बुटवल । तिलोत्तमाको मणिग्राम निवासी लक्ष्मण भट्टराईले नेपालमा शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स टिमका लागि नगद पुरस्कार घोषणा गरेका छन् । तिलोत्तमा क्रिकेट विकास समितिका सहसचिव समेत रहेका बुटवलस्थित ओम सर्जिकल एन्ड साइन्स हाउसका सञ्चालक भट्टराईले लुम्बिनी लायन्स टिम विजेता बनेमा टिमको प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता भएमा ५० हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने सो घोषणा गरेका हुन् । सामाजिक सेवाका क्षेत्रमा योगदान गर्न रुचाउने भट्टराईले आफ्नो प्रदेशको प्रतिनिधित्व गरेर खेलेको टिमको हौसलाका लागि आफूले नगद पुरस्कार घोषणा गरेको बताए ।




