२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौ : अर्थमन्त्री पौडेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौ : अर्थमन्त्री पौडेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौ : अर्थमन्त्री पौडेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौ : अर्थमन्त्री पौडेल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाएर देखाउछौ : अर्थमन्त्री पौडेल
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • भैरहवा ।  अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देही सम्भावनै सम्भावना भएको जिल्ला भएकोले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्छ र चलाएर देखाउने बताएका छन । 

    लसम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रम भैरहवामा बोल्दै अर्थमन्त्री पौडेलले ‘रुपन्देही देशको मध्य भागमा छ, विकासका असिमित सम्भावना यसले बोकेको छ । मानवीय र भौतिक विकासको दृष्टिकोणले देशको उत्कृष्ट र नमुना जिल्ला हुनुपर्छ ।’

    उनले रुपन्देही सभ्यता र संस्कृतिको दृष्टिकोणले पनि नमुना छ । गौतमबुद्धको जन्मस्थली भएको ठाउ जसले संसार भरि शान्ति र मानवताको सन्देश फैलाएकाको सन्तान हौ । जुन जात धर्म संसकृतिको भएपनि हामी बुद्धका सन्तान हौ । जस्को नाताले उन्नत मानवीय संस्कृति देश र संसारभरि फैलाउनु छ । ‘नाकारात्मक सोचबाट माथीि उठेर सदभाव, सदियदता, आत्मयिता, बन्धुत्व त्यसको पक्ष भई निन्दा, भत्र्सना, विरोध, असन्तुष्टि, गुनासा जस्ता धन्दामा लागेर समय बर्बाद गर्दैनौ भनेर रुपन्देहीले संकल्प गर्नुपर्छ’े हामीले सृजना, सदभाव र एकताको बाटो हिड्छौ भन्ने सन्देश दिनुपर्ने बताए ।

    IMG20241129091220 copy.jpg


    ‘५२ सालमा रुपन्देहीका अन्तराष्टिय« विमानस्थल बनाउने कुरा गर्दा पागलहरुको कुरा नहुने कुरा भनेका थिए तर हामी लागेर यहाँके साथले अहिले निर्माण भई संचालनमा छ । अहिले पनि चल्दैन भनेर केहीले भनिरहेका छन, तर चलिरहेको छ ।’ उनले भने ‘म भन्छु चल्छ, जसरी बन्दैन भन्नेलाई आशंका र आलोचनालाई वास्ता नगरी बनाएको विमानस्थल बन्यो । त्यसरी चल्दैन भन्नेलाई पनि वास्ता नगरी यो विमानस्थल, राम्रो होइन धेरै राम्रो सँग चल्छ  हामी चलाएर देखाउछौ’ म दाबीका साथ भन्छु चल्छ र र चल्न सुरु भएको छ । 

    मैले मात्रै संकल्प गरेर हुदैन हाँहरुको मनमनमा पनि हुनुपर्छ । कसैलाई यो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको विषयमा बोल्न र अभिव्यक्तिी दिन संकोच लाग्छ भने विरोध नगर्न आग्रह गरे । सकिन्छ भने योग्दान गर्नुस, पक्षमा बोलीदिनुस लेखिदिनुस त्यो पनि सकिदैन भने चुप लागेर बसिदिनुस तर नकारात्मक कुरा नराख्न अनुरोध गरे । 

    जीवन जस्तै हो अवरोध, वाधा अडचन आउछन पन्छाउदै संचालन गर्छौ भन्ने विश्वास दिलाउदै यो विमानस्थलको भविष्य धेरै उज्यालो छ । यसलाई रुपन्देहीको चौघेरा भित्र राखेर सोच्ने होइन । नेपाल भन्दा बढि बाहिर विदेशमा यस्को दायरा छ । लुम्बिनी संसारका विभिन्न भागबाट आउन चाहनेका लागि महत्वपूर्ण पुरातात्विक तथा तिर्थस्थल तथा सास्कृतिक सम्पदा हो । मानिसले धेरै चिज बनाउला तर अर्को लुम्बिनी बनाउन सक्दैन । त्यो लुम्बिनी हामीसँग छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij