२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

शितलहरबाट बच्न पूर्वतयारीमा ध्यान देऊ

शितलहरबाट बच्न पूर्वतयारीमा ध्यान देऊ

शितलहरबाट बच्न पूर्वतयारीमा ध्यान देऊ

शितलहरबाट बच्न पूर्वतयारीमा ध्यान देऊ

शितलहरबाट बच्न पूर्वतयारीमा ध्यान देऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • मध्य मंसिर पार हुँदै गर्दा चिसो बढ्न थालेको छ । तराईमा जाडोमा अत्याधिक चिसो र गर्मीमा अत्याधिक गर्मी हुन्छ, जसले यहाँको जनजीवन अत्याधिक प्रभावित हुन थालेको छ । विस्तारै चिसो बढ्दै जाने र शितलहरले जनजीवन कष्टकर हुन थाल्छ । चिसोबाट नागरिकलाई बचाउन तहगत सरकारले पूर्वतयारी गर्न आवश्यक छ ।


    पहिले–पहिले दुई सातादेखि एक महिनासम्म तराईमा शितलहर चल्थ्यो । लामो शितलहरले तराईको जनजीवन कष्टकर बनाउँथ्यो । शितलहरले वर्षेनी केही दर्जन नागरिकको मृत्यु हुन्थ्यो । पछिल्ला केही वर्षयता शितलहरकै कारण मृत्युको समाचार दिनहुँ जसो आउन छाडेका छन् । शितलहर नभएर होइन्, मुलुक संघीय शासन प्रणालीमा गइसकेपछि तहगत सरकारले सुरक्षित आवासको प्रबन्धमा बढोत्तरी भएको र सामाजिक सुरक्षा कार्यक्रमअन्तरगत वितरण भएको जेष्ठ नागरिक भत्ताले नागरिकको जीवन जोगाउन मद्दत गरेको छ ।

    तर अहिले जे भइरहेको छ, त्यसले मात्रै नागरिकलाई सुरक्षित राख्न सकिन्छ भन्ने पटक्कै देखिदैन् । विपद् कुन परिमाणमा आउँछ भन्ने निश्चित हुँदैन्, जलवायु परिवर्तनको असर अकल्पनीय ढंगले बढिरहेकोले सामान्य ढंगले मात्रै विपद्को पूर्व तयारी गरेर हुँदैन् । गएको असोज ११ र १२ गतेको बाढी पहिरो र त्यसले गरेको क्षतिलाई हेरेर विपद्को पूर्वतयारीमा ध्यान दिन आवश्यक छ । अत्याधिक चिसो हुँदा तराईको जनजीवनमा पर्ने असरको आँकलन गर्दै तहगत सरकारले कसले के गर्ने भन्ने स्पष्ट दिशानिर्देश हुनुपर्छ । तहगत सरकारबिच कामको बाँडफाँट भयो भने त्यसको सकारात्मक प्रभाव पर्नेछ  ।
    तराईको भित्री गाउँहरुमा जाडोमा चिसोले कठाग्रिने र गर्मीमा राम्ररी हावा छिर्न नसक्ने खालका घर छन् । अझ गर्मी याममा फुस र खरका घर आगलागीको जोखिम अत्याधिक छ । फुस र खरका घरलाई पूर्णतः हटाउन ढिलाइ गर्न हुन्न । विशेषगरी चिसोमा जेष्ठ नागरिक र बालबालिका प्रभावित हुने हुँदा उनीहरुलाई जोखिमबाट जोगाउन सरोकारवाला निकायको ध्यान जानुपर्छ । बिरामी भएपछि उपचार गर्न आर्थिक अभावले सकेसम्म अस्पताल जान नखोज्ने संख्या ठूलो छ, यही कारण  नागरिकले ज्यान गुमाउँदै आएका छन् । स्वास्थ्य उपचार महँगिदै गएपछि घरमै चाम्रिएर बस्न बाध्य नागरिकको स्वास्थ्यमा तहगत सरकार चनाखो हुनुपर्छ । यद्यपी अहिले स्वास्थ्य बिमा कार्यक्रमले नागरिकलाई उपचार सेवा लिन केही राहत दिए पनि स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारितामा प्रश्न उठिरहेकाले सुधार गर्नुको विकल्प छैन ।


    संकटका बेला नागरिकले राज्य खोज्छ । यही बेला हो, राज्यले नागरिकप्रति आफ्नो भूमिका देखाउने । तहगत सरकारबिच समन्वय र सहकार्यबाट नै महामारीलाई सामना गर्न सकिन्छ भन्ने हामीलाई कोभिड महामारीले सिकाएको छ । दोष जति अरूतिर पन्छाउने र जस आफूले लिने प्रवृत्तिबाट मुक्त भएर विपद्विरुद्ध पूर्वतयारीमा अहिले नै लागौं ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij