२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

युवाशक्ति पलायन हुँदा उप–चुनावमा पनि कांग्रेस एमालेकै हाली मुहाली

युवाशक्ति पलायन हुँदा उप–चुनावमा पनि कांग्रेस एमालेकै हाली मुहाली

युवाशक्ति पलायन हुँदा उप–चुनावमा पनि कांग्रेस एमालेकै हाली मुहाली

युवाशक्ति पलायन हुँदा उप–चुनावमा पनि कांग्रेस एमालेकै हाली मुहाली

युवाशक्ति पलायन हुँदा उप–चुनावमा पनि कांग्रेस एमालेकै हाली मुहाली
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१
  • किरण अधिकारी
    व्याप्त बेरोजगारी ले हाम्रो समाजलाई थला पारेको छ, त्यही बेरोजगारी को थिचोमिचोमा परेर विदेशमा रोजगारीका अवसरहरू खोज्दै देश छाड्ने युवाहरुको हरूको भिड एकदमै ठूलो छ । त्यही भिडलाई एमाले कांग्रेस जस्ता पुराना राजनीतिक दलहरुले चुनाव जित्ने  ब्रह्मास्त्र रूपमा प्रयोग गरिरहेका छन् । किनकी देशमा जति–जति युवा शक्ति घट्दै जान्छ, उति–उति आफूहरु शक्तिशाली बन्दै जाने मनस्थितिमा बाचिरहेका छन्, एमाले कांग्रेस,  त्यसैले जति पटक चुनाव गरे पनि जित्ने  तिनै कांग्रेस एमाले नै हुन्, किनकी अलिकति जाने बुझेका नागरिकलाई जति सक्दो छिटो देशबाट लखेट्ने  क्रममा  छन्, युवा देशमा नहुनु उनीहरुलाई फाइदा हो । युवा शक्तिलाई देशबाट पलायन बनाएपछि  देशमा रहेका सोझा साझा बा–आमा उमेरका नागरिकलाई झुटा आश्वासन देखाएर हुन्छ कि,  दुई÷चार पैसा दिएर हुन्छ, या  व्यक्तिगत केही काम गरिदिएर हुन्छ, के गरेर हुन्छ, कसो गरेर  हुन्छ, भोट किन्ने षड्यन्त्रको राजनीति, होइन  लाजनीति  गरिरहेका छन्, आजसम्म ।  युवाशक्ति घर–घरमा नहुँदा एमाले कांग्रेसहरूलाई भोट किन्न सहज भएको छ ।


    त्यो भोट किन्ने सहजतालाई कहिले पनि अप्ठ्यारो पार्न उनीहरु चाहँदैनन्,   त्यसैले देशबाट युवा शक्ति लखेटिरहेका छन् ।  देशमै केही गर्छु राजनीतिमा लागेर नागरिकको सेवा गर्छु, देशमा  केही परिवर्तन गर्छु भनेर राजनीतिमा जो आउन खोज्दछ उसलाई कसरी हुन्छ सिध्याउन खोजिरहेका छन्, कतीलाई सिध्याई पनि सके, कसैलाई सिध्याउने खेलमा लागिरहेका छन्, लाग्छ की यो देश एमाले  कांग्रेसकै पेवा हो, नेपालको राजनीतिमा अरूलाई प्रवेश निषेध, जस्तै किसिमको व्यवहार देखाउँदै आएका छन् । 


    कांग्रेस एमालेले चुनाव जित्नु भनेकै देश अझैँ टाट पल्टिनु हो, कती  दशक भैसक्यो  पुराना दलहरूको रजगज, तर देशमा न रोजगारीका अवसरहरु सिर्जना भएका छन् ।  न हुनेवाला छन्, देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने कुनै आधार स्तम्भ अझैँ  बन्न  सकेका छैनन्, देश बनाउनुत परको कुरा  देशमा भएका कल कारखानाहरू त बेचेर खाए,  आज  देशलाई झन झन नाजुक स्थितिमा पु¥याएका छन् ।  एउटा राजनैतिक दलकी नेत्री ले भन्दै थिन केही दिनअघि– “यी एमाले कांग्रेसलगायत पुराना दललाई स्विजरल्याण्ड जस्तो देशमा शासन गर्न दिने हो भनेदेखि  केही वर्षमै स्विजरल्याण्ड जस्तो  देशलाई सोमालिया बनाउँछन्” भनेर सायद यथार्थमा बुझ्दा सही होकी जस्तो पनि लाग्छ । 


    जबजब  देशमा भ्रष्टाचारी, दलाल, देश बेचुवा र पार्टीका झोले कार्यकता  सिवाय आम नागरिक बस्न नसकिने वातावरण सिर्जना हुन्छ, त्यो देशको  द्रुगति सुरु हुन्छ, अहिले नेपालमा ठ्याक्कै त्यस्तै  भएको छ ।‌


    आम सर्वसाधारण नागरिकलाई दुई छाक जोह गर्नलाई  मात्र मुग्लान पस्नु पर्ने स्थिति सिर्जना हुन्छ भने  त्यो देशमा शासन गर्ने शासकहरूलाई  नालायक भ्रष्टचारी भन्ने कि देशको विकास गर्ने विकास प्रेमी भन्ने । आम नागरिक आफ्ना झिनामसिना आवश्यकता पूरा गर्न मात्र पनि  विवश हुँदै विदेशिनु को विकल्प छैन । 


    देशमा चुनाव आउँछ जान्छ, मतदान गर्नेहरुलाई खासै सरोकार हँुदैन ।  सरोकार हुन्छ त कसले कती पैसा दियो,  रक्सी, मासु, भात खुवायोकी नाई, बाइकमा कसले पेट्रोल हालिदियो तिनिहरुको मात्र सरोकार हुन्छ, नेता के– कस्तो हो बिगतमा के गर्यो, केही मतलब छैन, यिनिहरुलाई भोट हाल्न अवसर मिल्दा ।  जो जाने बुझेका छन्‌, तर विदेशमा छन्, हरेक कुराको सरोकार राख्दछन्,  उनीहरुलाई आफ्नो मताधिकार प्रयोग गर्ने अधिकारबाट यो राज्यले वञ्चित गरेको छ । विदेशमा कमाएको पैसाले देशको अर्थतन्त्र चल्छ, अनि विदेशमा रहेका आफ्ना नागरिक को भोट चल्दैन, यो कस्तो शासन व्यवस्था हो । 
    अहिले कलेजमा अध्ययन गर्ने युवायुवतीहरू पहिले पहिलेभन्दा एकदमै घट्दो अनुपातमा रहेका छन्, आजभोलि युवाहरू देशमा बस्ने कल्पना समेत गर्न छोडी सकेका छन्, धेरै जसो स्कुलमा पढ्ने विद्यार्थीहरूलाई  भविष्यमा के बन्ने योजना छ, भनेर प्रश्न गर्दा अधिकांशको सोंच नेपालमा नबस्ने छ ।  +२ सम्मको अध्ययन सकिसकेपछि विदेशमा पढ्ने, उतै कमाउने, नेपालमा नफर्किने साेंच अहिलेका स्कुल कलेजमा पढ्ने विद्यार्थीहरूको छ । 


    यस्तो अवस्था सिर्जना हुनुको मुख्य कारण देशमा गुणस्तरीय शिक्षा नहुनु,  र जेनतेन राम्रोसँग पढे पनि पढेअनुसारको रोजगारी ग्यारेन्टी नहुनु, जति मिहिनेगरेर  लगानी गरेर पढे पनि  रोजगारीबाट आम्दानी एकदमै न्यून हुनु र भविष्य उज्ज्वल नदेख्नु, दुःख सङ्घर्ष धेरै गरे पनि उपलब्धि कम हुनु,  युवा शक्ति पलायन हुनुको एउटा कारण मान्न सकिन्छ ।  दुई÷चार दिन पहिला  कांग्रेसका नेता  गगन  थापा भन्दै थिए–‘आइटीको दुनियाँमा विश्व कहाँ पुगिसक्यो,  अब हामीले पनि हाम्रा केटाकेटीहरुलाई आगामी ४÷५ वर्ष भित्रमा आइटी टेक्नोलोजी प्रयोग गरी महिनामा ३÷४ लाख कमाउने गराउनु हुन्छ, दुबै, कतार, साउदी कोही जानु पर्दैन ’ भनेर भाषण गर्न‌  धेरै सजिलो छ ।  त्यसैको लागि सरकारीस्तरबाट नै आधारशिला तयार बनाउने कहिले, सरकारी स्कूलहरूको हालत के छ, त्यसको सुधार कहिले गर्ने, शिक्षामा व्यापार भैरहेको छ, पैसा हुनेहरूलाई एउटा शिक्षा छ, गरिब दुःखीहरूलाई अर्को  शिक्षा छ, शिक्षामा विभेद छ, यसको अन्त्य कहिले गर्ने, सगरमाथा चढ्ने सपना देखाउँदा सुरुको आधारशिविर जान कसरी त्यसको तयारी गर्ने, की आधारशिविर नगई  एकैचोटी सगरमाथाको टुप्पोमै जाने, सपना देखाउने,  सधैँ जनतालाई झुटो, बोलेर र सोझासाझा जनतालाई झुक्याउने  र भ्रमको खेती गर्नेहरूले,  नै युवाहरूलाई देशबाट लखेटिरहेका छन् । 


    बोलेर मात्र सबै कुरा हुने भएदेखि आज नेपाल स्विजरल्याण्ड हुने थियो, बोलेर मात्र जनताले पत्याउन छोडिसकेका छन्, किनकी बोलीअनुसारको कुनै  पनि नेताले केही गर्न सकेका छैनन्, आजसम्म ।  हिजोको समय थियो  नेताको भाषणलाई पत्याइदिने जमात आज त्यो परिस्थिति छैन । आजभोलिको युवाहरुले परिणाम खोजिरहेका छन्, बोलेर मात्र हुने भएदेखि केपी ओलीले आजसम्म सबै नेपालीको घर–घरमा रेल गुडाउन सुरु गर्थे, घर–घरमा ग्यासको पाइपलाइन बिछ्याइसक्थे , चन्द्रमामा यान पठाइ सक्थे ।  प्रचण्डले यो देशलाई दक्षिण एसियाकै नमूना देश बनाइसक्थे । नेताहरुले बोलेकै आधारमा यो देश विकास हुन्थ्यो भने, आज नेपाल विश्वको सबैभन्दा शक्तिशाली देश बन्थ्यो होला, तर  बोली र  गराइमा धर्ती र आसमान जत्तिको फरक छ ।
    त्यसैले  त पुराना राजनीतिक दलहरुका नेताहरुप्रति युवाहरुको लगभग आशा मरिसकेको अवस्था छ । यिनीहरु  बोल्ने मात्र हो गर्ने केही होइन भन्ने  भान आम नागरिकहरूमा  परेको छ, न आफूले गर्छन् न नयाँ गर्छु भनेर आएकाहरूलाई गर्न दिन्छन् । गणतन्त्रमा पनि  एमाले र कांग्रेसका निरकुंश राणाहरूको जन्म भएकोे छ ।


    युवाहरु स्वदेशमा नहुनु देशको लागि संकट हो, देशका युवाहरुलाई देशको राजनैतिक परिपाटीले अवमूल्यन गराइरहेको छ । कुनै पनि क्षेत्रमा युवाहरुवाई प्रोत्साहन दिने खालका काम हुन सकेका छैनन् । युवाहरुले कुनै पनि क्षेत्रमा भविष्य नदेख्दा नेपाल युवाविहीन बन्ने क्रममा छ । अहिलेको २१आँै शताब्दीमा विश्व काहाँ पुगिसक्यो  यो बदलिँदो संसारबाट युवाहरू नजिक छन्, त्यसैले अहिलेको ‘ग्लोबललाइजेसन’ सँग रमाउन खोजिरहेको छन्, युवा त्यसलाई अवलम्बन गर्न चाहान्छन्, तर देशमा त्यस किसिमको वातावरण सिर्जना हुन नसक्दा देश‌ छोडेर विदेशीने युवाहरु बढ्दै गएका छन् ‌। नेपालमा पनि विदेशमा जस्तो सेवा सुविधायुक्त विश्वविद्यालय, विदेशमा जस्ता रोजगारीका अवसर, सिर्जना गर्न सकेको खण्डमा मात्र देशमा युवा शक्ति बस्ने अवस्था सिर्जना हुनेछ, यस्तै  किसिमको दुषित राजनैतिक परिपाटी रहेसम्म,  देशको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक कुनै क्षेत्रमा परिवर्तन नहुने निश्चित छ ।


    देशमा ठूलै  आर्थिक क्रान्ति नभएसम्म युवाहरुले देशमा  उज्ज्वल भविष्य देख्नेको संख्या एकदमै  न्यून रहँदै जानेछ । देशमा युवा शक्तिलाई बस्ने वातावरण सिर्जना गर्ने हो भनेदेखि,  देशको यो राजनैतिक परिपाटीलाई सुधार गरी देशको नेतृत्व तहमा इमान्दार भिजन भएका, जनतालाई माया गर्ने देशलाई माया गर्ने, पढेलेखेका  क्षमता भएका व्यक्तिहरू आउनु जरूरी छ । तब मात्र देश‌ले मुहार फेर्नेछ । यी पुराना राजनीति दलले केही  नगरेका पनि होइन, धेरै ठूलो कुरा त देशमा राजनैतिक परिवर्तन गरे, राणादेखि राजा, पञ्चायतदेखि राजतन्त्रसँग संघर्ष गरेर अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ ।
    राजनैतिक परिवर्तन त  गरे, तर बिगतको १ दशकभन्दा बढी आर्थिक परिवर्तनमा  केही पनि गर्न सकेनन्, आर्थिक परिवर्तन गर्न सक्ने ल्याकत अहिलेका पुराना दलहरुसँग छैन  त्यसको लागि असक्षम  छन् । 


    देश अहिले लोकतान्त्रिक व्यवस्थामा छ, तर  नागरिकले  सास्ती खेप्नुपरेको छ, गरिबीको रेखामुनि बाँच्नुपरेको छ । शिक्षा, स्वास्थ्य, रोजगारी कुनै पनि क्षेत्रमा सापेक्षिक परिवर्तन हुन सकेको छैन,  परिवर्तन हुन नसक्ने केही कारक त छ, जसले यी कुराहरूलाई रोकिरहेको छ । यो लोकतान्त्रिक व्यवस्थामा पनि कैयौं कमजोरीहरू रहेका छन् । लोकतन्त्र भित्रका  कमीकमजोरीहरूलाई सुधार गरी सुधारीएको लोकतन्त्र, अथवा  नौलो गणतन्त्र, जसमा  जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी देशको प्रमुख हुने व्यवस्था नै अबको आवश्यकता हो ।  त्यसको लागि देशमा  नयाँ नेतृत्व नयाँ  आवश्यक छ । पुराना दलहरूको विकल्पमा नयाँ दल चाहिएको छ, जसले अब देशलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउने  सामथ्र्य राख्ने छन्, देशमै रोजगारीको व्यवस्था गर्नेछन्,  देशलाई अब आर्थिक क्रान्तिको बाटोमा डो¥याउने छन्, देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने छन्, कोही त छन्, जसलाई जनताले विश्वास गर्नुपर्ने बेला आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij