२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाडौंको दोस्रो हार
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • बुटवल  । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको छ ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो ।

    काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिए । ३.५ ओभर बलिङ गरेका नरेनले १९ रनमात्र खर्चिए । उनले काठमाडौंका गेरहार्ड इरास्मस, एस्किनाजी, राशिद खान, करण केसी र साहब आलमलाई पभेलियनको दिशा देखाएका थिए ।

    अविनाश बोहराले दुई विकेट लिए । तीन ओभर बलिङ गरेका अविनाशले एक मेडन फ्याक्दै १२ रनमात्र खर्चिए । ब्रान्डन म्याकमुलम र सैफ जैबले समान एक विकेट लिए ।


    त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रनको योगफल खडा गरेको थियो ।

    सुदूरपश्चिमका ब्रान्डन म्याकमुलमले ५३ रन बनाए । उनले ३६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । म्याकमुलमलाई १२औँ ओभरको अन्तिम बलमा गेरहार्ड इरास्मसले साहब आलमबाट क्याच गराएका थिए ।

    ओपनर विनोद भण्डारीले २८ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन थपे । १७–१ को स्थितिबाट विनोद र म्याकमुलमले ११४ रनको शतकीय साझेदारी गर्दै सुदूरपश्चिमलाई १०३–२ को बलियो स्थितिसम्म पुर्‍याएका थिए । 

    विनोदलाई साहबले १३औँ ओभरको पहिलो बलमा एलबीडब्लूको धरापमा पारेका थिए ।

    कप्तान दीपेन्द्रसिंह ऐरीले ४३ रन बनाए । १९औँ ओभरको चौथो बलमा आउट भएका दीपेन्द्रले २५ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । दीपेन्द्रलाई करण केसीले माइकल लेभिटनबाट क्याच गराएका थिए ।

    ओपनर सैब जैबले ११ रन थपे । नौ बलमा एक छक्का प्रहार गरेका जैबलाई दोस्रो ओभरको अन्तिम बलमा राशिद खानले बोल्ड गरेका थिए । सस्तैमा आउट भएका रोहन मुस्ताफालाई राशिदले नै १६औँ ओभरको अन्तिम बलमा बोल्ड गरे । मुस्ताफाले चार रन जोडे । १७औँ ओभरको चौथो बलमा रनआउट हुनुअघि आरिफ सेखले तीन बलमा तीन रनमात्र बनाए ।

    काठमाडौंका राशिद खानले विकेट लिए । करण केसी, साहब आलम र गेरहार्ड इरास्मसले समान एक विकेट लिए ।

    प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij