटो पूरा गरी आगामी नीति तथा कार्यक्रम र वजेट सोही बैंकका आधारमा तय गर्न सके प्रदेश सरकारले अन्य प्रदेशका लागि समेत नमूना उदाहरण प्रस्तुत गर्न सक्ने छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij