२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुन्तला महोत्सवको सन्देश

सुन्तला महोत्सवको सन्देश

सुन्तला महोत्सवको सन्देश

सुन्तला महोत्सवको सन्देश

सुन्तला महोत्सवको सन्देश
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा  मंसिर २२ र २३ गते सुन्तला महोत्सव हुने भएको छ । पाल्पाको रैनादेवी छहरा–५, मुझुङ कटौजेपानीमा हुन लागेको सुन्तला महोत्सव यो दोस्रो हो । गत वर्षदेखि यहाँ सुन्तला महोत्सव हुन लागेको हो ।

    शहर बजारमा विभिन्न मेला महोत्सव चलिरहेको बेला गाउँमा भिन्दै खालको महोत्सव हुन लागेको छ । गाउँको कृषि उत्पादनलाई  बजारीकरण गर्न यो महोत्सव उपयोगी हुने विश्वास गरिएको छ । पाल्पाका विभिन्न गाउँमा अहिले व्यवसायिक कृषि उत्पादनलाई जोड दिन थालिएको छ । रिब्दीकोट गाउँपालिकाको संयोजनमा भइरहेको अकबरे खुर्सानी खेती गरेर किसानले मनग्ने कमाउन थालेका छन् । अकबरे खेतीबाट कमाई हुन थालेपछि व्यापार व्यवसायका लागि शहर पसेका युवाहरु पनि गाउँ फर्कन थालेका छन् । रिब्दीकोट र रैनादेवी छहरामा अकबरे खुर्सानीपछि सुन्तलाको व्यवसायिक उत्पादन हुन थालेको छ । सुन्तलाको बजार राम्रो छ, त्यसैले किसान आकर्षित छन् । तर रोग किराको उपचार बेलैमा नहुँदा किसान मारमा छन् । 


    सुन्तलाको व्यवसायिक विकासका लागि यो महोत्सवले टेवा पु¥याउने आशा गर्न सकिन्छ । सुन्तला खेती अझँै विस्तार गर्न संभव छ, युवा पुस्तालाई कृषि उत्पादनमा लगाउन सकिन्छ । वैदेशिक रोजगारीमा गएका युवालाई फर्काएर व्यवसायिक खेतीमा नलगाई उत्पादन बढाउन सकिन्न । विदेशिएका युवा गाउँ फर्केर उत्पादनको काममा नलागी सुखै छैन । त्यसैले प्रतिफलमुखी उत्पादनमा जोड दिने, रोगकिराको उपचारको प्रबन्ध गर्ने र कृषि अनुदान वितरण पारदर्शी ढंगले गर्ने काम तहगत सरकारले गर्नुपर्छ । कृषि उत्पादन बढाउन प्राविधिक र विषयविज्ञबाट सेवा दिने व्यवस्था हुने हो भने किसानलाई सरकार भएको अनुभूति हुन्थ्यो । 


    सुन्तला खेती प्रतिफलमुखी खेती हो । यो खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ । मध्यपहाडी क्षेत्रमा हुने सुन्तला खेतीलाई विस्तार गर्न सकिन्छ । उत्पादन भएको सुन्तलाबाट जुसलगायत पेय पदार्थ बनाउन सकिने भएकाले व्यवसायिक विस्तारका लागि किसानलाई प्रेरित गर्नुपर्छ । उत्पादन भएका वस्तुको बजारीकरणको व्यवस्था नमिल्दा धेरै किसान विस्तारै अरु पेशा व्यवसायमा लाग्दै आएका छन् । उत्पादनलाई बजारसँग जोड्ने र किसानले उचित मूल्य पाउने व्यवस्थाको सुनिश्चित गर्ने काम सरकारको हो ।
    शहर बजारतिर विभिन्न खालका मेला महोत्सव चलिरहेको बेला कृषि उत्पादनको व्यवसायिक प्रवद्र्धनको लागि गरिएको यो महोत्सवले भिन्दै सन्देश दिएको छ । 
    महोत्सवमा कति मान्छे आए र कति रुपैयाँको कारोबार भयो भन्ने प्रश्न ठूलो होइन्, महोत्सवले दिने सन्देश ठूलो हो । किसान, उपभोक्ता र सरकारी निकायले महत्वपूर्ण सिकाइ अवसरका रुपमा महोत्सवलाई उपयोग गर्नुपर्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij