२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी महोत्सवको टिकटले लुम्बिनी केबलकारमा छुट

लुम्बिनी महोत्सवको टिकटले लुम्बिनी केबलकारमा छुट

सम्झौता अनुसार महोत्सव अवधि र त्यसपछिका १५ दिनसम्म महोत्सवको टिकट लिएर जानेलाई केबलकारको टिकट दर ५ सय रुपैयां मात्र लिइने सहमति भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।

लुम्बिनी महोत्सवको टिकटले लुम्बिनी केबलकारमा छुट

लुम्बिनी महोत्सवको टिकटले लुम्बिनी केबलकारमा छुट

सम्झौता अनुसार महोत्सव अवधि र त्यसपछिका १५ दिनसम्म महोत्सवको टिकट लिएर जानेलाई केबलकारको टिकट दर ५ सय रुपैयां मात्र लिइने सहमति भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए ।

लुम्बिनी महोत्सवको टिकटले लुम्बिनी केबलकारमा छुट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, मंसिर १८ २०८१
मंगलवार, मंसिर १८ २०८१
  • भैरहवा । भैरहवामा हुने लुम्बिनी राष्ट्रिय महोत्सव अवलोकन गर्न काटेको टिकटले लुम्बिनी केबलकारको टिकटमा पनि छुट हुने भएको छ । महोत्सवको टिकटले केबलकारको ७५० रुपैयां दरको टिकटमा छुट गरी ५ सय रुपैया मात्र तिरे पुग्ने गरी सम्झौता भएको छ । लुम्बिनी केबलकार र लुम्बिनी महोत्सव आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघबीच भएको सम्झौता अनुसार महोत्सव अवधि र त्यसपछिका १५ दिनसम्म महोत्सवको टिकट लिएर जानेलाई केबलकारको टिकट दर ५ सय रुपैयां मात्र लिइने सहमति भएको केबलकारका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए । मंसिर २० देखि पुस १ गतेसम्म भैरहवाको अञ्चलपुरमा महोत्सव हुंदैछ । 
    दुई संस्थाबीचको सहमतिले महोत्सव अवलोकन गर्ने दर्शक केबलकार चढ्न चाहेमा सहुलियत भई लाभान्वित हुने संघका वरिष्ठ उपाध्यक्ष नेत्र आचार्यले बताए ।
    ‘महोत्सव हेर्न आउने दर्शक महोत्सव अवधिमै वा महोत्सव सकिएको १५ दिनसम्म पनि केबलकार चढ्न चाहेमा छुट पाउने गरी सम्झौता भएको छ, महोत्सव अवलोकन गर्ने दर्शकले यो छुट अवसरको फाइदा लिनुहुनेछ भन्ने हाम्रो विश्वास छ’– आचार्यले भने । 
    यस्तै संघले मेला हेर्न आउने आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी टूर प्याकेज पनि ल्याएको छ । 
    प्याकेजमा बुद्ध जन्मस्थल लुम्बिनी, तिलौराकोट, देवदह, रामग्राम लगायत बुद्धस्थलसँग सम्बन्धित क्षेत्र समेटिएको छ । संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले पुरातात्विक तथा पर्यटकीय स्थलहरुमा विशेष प्याकेज बनाइ भ्रमणको व्यवस्था गराइएको जनाए । ‘यसले मेला भर्न आउने दर्शकलाई उत्साह थप्ने हामीले विश्वास गरेका छौं’, उनले भने, ‘ट्राभल एजेन्सीहरुसँग सहकार्य गरी प्याकेज बनाइएको हो ।’
    आयोजकका अनुसार टूर प्याकेजमा भारतीय र तेस्रो मुलुकका पर्यटकलाई बढी केन्द्रित गरिएको छ । टूर प्याकेज सामान्य अवस्थामा भन्दा ३०–४० प्रतिशतसम्म सस्तो हुनेछ । महोत्सवमा टिकट काटेका आधारमा छुट सुविधा दिइने अध्यक्ष श्रेष्ठले बताए । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij