२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बिआरआईमा सहमति

बिआरआईमा सहमति

बिआरआईमा सहमति

बिआरआईमा सहमति

बिआरआईमा सहमति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  •  
    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको छ । मंगलबार दुई मुलुकले जारी गरेको संयुक्त वक्तव्यमा छिटो बिआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गर्ने उल्लेख भएकाले यो भ्रमणका बेला बिआरआईका विषयमा सहमतिमा नपुगेको अड्कल काटिएको थियो । अन्ततः दुई मुलुक बिआरआई कार्यान्वयनमा सहमतिमा पुगेका छन् । 


    दुई मुलुकबिच भएको यो सहमतिसँगै सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)लाई आधिकारिक रूपमा अघि बढाउने निश्चित भएको छ । बिआरआईअन्तर्गतका परियोजना सहुलियतपूर्ण ऋणमा अघि बढाउने चिनियाँ प्रस्तावप्रति नेपालमा सहमति हुन नसकेपछि अनुदानमा बनाउनका लागि आग्रह गरिएको थियो । प्रधानमन्त्रीको भ्रमणका क्रममा मंगलबार द्विपक्षीय वार्ता लगत्तै भएका विभिन्न सहमतिमा बिआरआई परेको थिएन् । त्यसपछि दुई देशका उच्च अधिकारीबिच निरन्तरको अनौपचारिक वार्तापछि बिआरआईका विषयमा सहमतिमा पुग्नुलाई सकारात्मक मान्नुपर्छ । नेपालले प्रस्ताव गरेअनुसार अनुदान शब्द राख्ने कि नराख्ने अन्यौल भएपछि बिचको बाटो निकालेर दुई देश सहमतिमा पुगेका छन् । नेपाली पक्षले ‘ग्रान्ट फाइनान्सिङ कोअपरेसन मोडालिटी’ भन्ने उक्त फ्रेमवर्कको मस्यौदामा राखेको थियो । त्यसपछि चिनियाँ पक्षले ग्रान्ट शब्द हटाएर ‘असिन्टेन्ट फाइनासिङ मोडालिटी’ मात्रै राखेर मस्यौदा नेपाललाई बुझाएको थियो  । तर अन्त्यमा नेपाली पक्षले ग्रान्ट वा असिन्टेन्टभन्दा पनि ‘एड असिन्टेन्स फाइनासिङ’ राखेर प्रस्ताव ग¥यो । त्यसैमा आएर सहमति भयो ।


    नेपाल र चीनले सम्झौता गरेको फ्रेमवर्क फर बिआरआई कोअपरेशनमा १० वटा परियोजना परेका छन् । नेपाल सरकारले प्रस्ताव गरेका १२ मध्ये २ वटा हटाएर फ्रेमवर्कअन्तर्गत १० वटा परियोजना अघि बढाउने सहमति भएको छ । अब बिआरआई फ्रेमवर्कअन्तर्गत टोखा-छहरे सुरूङमार्ग, हिल्सा-सिमकोट सडक, किमाथांका-खाँदबारी सडक र पुल, जिलोङ-केरूङ-काठमाडौं ट्रान्सबोर्डर रेल्वे, जिलोङ-केरूङ-चिलिमे २२० केभी ट्रान्सबोर्डर ट्रान्समिसन लाइनको काम अघि बढ्ने छ । मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एण्ड साइन्स म्युजियम, झापाको दमकमा रहेको चीन’-नेपाल औद्योगिक मित्रपार्क, दमकमै बन्ने झापा स्पोट्र्स एकेडेमी र डडेल्धुराको अमरगढी सिटीहल पनि बिआरआई फ्रेमवर्क अन्तर्गत अघि बढ्ने भएका छन् ।


    नेपाल–चीनबिच सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको  छ । दुई देशबीचको सम्बन्ध सुमधुर छ । बिआरआई फ्रेमवर्कमा भएको यो सहमतिले दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउन बल पुग्नेछ । विश्व महाशक्ति बन्न लागेको चीनले अघि सारेको रणनैतिक कार्यक्रम बिआरआईमा जोडिन ढिलाइ गर्नु नेपालकै लागि घातक थियो । मुलुकलाई हुने घाटा बुझेर नै प्रधानमन्त्री केपी ओलीले आन्तरिक एकता कायम गर्दै चीनसँग सहमति गर्न जुन मिहिनेत गरेका छन्, यसले नेपालको विकासमा सकारात्मक प्रभाव पर्छ नै, नेपालको सन्तुलित परराष्ट्र सम्बन्धको मार्ग पनि फराकिलो भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij