२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपुरमा ट्याक्टर दुर्घटना १२ जना घाइते

नवलपुरमा ट्याक्टर दुर्घटना १२ जना घाइते

नवलपुरमा ट्याक्टर दुर्घटना १२ जना घाइते

नवलपुरमा ट्याक्टर दुर्घटना १२ जना घाइते

नवलपुरमा ट्याक्टर दुर्घटना १२ जना घाइते
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • नवलपुर । नवलपुरको गैडाकोटमा ट्याक्टर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति गैडाकोट १४ रतनपुर हात्तीसार स्थित भित्री कच्ची सडकमा ना ५ त ७०९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर सडकबाट १५ मिटर तल खसेको छ । 
    घाइते १२ जना मध्ये १० जनाको नयाँ मेडिकल कलेज चितवन र २ जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भईरहेको छ । 

    दुर्घटनामा परी गैडाकोट ११ भेडाबासी निवासी २४ बर्षीया मनमाया सिंजाली मगर, ३४ बर्षीय फत्ते बहादुर सुनारी मगर, ५५ बर्षीया क्षेमाया सिंजाली मगर, गैडाकोट १० पितौजी निवासी ६० बर्षीय कर्मासिंह सारु मगर, गैडाकोट १२ मालपुर निवासी ९ बर्षीया संगिता आले, गैडाकोट १४ निवासी ३४ बर्षीय यम बहादुर बाँचे मगर घाइते भएका छन् । 
    त्यसैगरी गैडाकोट १२ निवासी ३५ बर्षीय उदीमाया सारु मगर, ४० बर्षीया धनकुमारी थनेत, ४८ बर्षीया गौमाया आले, ३७ बर्षीया शान्तामाया सुनारी, हुप्सेकोट ४ झ्यालबास निवासी २१ बर्षीय भविसरा सोमै र २९ बर्षीया आइती केरुङ घाइते भएका छन् । 

    ट्याक्टर प्रहरीको नियन्त्रणमा रहे पनि ट्याक्टर चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । गैडाकोट भेडाबारीबाट रतनपुरमा पाहुना लिएर गएको उक्त ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटना स्थल गैडाकोटबाट २ घण्टाको दुरीमा पर्दछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij