२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवामा स्थायी प्रदर्शनी स्थल अपरिहार्यः श्रेष्ठ

भैरहवामा स्थायी प्रदर्शनी स्थल अपरिहार्यः श्रेष्ठ

भैरहवामा स्थायी प्रदर्शनी स्थल अपरिहार्यः श्रेष्ठ

भैरहवामा स्थायी प्रदर्शनी स्थल अपरिहार्यः श्रेष्ठ

भैरहवामा स्थायी प्रदर्शनी स्थल अपरिहार्यः श्रेष्ठ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • मंसिर २० गते बिहीबारदेखि भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालन हुँदैछ । मुलुकभरका ठूला, घरेलु तथा साना उद्योगका उत्पादन, कृषि, हस्तकलालगायत एकै थलोमा प्रदर्शनी गरी व्यापार प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य हो । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले यो महोत्सवले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गर्ने जनाएको छ । यसै सन्दर्भमा महोत्सवको समग्र विषयवस्तुमा केन्द्रित रहेर संघका अध्यक्ष समेत रहेका महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुरकुमार श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंशः 

    भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सञ्चालन हुँदैछ । यसको तयारीबारे बताइदिनुस् न ?
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले विगत ६ महिनादेखि महोत्सवको तयारी गरेको थियो । विभिन्न ३३ वटा समिति बनाएर हामीले काम गर्यौं । सबैको साथ सहयोग र हौसलाले महोत्सवको सबै तयारी भइसकेको छ । बिहीबार मंसिर २० गते नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ सुरु हुँदैछ । बिहान साढे १० बजे देवकोटाचोकबाट विशाल ¥याली निकालिनेछ । उक्त ¥याली मेलास्थलमा पुग्नेछ । करिब ३ सय संघसंस्थाका ६ हजार प्रमुख तथा प्रतिनिधि ¥यालीमा सहभागी हुनुहुनेछ । दिउँसो १ बजे नेपाल सरकारका उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुहुनेछ । महोत्सवमा उद्घाटन गर्नुअघि सबै काम सम्पन्न गरिसकेका छौं ।


    अहिले आर्थिक क्षेत्रमा मन्दी छ, तर यस्तो बेला महोत्सव किन आयोजना गर्नुभयो ?
    यो महोत्सवमार्फत् उद्योग, व्यपारा र पर्यटनको मात्र प्रवद्र्धन नभएर कृषि तथा घरेलु उत्पादनको प्रोत्साहन गर्छ । यससँगै कलासंस्कृति, रितिरिवाज र परम्पराको समेत संरक्षण गर्छ । महोत्सव सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको भए पनि यो महोत्सव सिद्धार्थनगर र रुपन्देहीवासी सबैको अपनत्व हुने हिसाबले कार्यहरु अघि बढाएका छौं । यहाँले बनेजस्तै अहिले बजारमा मन्दी छ । निजी क्षेत्र निरास छ । तर, जटिलतालाई हामीले अवसरमा बदल्न खोजेका हौं । अवसरै सिर्जना नगरी व्यवसायिक प्रवद्र्धन हुँदैन । धेरैले महोत्सव नलगाएको भए हुन्थ्यो भन्नुभएको थियो । तर, संघले सिथिल अर्थतन्त्रलाई चलायमान बनाउनपर्छ भनेर आँट गर्यो । हाम्रो आँटलाई सबैले साथ दिँदा महोत्सव भव्यरुपमा हुने अवस्थामा आएको छ । यसले सिथिल अर्थतन्त्रलाई लयमा फर्काउन कोशेढुंगाको काम गर्ने अपेक्षा हाम्रो छ ।


    महोत्सवमा कति स्टल रहन्छन्, कहाँ–कहाँका उत्पादनहरुको प्रदर्शनी हुन्छ ?
    महोत्सवमा ३ सय वटा स्टल निर्माण गरेका छौं । सबै स्टल नै बुकिङ भइसकेका छन् । हामीले धेरै जिल्लाका उत्पादनलाई यहाँ राख्ने कोशिश गरेका छौं । अहिलेसम्म ४० जिल्लाका उत्पादन प्रदर्शनी हुने पक्का भएको छ । अझ भन्ने हो भने महोत्सवमा पूर्व मेचीदेखि पश्चिम दैलेखसम्म तथा मुस्ताङसम्मका उत्पादन राखिनेछ । धनगढीका व्यवसायी पनि यहाँ आउनुभएको छ । यो क्षेत्र कृषि, उद्योगको उर्वराभूमि भएकाले कृषिलाई बढी प्राथमकिता दिएका छौं । कृषि निर्देशनालयको सहयोगमा निःशुल्क माटो परीक्षण गरिनेछ । कुन माटोमा कस्तो खालको खेती गर्दा उपयुक्त हुन्छ भन्ने कुरा माटो परीक्षणबाट थाहा हुन्छ । कृषकलाई मौकाको फाइदा उठाउनुहुन म आग्रह गर्दछु  । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुत रहनेछ ।


    यसबाहेक महोत्सवका मुख्य विशेषता के हुन् ?
    खास उद्यमशीलता विकास पनि हो । नयाँ उद्यमी बन्न चाहनेले यहाँ आएर धेरै सिक्न सक्नुहुन्छ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएको छ । हामी खुसी छौं । पर्यटन क्षेत्रलाई अझ कसरी अगाडि बढाउन सकिन्छ भनेर विभिन्न मेलास्थलमा गोष्ठीहरु सञ्चालन गर्नेछौं । भारतीय पर्यटकलाई विशेष सुविधा दिन्छौं । महोत्सवको टिकट काटेपछि बुटवलमा रहेको लुम्बिनी केबलकार चढ्न गए ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलास्थलमा प्रवेश शुल्क (टिकट) वापत रु. १ सय, विद्यार्थीलाई रु. ५० तथा वृद्धवृद्धा र अशक्तलाई निःशुल्क प्रवेशको व्यवस्था छ । कलासंस्कृति जर्गेना गर्न भ्वाइस अफ भैरहवा, भैरहवा आइडल प्रतियोगिता आयोजना गरिनेछ । विभिन्न ख्यातीप्राप्त कलाकारको प्रस्तुति रहनेछ । प्रत्येक दिन साँझ ६ देखि १० बजेसम्म डिजे प्रस्तुति रहनेछ । सुरक्षाको राम्रो प्रबन्ध गरिएको छ । बालउद्यान आकर्षक छ । यसका साथै स्टलको डिजाइन हेर्न लायक बनाएका छौं । समग्रमा भन्दा एकै थलोमा धेरै कुरा हेर्न, स्वाद लिन, खरिद गर्न र अनुभव गर्न पाइन्छ ।


    आम मानिसले लुम्बिनी महोत्सव किन अवलोकन गर्ने ?
    महोत्सवले सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउने आशा गरिएको छ । यो महोत्सव अवलोकन गरेर म उपभोक्तालाई सामान खरिद गर्न आग्रह गर्छु । महोत्समा बाहिरभन्दा सस्तो र गुणस्तरीय सामान पाइन्छ । त्यस्तै होटलमा स्वस्थकर र गुणस्तरीय खाना उपलब्ध हुन्छ । हामीले किन्न चाहेने, खान चाहेको, अवलोकन गर्न चाहेको वस्तु पाइन्छ भने दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट मनोरञ्जन पाइनेछ । अझभन्दा यसको सफलता र मन्द आर्थिक क्षेत्रलाई गति दिन हामी सबैले महोत्सव अवलोकन गर्नुपर्छ भन्ने मलाई लाग्छ ।


    महोत्सवमा ग्रामीण क्षेत्रका दर्शकलाई कसरी समेट्दै हुनुहुन्छ ?
    सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यक्षेत्र मर्चवार, धकधईलगायतका पनि हो । त्यहाँ रहेका दर्शकलाई मेलास्थलमा आउजाउका लागि यातायातको व्यवस्था गरिएको छ । शहर मात्रै नभएर ग्रामीण बस्तीमा प्रचारप्रसार गरेका छौं । धेरैजना महोत्सवबारे जानकार हुनुहुन्छ । नभएकाहरुलाई जानकारी भएकाले एकपटक जाउ भनेर यहाँसम्म ल्याउनुहुनेछ भन्ने विश्वास लिएको छु ।


    विगतको भन्दा यस वर्षको महोत्सवमा के फरक छ ? टिकटदर महँगो भए भन्ने गुनासो छ नी ?
    हामीले विगतमा ८ वटा महोत्सव सफलतापूर्वक सम्पन्न गरेका छौं । यसमा सबैको साथ रहेर नै सम्भव भएको हो । पछिल्लो समय सबै क्षेत्रबाट महोत्सवप्रति चासो र आकर्षण बढेको छ । उत्साहजनक सहभागिता हुने विश्वास छ । आकर्षकका रुपमा अटोका स्टलहरु छन् । कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौं । 


    स्टलका संरचना फरक छन् । ख्यातीप्राप्त कलाकार, धेरै जिल्लाका फरक–फरक उत्पादन, नयाँ उद्यमीलाई प्रोत्साहन, डान्स आइडल, टूर प्याकेज विगतभन्दा फरक हुन् । अन्य मैले माथि उल्लेख गरेका विषयहरु हुँदै भए । जहाँसम्म टिकटदरको कुरा छ, महँगो होइन् र छैन भन्ने म सबैलाई अवगत गराउन चाहन्छु । मेलाको व्यवस्थापनमा ठूलो खर्च लाग्छ । न्यूनतम मूल्यमा टिकट उपलब्ध गराइएको छ । भैरहवामा स्थायी प्रदर्शनीस्थलको अभाव छ । जसका कारण वर्षेनि ४०–५० लाख रुपैयाँ १२–१३ दिनका लागि आयोजना गरिने महोत्सवमा खर्च हुन्छ । स्थायी मण्डप भए धेरै खर्च बच्न सक्दथ्यो । यसैले पनि टिकटदर महँगो भन्न मिल्दैन जस्तो लाग्छ ।


    महोत्सव आयोजना गर्दा सरकारी निकाय, संघसंस्था र स्थानीय सर्वसाधरणबाट कस्तो सहयोग पाउनुभएको छ ?
    मेला महोत्सव सञ्चालनका लागि तीनै तहका सरकारसँग समन्वय गरेका छौं । खास गरेर सिद्धार्थ नगरपालिकासहित १६ वटै पालिकासँग सहकार्य गरेका छौं । स्थानीय सरकारबाट राम्रो सहयोग पाइएको छ । प्रदेश सरकारसँग पनि समन्वय गरेका छौं । स्थानीय संघसंस्थाको भरपूर्ण सहयोग छ । धेरैजना महोत्सवबाट उत्साहित हुनुहुन्छ । सर्वसाधरणले विशेष चासो दिएर महोत्सव सञ्चालनको दिन गनेर बसेको हामीले अनुभव गरेका छौं ।


    यहाँहरुले विगतदेखि नै स्थायी मण्डपका लागि पहल गर्नुभएको छ । तर, अझैँ पनि बन्न सकेन नी ?
    सिद्धार्थ उद्योग वाणिज्य संघले स्थायी मण्डपका लागि निरन्तर दबाब दिइरहेको छ । तर, तीनै तहका सरकारले यसका त्यति ध्यान नदिएका हुन् की भन्ने लागेको छ । पक्कै पनि अर्को महोत्सव गर्दासम्म स्थायी मण्डप बन्छ भन्ने आशा गरेका छौं । संघले २०६१ सालदेखि महोत्सव आयोजना गर्न सुरु गरेको हो । पहिला महोत्सव सिद्धार्थ रंगशालामा हुने गर्दथ्यो । रंगशाला क्रिकेट संघले लिएपछि त्यहाँ महोत्सव हुन सकेन । 


    जग्गा नपाएपछि एक वर्ष महोत्सव नै हुन सकेन । अहिले आयोजना गरिएको महोत्सवस्थल संघका सल्लाहकार सीताराम उप्रेतीको निजी जग्गा हो । मण्डपका लागि हामीले स्थानीय, प्रदेश र संघीय सरकारलाई निरन्तर दबाब दिइरहेका छौं । हामीले जग्गा खरिद गर्न सक्दैनौं । सरकारले यसलाई तत्कालै व्यवस्थापन गर्नुपर्छ । यहाँ कुनै सभा गर्नका लागि खुल्ला स्थान पनि छैन । यसमा राजनीतिक दलले पनि हामीलाई सहयोग गर्नुपर्छ । अर्थमन्त्रीलाई पनि यसबारेमा ध्यानाकर्षण गराउँछौं ।


    अन्त्यमा के भन्न चाहनुहुन्छ ?
    महोत्सव अवलोकन गर्न सबैलाई अनुरोध गर्दछु । काम गर्ने क्रममा केही कमीकमजोरी भए सल्लाह–सुझाव दिन अनुरोध गर्दछु । एकपटक महोत्सवमा आउन म सबैलाई विनम्रतापूर्वक पुनः अनुरोध गर्न चाहन्छु । हामीले सबैले यो महोत्सव सफल पारेर अहिलेको आर्थिक मन्दीलाई एकजुट भए चिर्न सकिन्छ है भन्ने सन्देश दिन जरुरी छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij