२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सम्पदा स्थल जोगाऊँ

सम्पदा स्थल जोगाऊँ

सम्पदा स्थल जोगाऊँ

सम्पदा स्थल जोगाऊँ

सम्पदा स्थल जोगाऊँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, मंसिर १७ २०८१
सोमवार, मंसिर १७ २०८१
  • गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मात्रै नभएर यस क्षेत्रका धेरै ठाउँमा बुद्धकालीन संरचना रहेका छन् । ती संरचनालाई जोगाएर उत्खनन् गरी अध्ययन र अनुसन्धानको काम हुन सकेको छैन । उत्खनन्को काम सुस्त छ, जसले अध्ययन र अनुसन्धानलाई छरितो बनाउन सकेको छैन ।


    पुरातात्विक  संरचनाको उत्खनन्, अध्ययन र अनुसन्धानले हो, विगतको इतिहासलाई प्रमाण दिने । लुम्बिनीमा गौतमबुद्ध जन्मेका थिए भन्ने प्रमाण अशोक सम्राटले गाडेको अशोक स्तम्भले दिएको छ । अशोक स्तम्भ लुम्बिनीमा फेला नपरेको भए संभवतः लुम्बिनीमा गौतमबुद्ध जन्मेको पुष्टि हुने थिएन् । कपिलवस्तु खुला संग्रहालय हो, जहाँ सिद्धार्थ गौतमभन्दा पहिले अरु दुई बुद्ध जन्मेका थिए । क्रकछन्द बुद्ध र कनकमणि बुद्धको जन्मस्थलका साथै सिद्धार्थ गौतमसँग सम्बन्धित दर्जन स्थलहरुमा पुरातात्विक संरचना छरिएर रहेका छन् । ती संरचना जोगाएर राख्ने प्रबन्ध गर्नुपर्नेछ । अहिलेसम्म ती सामग्री छरिएर रहेकाले त्यहाँ रहेका पुरातात्विक वस्तु डुबानको जोखिममा छन्, मान्छेले चोरी गर्ने र नष्ट गर्ने प्रवृत्ति पनि कायमै छ ।

    गौतम बुद्धको अस्थिधातु रहेको रामग्राममा पनि उत्खनन् हुन सकेको छैन । बुद्ध मावली देवदहमा पनि आधा दर्जन पुरातात्विक महत्वका स्थलहरु छन्, ती स्थलमा रहेका भग्नावशेषलाई तारबार गरी जोगाएर राख्नुपर्नेमा अहिलेसम्म ध्यान दिइएको छैन । भग्नावशेष रहेको स्थानलाई जोगाउनुको साटो अतिक्रमण बढ्दा समेत सरकारको ध्यानाकर्षण हुन नसक्नु सम्पदास्थलको महत्व नबुझ्नु हो । सैनामैना बौद्धकालीन महत्वपूर्ण शहर मानिन्छ । सैनामैनाको पुरातात्विक वस्तु प्राप्त भएकै ठाउँमा सर्वसाधारणको घर बनेका छन्, खेतीपाती हुँदै आएको छ । यस्ता क्रियाकलाप बेलैमा रोक्न ध्यान दिइएन् नै, अब के गर्ने भन्ने पनि प्रष्ट धारणा छैन । कोलीय राज्यको राजधानी अहिलेको देवदह हो कि पण्डितपुर भन्ने निष्कर्ष निकाल्नका लागि पण्डितपुर र देवदहको उत्खनन् र प्राप्त प्रमाणको विश्लेषण गर्नुपर्ने हुन्छ । तर वर्षेनी न्यून बजेटमा  हुने उत्खनन्ले अपेक्षित परिणाम दिन सकिरहेको छैन ।
    सम्पदास्थल मुलुकको गहना हुन् । जसले विगतलाई बुझ्न सघाउ पु¥याउँछन् । सभ्यताको विकासबारे जान्न र बुझ्न सघाउने सम्पदास्थललाई जोगाउनु भनेको भावी सन्ततीको लागि अमूल्य उपहार हो । अहिले नै उत्खनन् गरी प्राप्त सामग्री संग्रहालयमा राख्न सक्दा पर्यटकको आगमन बढाउन सकिन्छ । पर्यटन प्रवद्र्धनका लागि सम्पदालाई प्रयोग गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij