२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३१औं  न्यु  होराइजन प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु

३१औं  न्यु  होराइजन प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु

३१औं  न्यु  होराइजन प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु

३१औं  न्यु  होराइजन प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु

३१औं  न्यु  होराइजन प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • बुटवल । 
    न्यु होराइजन मावि बुटवलको आयोजनामा आजदेखि  ३१औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।

    प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले  सिपसहितको नैतिक शिक्षा बुटवलको एजेन्डा भएको भन्दै सोहि अनुसार बुटवल उपमहानगरपालिकाले बजेट छुट्याएको बताए ।

     शिक्षामा सबैभन्दा धेरै बजेट छुट्याउने पालिका बुटवल रहेको भन्दै उनले चालु आर्थिक बर्षमा शिक्षाका लागि बुटवलले २६ प्रतिशत वजेट छुट्याएको जानकारी गराए ।

    शिक्षासँगै बुटवल उपमहानगरपालिका  देशकै सबैभन्दा धेरै खेलकुद प्रतियोगिता आयोजना गर्ने पालिका भएको दाबी गर्दै नगर प्रमुख पाण्डेयले सरकारी र निजी विद्यालयहरूबीच समन्वय र सहकार्य गरेर अगाडि बढ्ने पालिका पनि बुटवल भएको उल्लेख गरे ।

    उच्च शिक्षा हाशील गरेका विद्यार्थीहरूले सामान्य निवेदन समेत लेख्न नजान्ने अवस्था रहेको भन्दै उनले  सीप सहितको शिक्षा,  मौलिक संस्कृतिसहितको नैतिक शिक्षा आजको आवश्यकता  भएको बताए ।

     शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिकै कारण बुटवलको छुट्टै पहिचान स्थापित  भएको भन्दै उनले बुटवललाई शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गर्ने योजना रहेको बताए ।

    बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले सामुहिक प्रयासकै कारण बुटवलका सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै २१ औं सताब्दीका शिक्षण संस्थाहरू समय र परिस्थिति अनुसार रूपान्तरण हुन जरुरी रहेको बताए ।

    बिगतमा विद्यालय पढ्ने पढाउने थलोका रूपमा रहेको भन्दै उनले विद्यालयहरू पढ्ने पढाउने मात्रै नभएर अब सिक्ने र सिकाउने थलोको रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।

    न्यु होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायले मुलुकको शैक्षिक विकासमा निजी शिक्षण संस्थाहरूको महत्त्वपूर्ण योगदान रहे पनि राज्यले
    निजी शिक्षण संस्थालाई भेदभाव र सौतेलो व्यवहार गरेको गुनासो गरे ।
    विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र कसजुले नाफा कमाउनका लागि शिक्षामा लगानी गरेको नभएर अध्ययनका लागि यस क्षेत्रका विद्यार्थीहरू अन्यत्र जान नपरोस भन्ने उद्दश्यले आफुहरूले निजी शिक्षण संस्थामा लगानी गरेको बताए ।

    कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली,कार्यक्रम संयोजक मुक्तिनाथ पौडेल, विद्यालयकी शिक्षिका कल्पना कुसुम लगायतले आ आफ्नो भनाइ राखेका थिए ।

    प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका  ७५ विद्यालयहरूको सहभागीता रहेको छ । प्रत्येक केन्द्रमा हिट राउण्डबाट ६ वटा विद्यालय सेमी फाइलनमा प्रवेश गरेका छन् । सेमी फाइलनलमा प्रत्येक केन्द्रमा प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार  ४ हजार पांच सय र सिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । न्यू होराइजन मावि बुटवल देवीनगरमा हुने फाइनलमा प्रत्येक केन्द्रबाट सेमी फाइनलमा प्रथम र द्वितीय गरी ६ विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीय हुनेले  २५ हजार र तृतीय हुनेले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाण पत्र पाउने विद्यालयका प्राचार्य उपाध्यायले जानकारी दिए । 

    प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत बुटवलसंगै दाङको लमही र पाल्पाको तानसेनमा पनि  पहिलो चरणको छनोट प्रतियोगिता भएको कार्यक्रम संयोजक मुक्तिनाथ पौडेलले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij