बुटवल । बुटवल योगिकुटीस्थित मणिमुकुन्द कलेजमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका छन् । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष गमप्रसाद रेश्मी, प्राचार्य टुकबहादुर क्षेत्री लगायतले गुणस्तरीय शिक्षामा उत्कृष्टतामा निरन्तरता र अतिरिक्त क्रियाकलाप र खेलकुदमा प्रदेशकै अब्बल शैक्षिक संस्था मणिमुकन्द बनेकाले विद्यार्थी र अभिभावकको रोजाईमा परेको बताए ।
कार्यक्रममा औंला र चक्र ब्याण्ड सहित विद्यार्थीहरुले विभिन्न सांगीगिक प्रस्तुति मार्फत मनोरन्जन दिलाएका थिए । कार्यक्रममा प्याव्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, सहायक क्याम्पस प्रमुख दिवाकर खनाल, बिबिएस संयोजक दिनेश पाण्डे , विज्ञान संकाय संयोजक लक्ष्मण गैरे, व्यवास्थापन संकाय संयोजक पशुपति चौधरी लगायतले मणिमुकुन्द कलेज विद्यार्थीमैत्री शैक्षिक संस्था भएको र विद्यार्थीको चौतर्फी विकासमा कुनै सम्झौता नगर्ने बताएका थिए । कक्षा १२ की छात्रा गरिमा रेग्मीले अध्यक्षता गरेको कार्यक्रममा संगम सापकोटाले स्वागत गरेका थिए ।




