२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३१औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफको फाइनलमा ६ विद्यालय

३१औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफको फाइनलमा ६ विद्यालय

एभरेष्ट बोर्डिङ स्कूल बुटवल , अक्सफोर्ड बोर्डिङ बुटवल,जनता मावि तानसेन पाल्पा, तुल्सी मावि रामपुर पाल्पा , माउण्ट भ्यू बोर्डिङ स्कूल घोराही र अमर बोर्डिङ स्कूल तुल्सीपुर फाइनलमा प्रवेश गरेका हुन् ।

३१औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफको फाइनलमा ६ विद्यालय

३१औं न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफको फाइनलमा ६ विद्यालय

एभरेष्ट बोर्डिङ स्कूल बुटवल , अक्सफोर्ड बोर्डिङ बुटवल,जनता मावि तानसेन पाल्पा, तुल्सी मावि रामपुर पाल्पा , माउण्ट भ्यू बोर्डिङ स्कूल घोराही र अमर बोर्डिङ स्कूल तुल्सीपुर फाइनलमा प्रवेश गरेका हुन् ।

३१औं  न्यू होराइजन प्रदेशस्तरीय हाजिरीजवाफको फाइनलमा ६ विद्यालय
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, मंसिर १५ २०८१
शनिवार, मंसिर १५ २०८१
  • बुटवल । 
    न्यु होराइजन मावि बुटवलको आयोजनामा ३१औं संस्करणको प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ ।
    बुटवल, दाङ र पाल्पामा पहिलो चरणको छनोट प्रतियोगिता सम्पन्न भएको हो । जस अनुसार बुटवल केन्द्रमा भएको प्रतियोगितामा 
    एभरेष्ट बोर्डिङ स्कूल बुटवल प्रथम, अक्सफोर्ड बोर्डिङ बुटवल दोस्रो र बुद्धदीप बोर्डिङ स्कूल गरगरे कन्चन तेस्रो भएका प्रतियोगिता संयोजक मुक्ति पौडेलले जानकारी दिए ।

    प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका  ७५ विद्यालयहरूको सहभागीता रहेको थियो ।  यस्तै पाल्पा केन्द्रमा भएको प्रतियोगितामा जनता मावि तानसेन पाल्पा प्रथम, तुल्सी मावि रामपुर पाल्पा दोस्रो र रेन्बो बोर्डिङ स्कूल बलेटक्सार गुल्मी तेस्रो भएका संयोजक प्रकाश पन्तले जानकारी दिए ।  यस्तै लमही केन्द्र दाङमा भएको प्रतियोगितामा माउण्ट भ्यू बोर्डिङ स्कूल घोराही प्रथम, अमर बोर्डिङ स्कूल तुल्सीपुर दोस्रो र गोरखा  इन्टरनेशनल स्कूल घोराही तेस्रो भएका संयोजक मनोज सिलवालले जानकारी दिए ।

    तीनवटै केन्द्रमा प्रथम र दोस्रो भएका दुई–दुई गरी ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेका छन् । फाइनल प्रतिस्पर्धा हुने मिति पछि घोषणा गरिने विद्यालयल जनाएको छ । 
     बुटवल केन्द्रको प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।
    कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले  सिपसहितको नैतिक शिक्षा बुटवलको एजेन्डा भएको भन्दै सोहि अनुसार बुटवल उपमहानगरपालिकाले बजेट छुट्याएको बताए ।
    शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको प्रगतिकै कारण बुटवलको छुट्टै पहिचान स्थापित  भएको भन्दै उनले बुटवललाई शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गर्ने योजना रहेको बताए ।
    बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले सामुहिक प्रयासकै कारण बुटवलका सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै २१ औं शताब्दीका शिक्षण संस्थाहरू समय र परिस्थिति अनुसार रूपान्तरण हुन जरुरी रहेको बताए ।
    बिगतमा विद्यालय पढ्ने पढाउने थलोका रूपमा रहेको भन्दै उनले विद्यालयहरू पढ्ने पढाउने मात्रै नभएर अब सिक्ने र सिकाउने थलोको रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
    न्यु होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायले मुलुकको शैक्षिक विकासमा निजी शिक्षण संस्थाहरूको महत्वपूर्ण योगदान रहे पनि राज्यले
    निजी शिक्षण संस्थालाई भेदभाव र सौतेलो व्यवहार गरेको गुनासो गरे । उनले न्यू होराइजनले शैक्षिक क्रियाकलापसंगै खेलकुद,संगीत,कला, साहित्य जस्ता विधामा पनि विद्यार्थीका प्रतिभा प्रष्फुटनका लागि पनि ठूलो लगानी गरिरहेको बताए ।    


    विद्यालय ब्यवस्थापन समिति अध्यक्ष ज्ञानेन्द्र कसजुले आफूहरुले नाफा कमाउनका लागि शिक्षामा लगानी गरेको नभएर गुणस्तरीय शिक्षा अध्ययनका लागि यस क्षेत्रका विद्यार्थीहरू अन्यत्र जान नपरोस् भन्ने उद्देश्यले निजी शिक्षण संस्थामा लगानी गरेको बताए । 


    कार्यक्रममा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली,उपप्राचार्य बालकृष्ण भण्डारी, बासुदेव अर्याल, कार्यक्रम संयोजक मुक्तिनाथ पौडेल, विद्यालयकी शिक्षिका कल्पना कुसुम लगायतले आ आफ्नो भनाई राखेका थिए ।

    सेमी फाइलनलमा प्रत्येक केन्द्रमा प्रथम पुरस्कार ९ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार  ४ हजार पांच सय र सिल्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । 


     फाइनलमा प्रथम हुने विद्यालयले प्रथम पुरस्कार ४० हजार, द्वितीय हुनेले  २५ हजार र तृतीय हुनेले २० हजार नगद तथा सिल्ड, ट्रफी र प्रमाण पत्र पाउने विद्यालयका कार्यक्रम संयोजक मुक्ति पौडेलले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij