२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जितेश्वरी माबिको  ४३ औँ बार्षिकउत्सव सम्पन्न

जितेश्वरी माबिको  ४३ औँ बार्षिकउत्सव सम्पन्न

जितेश्वरी माबिको  ४३ औँ बार्षिकउत्सव सम्पन्न

जितेश्वरी माबिको  ४३ औँ बार्षिकउत्सव सम्पन्न

जितेश्वरी माबिको  ४३ औँ बार्षिकउत्सव सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, मंसिर १९ २०८१
बुधवार, मंसिर १९ २०८१

  • बुटवल । जितेश्वरी माध्यमिक बिद्यालयको वुटबल १३ को ४३ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस एक समारहका बीच सम्पन्न भएको छ ।

    समारेहमा बोल्दै प्रमुख अथिति बुटवल उपमहानगरपालिकाका उपप्रमुख  सावित्रा देवी अर्यालले शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्दै विद्यार्थीको उज्वल भविश्य निर्माण गर्ने योजनाका साथ नगर लागेको बताइन ।

    उपप्रमुख अर्यालले यस क्षेत्रका विद्यालयलाई नमुना विद्यालयको रुपमा रहेका
     विकास गर्दै  विद्यालय, विद्यार्थी तथा शिक्षकको स्तर र गुणस्तरमा बृद्धिगर्ने कार्य नगरले गरेको बताइन ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन थापाले बिद्यालयको स्तरबृद्धिका लागि नगरको बिषेश ध्यान जान आवस्यक रहेको बताए । 

     कार्यक्रममा विशिष्ट अतिथि वडा अध्यक्ष नारायण प्रसाद पुनले बिद्यार्थीको भबिष्य विद्यालयको हातमा रहेको भन्दै गुणस्तरीय शिक्षा दिन आग्रह गरे ।

    सो कार्यक्रममा   दाता कर्णबहादुर कुँवरले रु १ लाख १ सय , मन्दिरा गौडेलले  ५१ हजार ,  क्या. दलबहादुर पुन रु ५१ हजार , निरन्जन थापा रु २५हजार ,तिल बहादुर थापा रु २५ हजार छात्रवृत्ति अक्षय कोषमा सहयोग पुर्याएका थिए ।

     कार्यक्रममा उत्कृष्ट जी .पि .ए . ल्याउने छात्रछात्रा , मोटरसाइकल आफै निर्माण  गर्ने कक्षा १२ का छात्र रोजिन थापा र शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो । छात्र छात्राहरु हरुद्वारा नृत्य प्रदर्शन गरिएको थियो। 

    विद्यालयका प्रधानाध्यापक उपेन्द्र ज्ञवालीद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । उनले विद्यालय संस्चालन गर्न शिक्षाप्रेमी , समाजसेवी तथा सहयोगी दाताको सहयोगले सजिलो भएको बताए । 

    कार्यक्रममा  मोतिपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक  लक्ष्मण मरासिनी ,नयाँगाउँ माध्यमिक विद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल, सल्लाहकार प्रकाश सिंह राना , झल बहादुर गुरुङ र शिक्षक अभिभावक सघंका अध्यक्ष खिमानन्द पौडेलले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको गर्दै बिद्यालयको हितमा सधैं सहयोगी हुने बताए ।

    कार्यक्रम विद्यालयका सह प्रधानध्यपक कमला खनालले स्वागत मन्तव्य तथा  शिक्षक विनोद के. सीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij