२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा सीसी क्यामेरा

बुटवलमा सीसी क्यामेरा

बुटवलमा सीसी क्यामेरा

बुटवलमा सीसी क्यामेरा

बुटवलमा सीसी क्यामेरा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • बुटवल उप–महानगरपालिकाले  मुख्य चोक र बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरेर नगरलाई प्रविधियुक्त बनाउनु सकारात्मक छ । सीसी क्यामेराको प्रयोगले अपराधिक गतिविधि न्यूनीकरणमा सघाउ पुग्ने र न्यून मानवीय जनशक्तिले पनि काम चलाउन सकिने भएकाले अहिले सीसी क्यामेरा प्रभावकारी मानिन्छ ।


    बुटवल दुई राजमार्गको मिलनविन्दु हो । पूर्व पश्चिम महेन्द्र राजमार्ग र सुनौली–पोखरा सिद्धार्थ राजमार्गको मिलनविन्दु भएकाले जताततैका मान्छेहरुको आवागमन भइरहने थलो हो । यो तराई र पहाडको प्रवेशद्वार पनि हो । भारतीय सीमाको समेत नजिक पर्ने बुटवल मुलुकको महत्वपूर्ण व्यापारिक शहर मात्रै नभएर रणनीतिक महत्वको ठाउँ पनि हो । अत्याधिक मान्छेको आवतजावत हुने ठाउँमा सुरक्षा सतर्कतामा ध्यान नदिने हो भने कुनै अपराध भइसकेपछि अभियुक्त फेला पार्न समस्या हुन्छ । बढ्दो सवारी चापले दुर्घटनाको जोखिम बढिरहेकाले दुर्घटना भइसकेपछि घटनामा संलग्न सवारी र चालक फेला नपर्ने जोखिम उत्तिकै हुन्छ । सीसी क्यामराको सहायताले मान्छेको निगरानी गर्न सकिने र दुर्घटनाको अवस्था बारे पनि हेर्न सकिन्छ । केही महिनाअघि कोहलपुरमा एउटा लुटपाटको घटनाको अनुसन्धान गर्दा प्रहरीले सीसी क्यामराको सहायता लिएको थियो । सीसी क्यामरामा देखिएका व्यक्तिलाई शंकास्पद मान्दै खोजी गरी अनुसन्धान गरेको थियो । अन्ततः अनुसन्धानबाट तिनै शंकास्पद मानिएका व्यक्ति घटनाका अभियुक्त भएको पुष्टि भयो । बुटवलमा पनि अपराध अनुसन्धानमा सीसी क्यामरा प्रभावकारी हुनसक्छ ।  वडा नम्बर ४, ५, ७ र ८ का मुख्य स्थानहरुमा १ सय २५ वटा सीसी क्यामेरा जडान भएकाले पक्कै पनि नगरको शान्ति सुरक्षा सबल बनाउन सघाउ पुग्नेछ । 


    सीसी क्यामेरा जडानले मात्रै समस्याको समाधान गर्दैन । सीसी क्यामराको रेखदेख पनि  आवश्यक छ । सीसी क्यामेरालाई अपराधिक स्वभावका व्यक्तिले नष्ट गर्न सक्छन् । उप–महानगरपालिकाले जडान गरेको क्यामरा जोगाउन समुदायको पहलकदमी आवश्यक छ । पहिले यहाँका विभिन्न व्यवसायिक संघसंस्था मिलेर सीसी क्यामेरा जडान गरेका थिए । ती क्यामरा लामो समय टिक्न सकेनन् । मर्मतसंभारको अभावमा केही वर्षमै ती क्यामराले काम गरेनन् । उप–महानगरपालिकाले अहिले जडान गरेका क्यामराको नियमित मर्ममलाई ध्यान दिनुपर्छ । त्यसो भयो भने जुन प्रयोजनले क्यामरा जडान भयो, त्यसको नतिजा देखिन्छ ।


    आगामी वर्षहरुमा पनि सीसी क्यामेरा जडानलाई निरन्तर राख्नुपर्छ । नगरको हरेक टोलमा अनिवार्य सीसी क्यामरा राख्ने प्रबन्ध मिलाउनुपर्छ । प्रविधियुक्त नगर बनाउँदा नागरिकको मनोबल बढ्छ । शान्ति सुरक्षाको वातावरण बन्छ । प्रहरी र स्थानीय सरकारबिचको सहकार्यको वातावरण बन्छ । अन्ततः स्थानीय सरकारप्रति नागरिकको भरोसा र विश्वास बढ्छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij