गुल्मी । गुल्मीको अर्जैमा शुक्रबार राति अविरल बर्षासङ्गै पहिरोले घर बहाउदा एकै परिबारका पाँच जनाको ज्यान गएको छ । मालिका गाउँपालिका -६ साविक अर्जै गाबिसको कडेलपाटा टोलका ५५ बर्षिय भेष बहादुर बिक सहित उनकि श्रीमति , बुहारी र दुई नातिनि सहित पाँच जनाको ज्यान गएको हो ।
त्यहाँका वडाद्यक्ष दिपक भण्डारीका अनुसार घर धनी भेष बहादुर बिक , उनकी ४७ बर्षिया श्रीमति सुन्तली बिक , ३० बर्षिया बुहारी सिता बिक , ६ / ७ बर्ष उमेरका दुई नातिनीहरु रचना र विपनाको ज्यान गएको हो ।
घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले लाष्टमा श्रीमतिको शव फेला परेको बताए । उनले सुरुमा इस्मा प्रहरी चौकीको टोलि उद्धारमा खटिएको , एक भैसि जिवितै उद्धार गरिएको बताए । मृत्युका दाजु हिरा बहादुर कार्कीले राति कति बेला पहिरो गयो भन्ने केहि थाह नभएको बताए । बिहान हेर्दा पहिरोले घरको नामो-निशान नदेखेको उनको भनाई छ ।
अस्ति आएका छोरा र ज्वाईलाई हिजो बस्न भनेर निकै कर गरेका थिए । उनिहरु नमानेर घर गएको स्थानीयले बताए । ससुराली बाट विदाईको हात हल्लाउँदै उनिहरु उकालो लागेको स्थानीयले सुनाउदै भने नमानेर हिड्दा बाचे । कठै बिचराहरुको बाउ आमा सहितको माईति अन्तिम भयो । तिन छोराहरु भारतको रोजगारीमा छ्न ।
भेष बहादुर हिजो साझा सम्म घर नजिकै ठाटि भन्ने स्थानको पसलमा खाजा नास्ता, हासो ठट्टा गर्दै घर आएका थिए । खानपिन गरि जुठा भाडा माझेर सुतेका ति भाडाहरु मल्खातामा थिए ।
तिहारमा देउसि भैलोका गुरु भेष बहादुरको गत तिहारमा भैलो खेलेको भिडियो हेर्दै गाउँ शुन्य पारेर गयो भन्दै स्थानीय भक्कानिदै थिए ।
जिवित एक भैसि र जिवित दुई बाख्राहरु टिठ लाग्दो हुँदै पिर्लिपिर्लि घर धनीलाई हेर्दै थिए । तर दुर्भाग्य उनिहरुको पछाडी पट्टि घर धनी सबैको लहरै लास थियो ।
घर माथी बाट बगेको पहिरोलो छिमेकी दुई घर उच्च जोखिममा छ्न । घटना स्थलमा मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल , उपाध्यक्ष उपेन्द्र अर्याल , प्रमुख प्रशासकीय अधिकृत विकास खनाल , नेपाली सेना , सशस्त्र प्रहरी पनि तैनाथ थियो ।
दिउँसो पनि अविरल बर्षा हुँदा उद्धार कार्यमा कठिनाई भएको थियो । त्यस पालिका अध्यक्ष र उपाध्यक्ष चौतर्फी सडक अवरुद्ध हुँदा माथि छापाहिले बाट हिडेर आएको बताउदै थिए ।
उनिहरु हाप पाईन्टमा उद्धारमा खटिएका थिए । रातभरको अविरल बर्षाले घमिर इस्मा र अर्जै देखि राङ्गदाल चौर सम्मको सडक अवरुद्ध छ । घमिर देखि इस्मा सम्मका दर्जनौ घर गोठ उच्च जोखिममा छ्न ।




