२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा

पारदर्शी सहकारीको १५ औं वार्षिक साधारण सभा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • बुटवल । बुटवल-१० कालिकानगर अवस्थित पारदर्शी बचत तथा ऋण  सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    शनिबार द दरवार लन पार्टी प्यालेस एण्ड रेस्टुरेन्ट योगोकुटी मा सम्पन्न कार्यक्रममा एकताबद्व सहकारीलाई जोड दिदै दिगो ब्यवस्थापन समयको मुल्याङकन सहित परिणाम देखाउन सदस्यहरुको सकृयता बढाउने गरी संस्थालाई अगाडी बढाउनका लागी साधारणसभा केन्द्रीत गरीएको थियो ।

    सभारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख  नारायण बेल्वासेले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानप्रति राष्ट्रिय सहकारी बैंक ले डटेर लागेको बताए। 


    केही अप्ठ्यारा परिस्थितिकाबीच सहकारी संस्थाहरु सञ्चालन भइरहेको बताउँदै बेल्वासेले पछिल्लो समयमा देखिएका केही घटनाले समस्या उत्पन्न भएको र त्यसलाई समाधान गर्न राष्ट्रिय सहकारी बैंकले सहजिकरण गरिरहेको बताए । केही खराब व्यक्तिका कारण सहकारी क्षेत्रमा समस्या देखिएको समेत बताउदै उनले सहकारीको सहकार्यकालागी  हाम्रो हो भन्ने भावनाको विकाससँगै सबै सदस्यको साथ सहयोग हुनपर्ने बताए ।

    संस्थाका का.बा.अध्यक्ष मान बहादुर थापाले संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै  आर्थिक वर्ष २०८०/८१ को कुल कारोबार ८ करोड १० लाख ७२ हजार २ सय ८४ रहेको बताए । संस्थामा आवद्व शेयर सदस्यहरुको व्यवसायी सुरुवात सहकार्यमा प्रतिवद्व गराई आर्थिक जिवनस्तर उकास्नु लक्ष्य रहेको बताए ।

    कार्यक्रममा संस्थाका  संस्थापक अध्यक्ष मिना कुमारी कार्की ,सल्लाहकार गोविन्द भट्टराई लगायत शेयर सदस्यले आ–आफ्नो धाराणा राखेका थिए ।

    संस्थामा उत्कृष्ट कारोबार, बचत कर्जा नियमित, ज्येष्ठ सदस्य, उत्कृष्टता हासिल गरेका छोराछोरीलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा संस्थाका सचिव युवराज न्यौपाने बाट प्रस्तुत संस्थागत एवं प्रस्तावित प्रतिवेदन, कोषाध्यक्ष रमेश कुमार भण्डारीबाट प्रस्तुत आर्थिक, लेखा परीक्षण प्रतिवेदन लेखा संयोजक किरण गौतमबाट प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij